प्रस, वीरगंज, १३ माघ/
नेकपा एमालेका उपाध्यक्ष एवं अनेम सङ्घकी केन्द्रीय अध्यक्ष विद्या भण्डारीले प्रधानमन्त्रीले जनतालाई दु:ख दिने काम गरेको आरोप लगाएकी छिन् ।
अखिल नेपाल महिला सङ्घ पर्साको पाँचौं जिल्ला सम्मेलनको वीरगंज नगरसभागृहमा उद्घाटन गर्दै अध्यक्ष भण्डारीले द्वन्द्वकालको बहानामा वर्तमान सरकारले अपराधी उम्काउने काम गरिरहेको आरोप लगाइन् ।
उनले पत्रकारलाई जिउँदै गाँड्ने दोषीहरूलाई कारबाई गर्नुको साटो पदीय दायित्वविपरीत प्रधानमन्त्रीले
गैरजिम्मेवार काम गरिरहेको बताइन् ।
अध्यक्ष भण्डारीले नेपाली समाजमा अहिले पनि महिलाको सन्दर्भमा पुरानै सोच हाबी रहेकोले महिलाहरूले अधिकार प्राप्त गर्न नसकेको बताइन् । उनले नेपाली महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक सबै हिसाबले पछाडि रहेको बताउँदै महिलाहरूलाई अगाडि ल्याउने काममा अनेम सङ्घको भूमिका प्रभावकारी रहेको दाबी गरिन् ।
सो अवसरमा एमाले नारायणी अञ्चल इन्चार्ज काशीनाथ अधिकारीले कम्युनिस्ट पार्टीको नारा गाउँ–गाउँसम्म पुगेको बताए । उनले नेपाली समाज पुरानो शैलीमा हिंडिरहेकोले महिलाहरू असुरक्षित भएको बताए । उनले महिला हिंसा कम गर्नको लागि सरकारले तत्परता नदेखाएको आरोप पनि लगाएका थिए ।
अनेम सङ्घ पर्साकी अध्यक्ष उषा चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा एमाले पर्साका संयोजक चिरञ्जीवी आचार्य, जिफन्टका सुनील चौरसिया, पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दास, प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जारा, पूर्वसभासद् प्रद्युमन चौहान, क्षेत्रीय अध्यक्ष नवराज शर्मा, अनेम सङ्घ पर्साकी उपाध्यक्ष सीता पौडेल, नेता बालगोपाल थापालगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मुना दाहालले स्वागत गरेकी थिइन् ।