– कथाकार महेश विक्रम शाहलाई रौतहट कस्तो लाग्यो ?
० म तराईको कैलालीमा जन्मेको र हुर्केको हुँ, पश्चिम–मध्यपश्चिमको तराईको परिवेश र रौतहटको परिवेश पूरै भिन्न छ । मैले सुनेको थिएँ कि रौतहट एकदम पछाडि परेको जिल्ला हो, यहाँको समाज एकदम पछाडि परेको छ । रौतहट आएपछि यहाँको समाजलाई बुझ्ने अवसर प्राप्त भयो । यहाँको समाज सुनेको जस्तै पछाडि परेको, नागरिक समाज इमानदार, परिश्रमी र कामप्रति समर्पित देखेको छु । यहाँको संस्कृति पनि फरक रहेको छ । दशैं, तिहार र छठ मनाउने तरिका नै फरक रहेको छ, जुन मैले पहिले देखेको थिइनँ, यो वर्ष आपैंm यो जिल्लामा आएर हेर्ने अवसर पाएँ । यो मेरो लागि उपलब्धि नै हो ।
गाउँहरू पछाडि परेका छन् । ग्रामीण समाजमा सभ्यता र विकास अझै पुग्न नसकेको देखेको छु, बिल्कुलै अलग्गै नेपालजस्तो । मैले पहिले देखेको नेपालभन्दा बिल्कुलै अलग र पीडादायक परिवेशजस्तो अनुभूति भएको छ ।
पात्रको स्रोत, कथाको स्रोत, कथानक र प्लटहरू प्राप्त गरेको छु, फुर्सद भएपछि कथामा उतार्नको लागि ।
– यहाँको संस्कृतिलाई फरक किसिमको भन्नुभयो, केही अरू प्रकाश पारिदिनुहोस् न ?
० यहाँको संस्कृति पश्चिम र सुदूरपश्चिमको संस्कृतिभन्दा फरक रहेको छ । पश्चिम र सुदूरपश्चिममा दशैंमा देवीदेवताको मन्दिरमा पुगेर भक्तजनले बलि चढाउँछन् तर यहाँ भने ठूल्ठूला पन्डाल बनाएर त्यसमा पूजा गर्छन्, बलि नदिने जस्तो नयाँ सभ्यता मैले पाएँ, यो उत्कृष्ट सभ्यताको परिचायक हो जस्तो मलाई लागिरहेको छ । यस मामिलामा पश्चिमभन्दा यो समाजमाथि उठेको जस्तो लागेको छ ।
छठको खुशियालीको वातावरण, कुनै हिंसा नहुने अर्थात् हिंसारहित पर्व । नदी–पोखरीको किनारलाई सजाएर सबै मानिस सद्भावपूर्वक सूर्यको पूजा गर्छन् । एउटा विकसित परम्परा ।
– सुनिएको र अनुभूति गरिएको रौतहटमा भिन्नता ?
० रौतहट एउटा यस्तो जिल्ला हो, जहाँ डाँका धेरै हुन्छन्, जनतामा पनि डाँकाको त्रास धेरै हुन्छ भन्ने छवि मेरो मानसपटलमा सुनेको आधारमा बनेको थियो । तर यो त इतिहास भइसकेको रहेछ । जनता जागृत भएको र चेतना पनि बढेको पाएँ । महिला तथा बालबालिका हिंसाविरुद्धको अभियानको क्रममा एउटा गाउँमा गएको थिएँ । त्यहाँ एकजना वृद्धले जे भने त्यो मलाई निकै घत लाग्यो । पहिले त्यस गाउँमा निकै डाँका रहेछन् । डाँकाको कारणले त्यो गाउँ बदनाम रहेछ तर जो डाँका थिए तिनले पनि आफ्नो छोरालाई पढाए । डाँका नबनाएर आफ्नो छोरालाई आईए, बीए, एमएसम्म पढाए । यसै कारणले पढेलेखेका युवकहरू विभिन्न देश–विदेशमा राम्रा काम गरिरहेका छन् । शिक्षा र चेतनाले डकैती समाप्त भइसकेको रहेछ ।
– तपाईंको पहिलो रचना के थियो र पहिले के प्रकाशित भएको थियो ?
