परस्पर दुर्भावयुक्त धारणाहरूका कारण नै पारस्परिक सङ्घर्ष र विद्वेषको परिस्थिति उत्पन्न हुन्छ । त्यसका फलस्वरूप आवञ्छनीय, अनैतिक र अशोभनीय घटनाहरू प्राय: दिन घटित भइरहन्छन् । आज सर्वत्र अधिकारको माग प्रबल भइरहेको छ, स्वयंलाई अरूभन्दा बढी सुविधा प्राप्त होस् भन्ने अपेक्षा गरिन्छ, तर कर्तव्यतर्फ भने कसैको ध्यान जाँदैन । कर्तव्यको उपेक्षा गरेर अधिकारको मात्र माग गर्दा कलह जन्मन्छ । शान्ति स्थापनाको एउटा तरिका के पनि हो भने अधिकारको उपेक्षा गर्दै कर्तव्यको पूर्ण पालना गरियोस् ।
नागरिक जीवनको सुव्यवस्था यस कुरामा निर्भर छ कि व्यक्तिले अरुप्रति आफ्नो उत्तरदायित्वको पूर्ण पालना गरोस्, आफ्नो नैतिक जिम्मेदारीहरूलाई तत्परतापूर्वक निर्वाह गर्नका लागि कटिबद्ध रहोस् । सामाजिक सुख, शान्ति र प्रगतिको यही आधार हो । जुन देशका नागरिक आफ्नो कर्तव्यको सही ढ·ले पालना गर्दछन्, त्यही राष्ट्र सबल मानिन्छ । जुन समाजमा चरित्रवान मानिसको बाहुल्य हुन्छ, त्यसै समाजलाई सभ्य भनिन्छ । कुनै व्यक्ति वा समूहको उत्कृष्टता मात्र यस आधारमा नाप्न सकिन्छ कि त्यहाँ कर्तव्य र दायित्वप्रति कति आस्था छ । झूटा, फटाहा, बाठा र बेइमान, धूर्त र पाखण्डी, अल्छी र कायर मानिसहरू जति नै साधनसम्पन्न किन नहोऊन्, तिनको र तिनको समूहको स्तर सदा खसेकै रहन्छ । चिरस्थायी उन्नति, सन्तुष्टि र प्रतिष्ठा प्राप्त गर्न सक्नु तिनका लागि कदापि सम्भव हुँदैन । एकअर्काप्रति सद्व्यवहार प्रकट गर्दा परस्पर स्नेह, सन्तोष, सद्भाव र प्रतिक्रिया उत्पन्न हुन्छ । प्रेमको उद्गम सज्जनता र सद्व्यवहारबाट हुन्छ । दुष्टता र दुर्बुद्धिको भावना मनमा रहन्छ भने कसैप्रति सच्चा सद्व्यवहार प्रकट गर्न सकिन्न । नीति र बठयाइँको माध्यमबाट जुन नक्कली, कृत्रिम र झूटो शिष्टाचार निर्वाह गरिन्छ, त्यसले लामो समयसम्म कसैलाई भ्रमित पार्न सक्दैन ।
उसको बठयाइँ शीघ्र उजागर हुन्छ । तर जहाँ स्वाभाविक, सरल र साँचो सद्भाव हुन्छ, त्यहाँ प्रेम, विश्वास स्वयमेव उत्पन्न हुन्छ । जब केही मानिसहरूबीच प्रेम र विश्वासको सम्बन्ध तयार हुन्छ तब उनीहरू आपसमा मित्र बन्दछन् । सच्चा मित्रद्वारा एकअर्काप्रति दर्साइने व्यवहारबाट जति सुख प्राप्त हुन्छ, त्यसको तुलना दुनियाँको कुनै सुखसँग गर्न सकिन्न । कुटुम्ब, नातेदारी, मैत्री अथवा विवाह आफैंमा गुण या दोषयुक्त हुँदैनन्, निकट समीपता र सद्भावनाबाट उत्पन्न प्रेम नै आत्मीयताको कारण बन्दछ । अनेक कुटुम्ब यस्ता छन् जहाँ पिता–पुत्र, भाइ–भाइबीच बैर देखिन्छ । पति–पत्नीबीच कतिपटक यति दुर्लङ्घ्य मनोमालिन्य देखिन्छ कि एकअर्काका साथ बस्नमैं दु:ख अनुभव हुँदैन, कतिपटक ज्यानको दुश्मनसमेत बन्न बेर लाउँदैनन् । नातेदारबीच कतिपटक लोकाचारजस्तै देखावटी व्यवहार पाइन्छ । मित्रहरू पनि अधिकांश मतलबका यार हुन्छन् । काम समाप्त हुनेबित्तिकै मुन्टो फर्काउँछन् । भन्नुको तात्पर्य यति मात्र हो कि आन्तरिक सद्भावनाको अभावमा जुन पारस्परिक मैत्री सम्बन्ध, कुटुम्ब, विवाह, नातेदारी आदि माध्यम बन्दछन् ती पनि अवास्तविक सिद्ध हुन्छन् । यसका विपरीत यी बन्धनमा नबाँधिएका मानिसहरू पनि मात्र मानवता र सज्जनताको नाममा एकअर्काका लागि धेरै गर्दछन् र यति गहिरो सद्भाव व्यक्त गर्दछन् कि त्यसको तुलनामा नातेदारी आदि सम्बन्ध एकदमै तुच्छ प्रतीत हुन्छ । पारस्परिक सच्चा प्रेमबाट उत्पन्न हुने सुख निस्सन्देह यस संसारको सबैभन्दा ठूलो वरदान हो । त्यो जसलाई प्राप्त हुन्छ, ऊ निश्चय नै अहोभागी हुन्छ । यो सौभाग्य प्राप्त गर्न सक्नु अथवा यसबाट वञ्चित हुनु कुनै पनि मानिसका लागि उसको आफ्नो हातको कुरा हो । आफूभित्र यदि अरूको साथ आत्मीयता र ममतापूर्ण सद्व्यवहार गर्ने प्रवृत्ति समुचित मात्रामा जाग्रत हुन्छ भने त्यसको फलस्वरूप जो पनि व्यक्ति सम्पर्कमा आउँछ, उत्फुल्लता र सन्तोष अनुभव गर्छ । त्यसको अभावमा कृत्रिम शिष्टाचार सजिलै लख काढ्न सकिन्छ । त्यसको प्रभाव त्यति नै सीमित हुन्छ, जति मन नलागेर गरिएको व्यवहारको ।
