अनन्तकुमार लाल दास
मस्तिष्कको क्षमता अनन्त छ। मस्तिष्कले जे पनि गर्नसक्छ। अज्ञातका अनुसार मस्तिष्क एउटा आधुनिक कारखाना हो। तपाईंले फोहरबाट मल बनाउनुहुन्छ वा मलबाट फोहर, यो तपाईंमाथि निर्भर छ। त्यहीं विश्वरूप राय चौधरीले भन्नुभएको छ,“मस्तिष्कको क्षमता कति हो भन्ने समस्या होइन, तर समस्या त्यसको सीमाहीन क्षमताको समुचित प्रबन्ध गर्नु हो।” यस कारण सङ्घर्ष गर्ने मानिसलाई सफलताका लागि आफ्नो मस्तिष्कको बढी उपयोग गर्नुपर्ने हुन्छ। वैज्ञानिहरूका अनुसार मस्तिष्करूपी यस अनौठो मेशीनमा मुख्यतया पाँच प्रकारको कार्य गर्ने क्षमता हुन्छ।
मस्तिष्कको पहिलो काम हो ज्ञान प्राप्त गर्नु । हामीसँग पाँचवटा काम गर्ने इन्द्रियहरू छन् । यी हुन्– छाला, आँखा, नाक, जिब्रो र कान। यी इन्द्रियहरूले मात्र आ–आफ्नो काम गर्छन्, तर ज्ञान प्राप्त गर्न सक्दैनन्। उदाहरणको लागि यदि कसैको दिमाग खराब छ भने उसको आँखाले सबै थोक हेरिरहेको हुन्छ तर त्यसलाई चिन्न सक्दैन । उसलाई रूख, रूख जस्तो लाग्दैन । यसको अर्थ के भयो भने उसले हेर्न सक्छ तर बुझ्न सक्दैन किनभने बुझ्ने काम मस्तिष्कको हो।
मस्तिष्कको अर्को काम सूचना सङकलन गर्नु पनि हो। हाम्रो इन्द्रियहरूले जे कुरो हेर्छ, त्यो हाम्रो मानसपटलमा अङिकत हुन्छ। यी सूचनाहरूलाई सङकलन गरेर क्रमबद्ध राख्ने काम र समयमा त्यसलाई उपलब्ध गराउने काम मस्तिष्कको हो। यसले के देखाउँछ भने मस्तिष्कको अर्को महत्त्वपूर्ण काम याद राख्नु पनि हो, जसलाई हामी स्मरणशक्ति पनि भन्ने गर्छौं।
मस्तिष्कको तेस्रो काम हो, विश्लेषण गर्नु। मस्तिष्कको काम ज्ञानलाई सङकलित गरेर मात्र राख्नु होइन। यदि मस्तिष्कको काम यत्तिकैमा सीमित हुने हो भने यसको उपयोगिता धेरै कम हुन्छ। यसको उपयोगिता यस कारणले पनि छ कि यसले सङ्ग्रहित ज्ञानलाई विश्लेषण गरेर त्यसलाई हाम्रो आवश्यकता र रुचिअनुसार वर्गीकृत पनि गर्छ।
रचनात्मकता मस्तिष्कको सबैभन्दा आश्चर्यजनक काम हो। यसले प्राप्त ज्ञानको विश्लेषण गर्नुको साथै नयाँ ज्ञानको उत्पत्ति पनि गर्दछ। मस्तिष्कको अन्तिम काम हो, शारीरिक र मानसिक क्रियाहरूलाई नियन्त्रणमा राख्नु र एक अर्काबीच समन्वय गर्नु। अर्को शब्दमा भन्ने हो भने यो हाम्रो शरीरको “कन्ट्रोल रूम” हो। यस कारण मस्तिष्कले काम गर्न बन्द गरेमा शरीरले कामै गर्न छोड्छ ।