० मेरो पहिलो रचना कविता थियो । २०३५ सालमा प्रकाशित भएको थियो साहित्यका फूल–सापकोटा । यो रचना हिमाली सौगात पत्रिकामा प्रकाशित छ ।
मेरो पहिलो कथा आमा शीर्षकको थियो, जुन कञ्चनपुर जिल्लाको महेन्द्रनगरबाट प्रकाशित हुने साप्ताहिक वार्तामा २०३७ सालमा प्रकाशित भएको थियो ।
– कथाकार त उपन्यासकार बन्छन्, यहाँको योजना के छ ?
० मेरो पाँचवटा कथासङ्ग्रह प्रकाशित छन् र दुई प्रकाशोन्मुख छन् । अब चारैतिरबाट उपन्यास लेख्नको लागि सल्लाह आइरहेका छन् । अब म पनि उपन्यासलेखनको आवश्यकता महसुस गरिरहेको छु । पाँच–छवटा उपन्यासको प्लट पनि मलाई तयार भइसकेको छ । अब उपन्यास लेख्ने अठोट गरेको छु ।
– तीन दशकपछि उपन्यासलेखनतिर जान सोच्नुको कारण ?
० म सानैदेखि साहित्यकार बन्न चाहन्थें । एसएलसी उत्तीर्ण भएपछि डाक्टर बन्ने उद्देश्यले आईएस्सी पढें, बीएस्सी पढ्न थालेपछि डाक्टर बन्ने बाटो छुट्यो । त्यही समय इन्स्पेक्टरमा खुल्यो, फर्म भरेर परीक्षा दिएँ पास भएर यता आइहालें । बुबा पनि प्रहरी अधिकृत हुनुहुन्थ्यो । विसं २०३७ देखि २०४७ सम्म मेरो लेखन निष्क्रिय रह्यो, २०४८ मा तृष्णा कथा मधुपर्कमा छापिएपछि चारैतिरबाट निकै प्रशंसा प्राप्त भयो, जसले मलाई हौसला मिल्यो अनि फेरि सक्रिय भएर लेख्न थालें । यसरी हेर्दा सक्रिय लेखनको दुई दशक हुनजान्छ ।
कैलालीको थारू परिवेशमा मेरो घर छ । तिनीहरूकै परिवेशमा भिजेको छु भोगेको छु । आफ्नो भोगाइ र अनुभूतिलाई शब्दमा लेख्दै जाँदा कथा बन्यो, कथा नै लेख्न थालें । कविता र निबन्धभन्दा कथामा नै भावनालाई व्यक्त गर्न सजिलो लाग्यो । कथाबाट आफूलाई अलग्याउन सकिनँ । कथालाई छाडेर उपन्यास लेख्ने होइन कि कथा पनि लेख्दै गर्छु र उपन्यास पनि लेख्छु । कथालाई अझ सबल बनाउनुपर्ने आवश्यकता रहेको छ ।
– कथामा नयाँ विम्ब कहाँबाट टिप्नुहुन्छ ?
० विषयवस्तु र परिवेशको आधारमा शैली, प्रस्तुति र पात्रको निर्माण हुन्छ । ग्रामीण परिवेशमा ग्रामीण र मनोविश्लेषणात्मक कथामा मनोविश्लेषणत्मक जस्तै । कथानक र परिवेश पनि महत्त्वपूर्ण हुन्छ । कथामा नयाँ विम्ब र प्रतीक दिएर अन्तमा पाठकलाई आश्चर्यचकित पार्न सक्नु कथाकारको सफलता हो ।
– मदन पुरस्कार प्राप्त गरेपछि नयाँ पुस्ता प्रति.... ..... ... ?
