प्रस, वीरगंज, १३ पुस/
पर्सा कारागार परिसरमा दुई दिनदेखि ७ वर्षीय बालक अलपत्र परेका छन् ।
कारागारको महिला शाखामा लागू औषध ओसारपसार अभियोगमा थुनुवा जीवन बिताइरहेकी भारत रक्सौल कौडिहार चोक निवासी सीतादेवी साहको नाति राजेशकुमार अलपत्र परेका हुन् । सीता देवीलाई भेट्ने बहानामा कारागार आएका उनका छोराले आफ्नो छोरा तथा सीताका नाति ७ वर्षीय बालकलाई कारागार परिसरमैं अलपत्र छोडी फरार भएको कारागारका सुरक्षा एकाइ इन्चार्ज प्रनानि राजकुमार महतोले बताए ।
आठ महिनादेखि थुनामा रहेकी सीता देवीका छोराछोरी बुहारीलगायत आफन्तजन बितेको बुधवार उनलाई भेट्न कारागार आएका थिए । भेटघाटपछि बालकलाई जेल हाताभित्र छोडी गएपछि बालक अलपत्र परेको करागार प्रमुख धीरज मारासिनीले प्रतीकलाई बताए । थुनुवासँग बालकको नाता टाढा परेको कारण थुनुवासँगै राख्न नमिल्ने हुँदा बालकलाई बाहिरै राखेर स्याहारसुसार गरिरहेको प्रमुख मरासिनीले बताए ।
विगतभन्दा अहिले जेलभित्र नाबालकहरूको सङ्ख्या बढिरहेको भन्दै कारागार प्रमुखले चिन्ता व्यक्त गरेका छन् । परिवारले कैदीसँग भेट्न आउने र बच्चालाई छोडी हिंड्ने चलन बढेकोले समस्या परेको उनी बताउँछन् ।
केही महिना पहिलेसम्म वीरगंज कारागारमा ९ जना बच्चा थिए, हाल उक्त सङ्ख्या बढेर १८ पुगेको छ । कैदी महिलाहरूले घरमा छोडी आएको बच्चा घरबाट बोलाई कारागारभित्र पालनपोषण गर्दा जेल प्रशासनमा भार थपिएको प्रमुख मरासिनीले बताए ।
घरमा रहेका बच्चाहरू जेलमा आउन थालेको कारणबारे प्रमुख मरासिनी विगतको समयभन्दा हाल कारागार व्यवस्थामा सुधार आएको, खान–बस्न घरभन्दा राम्रो निशुल्क व्यवस्थासहित आमासँग बस्ने अवसर प्राप्त हुने हुँदा परिवारले बच्चाहरूलाई जेलमा छोडी हिंड्ने गरेको बताए ।
परिवारले यसरी छोडी गएको केही नाबालकहरूलाई आमासँगै बस्ने अुनमति दिइएकोले बेवारिसे भन्दै बच्चाहरू छोडी जानेको सङ्ख्या वृद्धि भएको प्रमुख मरासिनीले बताए ।