- चन्द्रकिशोर
घरही छुट गेल, लडिका आ पियारी
कइसे कटी रस्ता – पेडा हो इयारी ।
गडवान पगडी बाँध्छन्, सूर्य पश्चिमतिर ढल्कँदै गइरहेको छ । तराईको कुनै सीमान्त गाउँको धुलाम्मे बाटोमा बैलगाडीले उडाएको धूलोले गर्दा एउटा मसिनो तुवाँलोको झिनो बर्को सि·ै बस्तीले ओढिरहेको भान हुन्छ । नजिकका बजारबाट अन्नपात बेचेर लुगाफाटो, नुनतेल खरिद गर्न आएका मानिसहरू घाम ढल्किन लागेको हुनाले हतारहतार घरतिर फर्कंदैछन् । कसैकसैको टाउकोमा टोकरी, हातमा मटीतेलको बोतल, काँधमा गम्छाको दुवैतिर झुन्डिएको घरेलु सामानको पोको देखिन्छ । कोही साइकलमा पैडल छिटो–छिटो हान्दैछन्, मोटरसाइकलको हर्न पनि सुनिन्छ । बैलगाडीमा किनमेलका भाडाका सामानहरू राखेर फर्किरहेका गडवान विस्तारै सुसाउँछन्, “इयाद जो आवे है, पियारी तोहरी सुरतिया से ।” सुर्तीको चुटकी चल्दैछ, बेलाबखत अरे....रे....रे. भन्दै बैलमाथि विस्तारै चाबुक हल्लाउँदैछन् । साँझ छिपिंदै जान्छ, बैलका घाँटीमा झुन्डिएका घण्टीहरूले ट्राफिक हर्नको काम गर्छ, बाटो खुल्दै जान्छ । यो शब्दचित्र आज पनि तराईका बस्तीहरूका क्यानभासमा झल्किन्छ ।
पछिल्ला केही वर्षहरूमा बेरोजगारहरूको सङ्ख्या तराईमा निकै नै थपिएको छ । तीव्रगतिमा बढिरहेको कामबिनाको समूहहरूले गर्दा श्रमको बजार संरचना र स्वरूप नै फरिएको छ । यसलाई “श्रमचक्र”को रूपमा पनि परिभाषित गर्न सकिन्छ । कृषि क्षेत्रमा उत्पादनमा निरन्तर र्हास र लगानीको प्रत्याभूतिको अभाव देखा परिरहेको छ । त्यसैले किसानहरूले कृषि खर्चमा बचत एवं थप व्यवसायको जोहोको क्रममा टयाक्टर किन्छन् र गाउँघरतिर पनि टयाक्टरको सङ्ख्या बर्सेनि थपिंदै गएको छ । स्थानीय एफएमहरूमा विभिन्न ब्रान्डका टयाक्टरहरूका लोभलाग्दा विज्ञापन सुनिन्छन् । यसले बैलगाडीलाई पनि असर पुर्याएको छ । टयाक्टरले खेत जोत्ने काम बढ्न थालेपछि नतिजास्वरूप हलो जोत्ने कृषि मजदुर पनि विस्थापित हुँदैछन् । पहिला खेत जोत्नका लागि किसान कृषि मजदुरहरूलाई अर्हाउँथे भने अचेल कृषि मजदुरले बटैया खेत वा आफ्नै सानो टुक्रालाई जोत्न टयाक्टर भएको किसानलाई अर्हाउन थालेका छन् । टयाक्टरले खेतको जोत पनि छिटो हुने, दाइँ पनि गर्न मिल्ने, उत्पादन ओसारपसार गर्न पनि सहज हुने तथा व्यावसायिक कार्य पनि हुने हुनाले सहज आकर्षण त छँदैछ ।
