दासढुङ्गा काण्ड भएको दुई दशक पुग्न लाग्यो । चालक र जीपसहित त्रिशूलीमा खसेका नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभागप्रमुख जीवराज आश्रितको निधन भएको थियो । “बन्दुकको नालमा सत्ता हुन्छ, सेनाबिनाको पार्टीले जनतालाई मुक्ति दिलाउन सक्दैन”भन्ने मालेमावादी बुझाइलाई स्व. भण्डारीले परिमार्जनसहित व्याख्या गर्ने घृष्टता गरेका थिए । उनले जनमतको आधार एवं रक्तपातरहित बाटोबाट साम्यवादमा पुग्न सकिन्छ भन्ने मार्गचित्र कोरेका थिए । “जनताको बहुदलीय जनवाद” को उक्त साम्यवादी मार्गचित्र विश्वका साम्यवादी र पूँजीवादीहरूबीच बहसको विषय बनेको थियो । जडसूत्रवादी कम्युनिस्टहरू जबजलाई पलायनको बाटो भन्दै शड्ढा गर्न थाले भने पूँजीवादीहरूले अब साम्यवादीहरूले सिध्याउने भए भन्दै सशड्ढित बनिरहेको अवस्था थियो । ठीक यही अवस्थामा दासढुङ्गा काण्ड भएको हो ।
दासढुङ्गा काण्ड सडक दुर्घटना हो कि नियोजित हत्याकाण्ड ? भन्नेबारे अझै यकिन भएको छैन । एमालेले नियोजित हत्याकाण्ड भएको ठहर गरेर तुरुन्तै आन्दोलनमा उत्रेको थियो । “शोकलाई शक्तिमा बदलौं” भन्ने नाराका साथ देशव्यापी आन्दोलनमा उत्रिएको एमालेले तोडफोड, आगजनी र आमहडताल गर्दै करोडौंको सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको थियो । आन्दोलन चलिरहेकै बेला मुसलधारे वर्षा, बाढी पहिरो आएर मुलुकमा ठूलो धनजनको क्षति पुर्याएपछि, एमालेको आन्दोलन रोकिएको थियो । एमालेद्वारा गठित छानबिन आयोगले दासढुङ्गा हत्याकाण्ड भएको ठहर गर्दै हत्याराको पहिचान भइसकेको र कारबाई गर्ने संयन्त्र आफ्नो हातमा आउने बित्तिकै हत्यारालाई कठघरामा उभ्याउने एमालेले प्रतिबद्धता जनाएको थियो । त्यतिबेला सरकारको मिलेमतोमा विदेशी डिजाइनअनुसार हत्या भएको अधिकांश एमाले नेता कार्यकर्ताको भनाई थियो । भण्डारीलाई सिध्याएर शक्ति हत्याउन खोज्ने एमालेभित्रकै नेताहरूको हात रहेको हुनसक्ने चर्चा पनि चलेको हो । हत्या नभएर दुर्घटना हो भनेर दाबी गर्नेहरू पनि कम थिएनन् ।
भण्डारी र आश्रितको निधनपछि एमालेले तीनपटक मुलुकको प्रधानमन्त्री पद पायो । अन्य पार्टीको नेतृत्वको सरकारमा पनि उक्त पार्टीले महत्त्वपूर्ण मन्त्रालयहरू पाएका थिए । सत्तामा रहँदा एमालेले दासढुङ्गा काण्डको नामसमेत उच्चारण गरेन । राधा ज्ञवाली र विद्यादेवी भण्डारी सभासद्देखि मन्त्री सम्म बने । विद्यादेवी भण्डारी पार्टीको शक्तिशाली उपाध्यक्षसमेत हुन् । सञ्चारकर्मीले कुरा कोट्याउँदाबाहेक उनले दासढुङ्गा काण्ड सम्झिनन् । हो पार्टीभित्र पदीय जिम्मेवारी हत्याउनुपर्दा भने भण्डारी र आश्रित पत्नीले पतिको नाम भजाउने गरेका छन् । ठीक त्यसैगरी एमाले पनि सत्तामा पुग्नुअघि दिवङ्गत नेताद्वयको सपनाको हवाला दिने गरेको थियो । विद्यादेवी भण्डारीले पत्रकारको प्रश्नमा भावुक हुँदै भनेकी छन्– दासढुङ्गा हत्याकाण्ड हो, हत्यारालाई कारबाई गर्नका लागि सञ्चारकर्मीले आवाज उठाइ दिनुपर्यो ।” सञ्चार आवाजविहीनहरूको आवाज हो । ठीक छ आवाज हुनेहरूको पनि आवाज बनी देला तर एमालेकी उपाध्यक्ष, अनेमसङ्घकी केन्दीय अध्यक्ष, अनि पूर्वमन्त्री विद्यादेवी भण्डारीले दासढुङ्गा काण्डको वास्तविकता जनसमक्ष ल्याउन पार्टीमा, सरकारमा या सार्वजनिक समारोहमा कतिपटक आवाज उठाइन् ? आवाज उठाउन अवरोध गर्ने को हुन् ? स्पष्ट पार्नुपर्यो । हत्या नै हो पनि भन्ने र तैं चुप मैं चुप गरी वास्तविकता लुकाउने हो भने दासढुङ्गा काण्डमा एमालेभित्रको बलियो शक्तिको साँच्चिकै संलग्नता थियो कि ? भन्ने प्रश्न सही नठहर्ला भन्न सकिन्न ।