प्रसिद्ध मनोवैज्ञानिक हाबर्ड गार्डनर भन्छन्,“जीनिअस त्यो हो, जो सही कुरालाई सही समयमा सही तरिकाले प्रयोग गर्छ।” जस्तै स्याउ धर्तीमा झरेको देखेर न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए भने टबबाट पानी खसेको आधारमा आर्कमिडिजले सापेक्षिक घनत्वको रहस्य पत्ता लगाएका थिए। हुनत विश्वमा बुद्धिमान र अतिबुद्धिमान मानिसहरूको सङ्ख्या धेरै छन्, तर जीनिअस विरलै हुन्छन्। विश्वका जीनिअसहरूमध्ये वैज्ञानिक आइन्स्टाइन, कलाकार लिओनार्दो द भिन्ची, सङगीतकार मोजार्ट, गणितज्ञ श्रीनिवास रामानुजन र साहित्यकार अर्ड वायरन प्रसिद्ध छन्।
अब प्रश्न उठ्छ जीनिअस कसरी बन्छ ? जान ड्राइडनले के भनेका छन् भने पढेलेखेर कोही जीनिअस बन्दैन, जीनिअस त जन्मजात नै हुन्छ। तर आविष्कारक एडिसनले भनेका छन् भने जीनिअसमा मात्र एक प्रतिशत प्रेरणा हुन्छ र उनान्सय प्रतिशत कठिन परिश्रम । वास्तविकता त के हो भने यस सम्बन्धमा ठोस रूपमा केही भन्न सकिन्न। यस कारण बाल्यकालदेखि नै विद्यार्थीहरूले असाधारण प्रतिभाको प्रदर्शन गर्नुपर्छ र यसरी गर्दा ठूलो भएपछि उनीहरू जीनिअस बन्छन् भन्न सकिंदैन । किनभने धेरैजसो ठीक उल्टो भएको देखिएको छ। आइन्स्टाइन र एडिसन बाल्यकालमा पढाइमा सार्है कमजोर थिए । आइन्स्टाइन त गणितमैं कमजोर थिए। यस कारण विद्यार्थीहरूले कहिल्यै पनि के सोच्नुहुँदैन भने उनीहरू अहिले पढाइमा कमजोर छन् भने सधैं कमजोर नै रहन्छन्। विद्यार्थीहरूले आफूभित्र “म जे पनि गर्न सक्छु” भन्ने आँट गर्न सक्नुपर्छ र त्यसका लागि कोशिश गर्नुपर्छ । एउटा विद्यार्थीले परीक्षामा बढी अङक ल्याउन यो आँट नै पर्याप्त हुनेछ।
विद्यार्थीहरूमा देखापर्ने प्रमुख समस्या पढेको बिर्सनु पनि हो। तर, यस समस्याबाट विद्यार्थीहरू निराश हुनुपर्ने कुनै आवश्यकता छैन। यो कुनै रोग वा दुर्गुण पनि होइन। प्राय: जसलाई हामीले “बिर्सनु” भन्छौं, त्यो भनेको जानकारी नष्ट हुनु होइन, विस्मृति हुनु हो। विस्मृति भनेको कुनै वस्तु घरमा राखेर बिर्सनु जस्तै हो। त्यो वस्तु घरमा नै हुन्छ तर समयमा त्यसलाई प्राप्त गर्न अप्ठयारो हुन्छ र पछि त्यो वस्तु अचानक प्राप्त हुन्छ। यो हाम्रो सतर्कतासँग जोडिएको हुन्छ। जुन कामलाई हामी सतर्कताका साथ गर्छौं, त्यो काम लामो समयसम्म याद रहन्छ। तर, जुन कामलाई हामीले सतर्क भई गर्दैनौं, त्यो काम हाम्रो स्मुतिमा
रहँदैन।
अब प्रश्न उठ्छ, यसका लागि दोषी को हो त ? वास्तवमा यसका लागि हाम्रो कार्यप्रणाली दोषी छ। हामीसँग प्राय: के गल्ती हुने गरेको छ भने पढ्दा जुन कामलाई प्राथमिकता दिने हो त्यसलाई प्राथमिकता नदिई हामी बेकारको कुरोलाई प्राथमिकता दिने गर्छौं । यस कारण पढ्दाखेरी हामीले पढाइलाई प्राथमिकतामा राख्यौं भने पढेको कुरा बिर्सने सङकटबाट पनि हामी मुक्त हुन्छौं।