तर बैलगाडीको आकर्षण र उपयोगिता मौलिक छ, त्यो भनेको थ्रीडी फिल्मको जमानामा श्यामश्वेत चलचित्र हेर्नुको मज्जा हो । हो आज तराईका गाउँघरतिर मार्शल, बलेरो, स्कारपियो, टाटासुमो गाडीहरू धूलो उडाउँदै दौडिरहेका हुन्छन् । त्यहीनिर बैलगाडी पनि लुरुलुरु हिंडिरहेको हुन्छ । बैलगाडी आपैंmमा पनि निकै परिवर्तनको चक्रबाट गुज्रिनुपरेको छ । पहिला यसको पहिया काठकै हुन्थ्यो, अब त त्यस्तो बिरलै पाइन्छ । त्यस्ता काठे पहिया कुनै कुनै गाउँमा परेवाको खोर बनाउन वा खलियानमा बैठकी गर्न राखिएको भेटिन्छ । काठे पहियाको ठाउँमा रबरको “टायर” हालिएको छ, त्यसैले यसको नाम “टायरगाडा” भनेर फेरिएको छ । पश्चिम तराईतिर यसरी फेरिएको गाडीलाई “डनलप” भनेर चिनिने गरेको छ । थारू भाषामा यसलाई “लढिया” पनि भनिन्छ ।
यदि बैलगाडी कुनै आधुनिक लेखक भएको भए उसले आफ्नो आत्मवृतान्तमा पस्किन्थ्यो,“मलाई कुनै हतार छैन, दौडेर हाफ्नु छैन, म त आफ्नै तालमा हिंडिरहेको हुन्छु । जबसम्म म छु त्यसले पुरानो उपकरणहरूको उपयोगिता त दर्शाउँछ नै साथै समाजको आधुनिकता कहाँनिर टेकेको छ, त्यो पनि झल्काउँछ । तराईका चौर र खलियानहरूमा जहाँ टयाक्टरहरू दौडिरहेका हुन्छन्, त्यहीँनिर मेरो पनि उपस्थिति त्यतिकै छ । म आममानिस हुँ । खास मानिसहरू खास गाडीमा चढ्छन् तर आमहरूका लागि त म नै उपलब्ध छु नि । मेरा यी सुन्दर पक्षका बाबजुद अहिलेका मजनुहरू क्याम्पस हाताभित्र “सिम्पल” तरुणीलाई जिस्काउँदै भन्छन्, ओई बैलगाडी जमानाकी ।” बैलगाडीको निर्माण गाउँघरकै मिस्त्रीले गरेको हुन्छ । बैलगाडी जहाँ एकातिर सहज आवश्यक उपकरणहरूको संयोजन गरेर बनाइएको हुन्छ । त्यहीँनिर यसमा कलात्मकता पनि प्रदर्शन गरिएको हुन्छ । बैलगाडीको बडीमा डोरीको कलात्मक बुनाइ गरिएको हुन्छ भने टायरगाडामा काठमैं आकर्षक बुट्टा बनाइएको हुन्छ ।
बैलगाडी कृषि संस्कृतिको प्रतीक हो । सवारीको निकै पुरानो साधन पनि हो । उसो त घोडा र हात्ती पनि तराईमा घरपालुवा सवारी थिए । घोडीबाट अन्नको ओसारपसार पनि हुन्थ्यो । तर मानिस पनि बसाल्न सक्ने, सानो घरपालुवा जनावर तथा सामानहरू पनि राखेर ओहरदोहोर गर्न सक्ने साधनमा बैलगाडी नै पुरानो हो । बैलगाडीमा गोरुको प्रयोग त हुन्छ नै । कतै कतै राँगालाई पनि जोतिन्छ । शहरिया पुस्तालाई त बैलगाडीको सम्झनाले “तिसरी कसम” वा “नदिया के पार” जस्ता हिन्दी चलचित्रको स्मृति ताजा गरिदिन्छ । सुप्रसिद्ध साहित्यकार फणिश्वरनाथ रेणुको कथामा बडो जीवन्त अभिनय गर्दै “तिसरी कसम” फिल्ममा बलिउडका मशहुर शोमैन राज कपूर ‘हीरामन’ नाम भएका गडवान बनेका र त्यसताकाकी अपूर्व सुन्दरी अभिनेत्री वाहिदा रहमान ‘हीराबाई’को भूमिकामा बैलगाडीमा चढेकी हुन्छिन् । त्यो फिल्म हेरेकालाई बिर्सन गार्हो छ गडवानले गाएको गीत, “चिठिया होए त हर कोई बाँचे, दरद ना बाँटे कोई” ।