० राम्रो लेखक बन्नुपर्छ । पुरस्कारको लागि लेख्ने होइन, राम्रो लेखनले पुरस्कार प्राप्त गर्ने हो । पुरस्कारको लागि लेख्ने त लेखक नै होइन । नयाँ पुस्तालाई राम्रो लेख्न भन्छु । म कस्तो लेखिरहेको छु भन्ने कुरो लेखकलाई थाहा हुन्छ । आफूमा सशक्त लेखनको क्षमता छैन भने नलेख्नु राम्रो । निरन्तर प्रयास र अभ्यासको पनि आवश्यकता र महत्त्व हुन्छ । सस्तो प्रचारबाजीले लेखकलाई समर्पणतिर लैजाँदैन ।
लेखकले समाजलाई बुझ्नुपर्छ । कल्पनामात्रको भरमा लेखन सफल हुँदैन । नयाँ पुस्ताको अमर न्यौपाने एउटा राम्रो उदाहरण हो । साथै समयअनुसार साहित्यको गति परिवर्तनशील हुन्छ । पहिले साहित्यमा प्रकृति, प्राकृतिक सुन्दरता, देशभक्ति, वीरता लेखिन्थ्यो तर अहिले समाज र मान्छेको भित्रको प्रवृत्ति आइरहेको छ । नागरिकको भोगाइ र पीडा आइरहेको छ । साहित्य पनि समाजको विकास सँगसँगै जोडिएको हुन्छ, समाजको विकाससित साहित्य पनि अगाडि बढेको हुन्छ । आजभोलि शहरी क्षेत्रलाई परिवेश बनाएर बढी साहित्य लेखिन थालिएको छ, जसमा मेरो असन्तुष्टि छ । शहरी क्षेत्र वा परिवेशमा लेखिएको साहित्यले समग्र देशको प्रतिनिधित्व गर्दैन । साहित्यमा देश मुखरित हुनु अहिलेको आवश्यकता हो ।
– सिर्जनामा अध्ययनको भूमिका ?
० निकै छ । साहित्यको गति थाहा हुन्छ, प्रवृत्ति थाहा हुन्छ । तुलनात्मक अध्ययन गर्नु पनि आवश्यक छ । आफ्नो र अरूको लेखन कस्तो छ, थाहा हुन्छ । यसकारण अरूको कृतिको पनि अध्ययन गर्नुपर्छ । अरूको कृति नपढी आफू कहाँ र कस्तो छु भन्ने नै थाहा हुन्न । केही यस्ता साहित्यकार पनि देखेको छु, जसले आफ्नोबाहेक अरूको कृति नै पढ्दैन । कृतिको अध्ययन नै नगरी त्यही कृतिको बारेमा भाषण ठोकिरहेका हुन्छन् । अरूको कृति नपढ्नु साहित्यकारको कमजोरी हो । अरूको कृति नपढी बोल्नु चाहिँ विकृति हो ।
– यस्ता साहित्यकारलाई अध्ययनको बानी कसरी बसाल्न सकिएला ?
० सुतेकालाई उठाउन सकिन्छ तर नसुतेकालाई बिउँँझाउन सकिन्न । असचेतलाई भन्न सकिन्छ तर जानीजानी यस्तो गर्नेलाई केही भन्न सकिन्न ।
– अन्तमा अरू केही भन्न चाहनुहुन्छ ?
० सिपाहीकी स्वास्नी र अफ्रिकन अमिगो नयाँ कलेवर र फाइन प्रिन्टमा आइरहेको छ । थप दुई कृति प्रकाशनको तैयारीमा छ । अहिले रौतहटमा छु । कथाको नयाँ स्रोतको खोजीमा छु । कर्तव्य निर्वाह गर्ने क्रममा कथाकार महेश विक्रम शाह पनि गाउँ चाहारिरहेको हुन्छ र रौतहटको बसाइँ सार्थक हुने विश्वास लिएको छु ।
रौतहटमा झूटा मुद्दा, झूटा उजुरी, अरूलाई फसाउने, नागरिक जीवनभरि मुद्दामा नै अल्झिएर रहनेजस्तो पीडादायी अवस्था देखेको छु । अदालत, मुद्दा, वकिल र थानाको चक्करमा हजारौं मानिसले जीवन बिताइरहेको अत्यन्त पीडादायी अवस्थालाई कम गर्न नागरिक समाजलाई अनुरोध गर्दछु ।
प्रस्तुति : सञ्जय साह “मित्र”