अर्को कुरा के हो भने बिर्सनु अभिशाप होइन। यो त एक प्रकारले बरदान नै हो । एकछिन सोचेर हेरौं। हाम्रो मस्तिष्कमा राम्रा र नराम्रा दुवै प्रकारका कुराहरू हुन्छन्। यदि हामीलाई ती सबै नराम्रा कुराहरू याद रहेमा हाम्रो मस्तिष्क करेला जस्तै तीतो हुँदैन र ? यस कारण त्यस्ता नराम्रा कुराहरूलाई बिर्सनु हाम्रा लागि धेरै फाइदाजनक छ। तर, याद राख्नुको साटो बिर्सनु धेरै कठिन हुन्छ। यस सम्बन्धमा हिन्दी फिल्मका प्रख्यात पाश्र्व गायक मुकेशले एउटा गीत गाएका थिए, “जिन्हें हम भूलना चाहे वो अक्सर याद आते हैं।”
हाम्रो मस्तिष्कमा नयाँ कुराहरूका लागि ठाउँ बनाउन त्यसमा भएका फोहोरहरूलाई बाहिर फाल्नु अति आवश्यक छ। बिर्संदा यही नै हुन्छ। विद्यार्थीहरूले के बिर्सनु हुँदैन भने बिर्सने बानीबाट मुक्त नभई आवश्यक कुराहरू बिर्सने बानीबाट मुक्त हुन सकिंदैन। यसका लागि विद्यार्थीहरूले पढ्दा प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ। मस्तिष्कलाई बेकारका कुराहरूबाट मुक्त राख्ने प्रयास गर्नुपर्छ। पढेका कुराहरूलाई पटक–पटक दोहोर्याउनुपर्छ। पढेका कुराहरूलाई लेखेर वा कसैलाई सुनाएर सम्झने कोशिश गर्नुपर्छ। यसो गर्दा हाम्रो मानसपटलमा अङिकत तस्वीरहरूमाथि परेको धूलो सफा हुन्छ र पढेका कुराहरू पनि लामो समयसम्म याद रहिरहन्छ। जसले गर्दा परीक्षामा बढी अङक ल्याउने सम्भावना बढेर जान्छ।
अब प्रश्न के उठ्छ भने कति किताब पढ्ने ? यहाँनिर विद्यार्थीहरूले के बुझ्नुपर्छ भने आवश्यकताभन्दा बढी किताब पढ्नुहुँदैन। आवश्यक केही किताब पटक–पटक पढ्ने गर्नुपर्छ। राम्रो अङक ल्याउनका लागि विद्यार्थीहरूले परीक्षाको बेला पढेका कुराहरूलाई दोहोर्याउनु आवश्यक छ। पढाइको अर्थ परीक्षामा उत्तीर्ण गर्नु मात्र होइन, यसको सम्बन्ध ज्ञान र प्रज्ञासँग पनि भएको हुनाले विषयसँग सम्बन्धित अन्य किताबहरू पनि पढ्नुपर्छ।
कहिलेकाहीं विद्यार्थीहरूले मसँग के सोध्ने गर्छन् भने परीक्षामा राम्रो अङक ल्याउन कस्तो अक्षर हुनुपर्छ ? मैले विद्यार्थीलाई आफ्नो कापी देखाउन भनें । उसको कापी हेरेर मैले भने कमसेकम यस्तो अक्षर चल्दैन, जसलाई कसैले पनि पढ्न सक्दैन। विद्यार्थीहरूले के ध्यान दिनुपर्छ भने अक्षरले पनि तपाईंलाई राम्रो अङक दिलाउन सकोस्। यस कारण म के भन्न चाहन्छु भने अक्षर यस्तो हुनुपर्यो, जसलाई परीक्षकले सजिलै पढ्न सकोस् । यदि परीक्षकलाई पढ्नमा मिहिनेत गर्नु नपरेमा स्वाभाविकरूपले तपाईंले राम्रो अङक पाउनुहुन्छ। यस कारण विद्यार्थीहरूलाई मेरो के सुझाव छ भने जसको अक्षर राम्रो छैन, उसले अहिलेदेखि नै सफा र राम्रो अक्षरमा लेख्ने प्रयास गर्नुपर्छ।