जुन प्रेम, सद्भाव दाम्पत्य जीवनमा, सन्तानका साथ, नातेदारी अथवा मैत्रीमा निर्वाह गरिन्छ, त्यसलाई अलिकति मात्र विकसित गरेर आफ्नो सम्पर्कमा आउने सबै व्यक्तिका साथ व्यवहारमा ल्याउन सकियो भने ‘वसुधैव कुटुम्बम्’ को आदर्श पूरा गर्दै हामी सही अर्थमा उदार चरित्र भएको व्यक्तित्व भनिने अधिकार प्राप्त गर्न सक्नेछौं । जुन सुख, साहस र विश्वास एउटा मित्रबाट अर्को मित्रले अथवा एउटा सम्बन्धीबाट अर्को सम्बन्धीले प्राप्त गर्दछन्, त्यही सम्बन्ध विकसित भएर सारा समाजमा व्यापक बन्न सक्यो भने एउटा मानिसको सम्पर्कले अर्को मानिसले असाधारण प्रसन्नता र प्रफुल्लता अनुभव गर्नेछ । एकता र आत्मीयताको स्नेह सम्बन्ध जब मानिसहरूको मनोभूमिमा व्यापकरूपमा धारण हुन्छ, अनि यसको प्रतिफल यस धरतीमा साकार स्वर्गको प्रत्यक्ष दर्शनको रूपमा नै परिलक्षित हुन सक्दछ । यसले सम्पूर्ण दुनियाँ सुख–शान्तिबाट परिप्लावित बन्न सक्दछ ।
कानुन, शासन, समाज–व्यवस्थाको उद्देश्य के हो भने मानिसहरू परस्पर जुझ्ने स्थितिबाट जोगिऊन् र स्नेह सद्भावको परिस्थिति विकसित गरून्, संस्था र स·ठनहरूको निर्माण यसै दृष्टिबाट गरिन्छ । सभा–सम्मेलन, प्रीतिभोज, गोष्ठी आदिको आयोजना के सोचेर गरिन्छ भने एकत्रित व्यक्तिहरूबीच सहयोग एवं निकटताको बीउ उम्रन सकोस् । सांस्कृतिक कार्यक्रम, क्लब, सहभोज, पार्टीहरू, प्रीतिभोज आदि जति पनि कार्यक्रमहरू छन् परस्पर प्रेमभाव उत्पन्न गर्नका लागि आयोजित गरिन्छन् । नागरिकता र शिष्टाचारको शास्त्र पनि यसै भावनाका लागि विकसित भएका हुन् कि मानिस एकअर्काका लागि हानिकारक क्षोभ उत्पन्न गर्ने सिद्ध नहुन् वरन परस्पर स्नेह, सहयोग, उदारता एवं सज्जनताको व्यवहार गर्दै उपयोगी र सहायक बनेर रहून् ।
प्राय: के गुनासो सुनिन्छ भने मानिस आफ्नो नागरिक कर्तव्यमा ध्यान दिंदैनन् । व्यक्तिको समाजप्रति के दायित्व छ र त्यसको निर्वाह कसरी गर्न सकिन्छ यो सोच्दैनन् । सडकमा बायाँतिर नहिंड्ने, बाटोमा घरको फोहर फ्याँकिदिने, वचन अनुसार समयमा उपस्थित नहुने, लिएको सामान फिर्ता नगर्ने, अशिष्टता प्रदर्शित गर्ने आदि के कुराका प्रतीक हुन् भने नागरिक एवं सभ्यताको मर्यादा भञ्जन भइरहेको छ । उठ्ने–बस्ने, बोल्ने, खाने, नुहाउने, लुगा लगाउने, कुल्ला गर्ने आदि विषयमा मानिसहरू असभ्यता प्रदर्शित गर्दछन् । अशिष्ट व्यवहार गरेर गर्व महसुस गर्दछन् । यी नराम्रा कुराहरू हटाउनका लागि नागरिक शिक्षा र शिष्टाचारको प्रचलन आवश्यक छ ।
यस संसारमा सद्भाव र सौजन्य बढोस्, अपराध र पापको सत्ता घटोस्, यसको एउटै आधार के हुन सक्दछ भने सज्जनतापूर्ण अभिव्यक्ति । सच्चा नागरिकता र वास्तविक नैतिकता यसैलाई भन्दछन् । विश्वशान्तिका लागि देखापरेको समस्याको समाधान यसै आधारमा सम्भव हुन सक्दछ । मानिस–मानिसबीच पारस्परिक सद्भावको अभिवृद्धिका लागि र त्यसबाट प्राप्त हुने आनन्द बढाउनका लागि आत्मीयतालाई व्यापक बनाउनु अति जरुरी छ । मानवीय सद्गुणले नै बाहय जीवनमा सुख–शान्तिको परिस्थिति उत्पन्न गर्ने गर्दछ ।