बैलगाडी बदलिंदो सामाजिक मान्यताहरूको सूचक पनि हो । केही वर्ष पहिलासम्म नजिकको बिदागरीका लागि या त डोली प्रयोग हुन्थ्यो वा बैलगाडी नै । दिनभरिको यात्रा बैलगाडीमैं गरिन्थ्यो । जन्ती गइन्थ्यो, मेला गइन्थ्यो, मूर्ति विसर्जन गरिन्थ्यो । “बैलगाडीमा जन्तीका सामानहरू बोकेर जन्ती जानुको मज्जा नै छुट्टै हुन्थ्यो । सेन्टर फर सोसल रिसर्चका अनन्तकुमारलाल दास भन्छन्,“गढीमाई मेला वा विवाहपञ्चमी मेलामैं विस्तारै टायरगाडा र टयाक्टरको तुलनात्मक उपस्थितिले समाजको स्तर झल्काउँछ ।” बैलगाडीमा ओहार (छानो) लगाइएको तथा त्यसभित्र टीनको बाकस, दौरीमा कोसेलीका सामग्री र घुम्टो
(घोघ) ओढी लाजवन्ती जस्ती खुम्चिएकी महिला गाउँबाट गुज्रिन्थिन् । अब फेरिंदै गएको छ, गाडी वा मोटरसाइकलमा नभए साइकलमैं बिदागरीको क्रम बढ्दै गएको छ । घुम्टोको चलन पातलिएको छ । मोटरसाइकलमा श्रीमतीलाई बसाएर घरबाट हतपती हिंडिदैनथ्यो । बुहारी पैदल नै गाउँबाट निस्किन्थिन् र गाउँबाहिर श्रीमान्को मोटरसाइकलमा चढ्थिन् । अब त्यो बाधा अवरोधको कुहिरो सफा हुँदै गएको छ ।
अहिले पनि धान वा उखु लहरै बोकेर गन्तव्यतर्फ गइरहेका टायरगाडाहरू भेटिन्छन् । अब त बैलगाडी भन्ने शब्द नै हराउँदै गएको छ, टायरगाडा नै बहुप्रचलित भएको छ । प्राज्ञ रामभरोस कापडि भ्रमरले तराईका परम्परागत सामग्रीहरूको सड्ढलन तथा सङ्ग्रहालयको निर्माण गर्नु आवश्यक भएको बताउनुहुन्छ । परम्परासँग जोडिएका आवश्यक वस्तुहरूको निर्माण तथा उपयोगको पछाडि आफ्नै मौलिक ऐतिहासिकता लुकेको हुन्छ । यिनीहरूलाई लोप हुनबाट जोगाउन आवश्यक छ । कयौं विश्लेषकहरूले तराईमा अहिले पनि परम्परागत खेती प्रणाली रहेको हुनाले व्यवस्थित पशु बजारको आवश्यकता औंल्याउँछन् । नेपालभित्र नै गोरु बजार नहुँदा सीमापारी जाँदा अनेकौं कठिनाइहरूको सामना गर्नुपर्ने अनुभव किसानहरूको छ । सरकारले पशु बजार र मेलालाई आकर्षक बनाउन तथा परम्परागत उपयोगिताको सम्झना गराउँदै “बैलगाडी दौड” प्रतियोगिता गराउन सक्छ । यसले पर्यटकहरूलाई लोभ्याउन सक्छन् । तपाईं तराईको गाउँघरतिर लम्किनुस् घाम झुल्केसँगै कोही गडवानले गुनगुनाइरहेको हुन्छ,“ए का हाल तिहारी, ए हो प्रिय प्रान पियारी ।” हेर्नुस् त गडवानको आफ्नो मायालुप्रतिको कतिको सुन्दर अभिव्यक्ति, तर तपाईं कतै जिस्किएर पनि नभन्नुस्, “ओई बैलगाडी जमानाकी” ।