प्रस, वीरगंज, १७ माघ/
ठूलीआमाबाट ३ वर्षपहिले बेचिएकी १२ वर्षीया एक बालिकालाई माइती नेपाल, नेपाल प्रहरीको महिला सेल तथा भारतीय प्रहरीको संयुक्त प्रयासमा म·लवार उद्धार गरिएको छ ।
नवलपरासी शिवमन्दिर–४ रिठेपानी निवासी सरस्वती विकको उद्धार गरिएको माइती नेपाल वीरगंजकी प्रमुख स·ीता पुरीले बताइन् ।
बालिकाकी आमाकी दिदी ठूलीआमा तनहुँ निवासी विष्णु विकले आफ्नो बच्चाको रेखदेख गर्न भनी सरस्वतीलाई आफ्नो घर लिएर गएकी बालिकाकी दाजु रोबी विकले बताए ।
उद्धार टोलीले भारत पूर्वी चम्पारण दर्वा थाना डुबहा गाउँ निवासी देवी साहले सञ्चालन गरेको आर्केस्ट्राबाट बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बहिनीको खोजी गर्ने क्रममा आर्केस्ट्रामा नाचिरहेको अवस्थामा देख्दा मन भक्कानिएको र बहिनीलाई छुटाउन जाँदा आर्केस्ट्राका साहुले कुटपिट गर्न खोजेपछि माइती नेपालमा निवेदन दिएको रोबीले बताए ।
माइती नेपाल वीरगंजको अगुवाइमा रक्सौल थानाका प्रहरी सहायक निरीक्षक भोला सिंहको नेतृत्वमा गएको सुरक्षा टोलीले बालिकाको उद्धार गरेको हो । मुक्त बालिकालाई आज उनको अभिभावकको जिम्मा लगाएको माइती नेपालकी प्रमुख पुरीले बताइन् । बालिका बेच्ने ठूलीआमालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।