– गताङ्कको बाँकी
दिल्लीको रोहिणी सेन्टर स्वर्ण जयन्ती पार्कमा आर्य समाज भारतले आयोजना गरेको २०१२ को लागि सहभागी भएकाहरूका लागि आयोजकहरूले निकै मेहनतपूर्वक व्यवस्था गरेको देखियो । झन्डै हजार व्यक्ति सुत्न–बस्न सक्ने टेन्टहरू गाडिएका र घुम्दा कुनै शहरको विशाल गल्ली हो कि जस्तो भान हुन्थ्यो । तर पनि चिसोका दिन बन्द कोठामा बस्ने बानी परेका हामीहरूको लागि यस्ता समेनामा रात बिताउनु कठिन थियो । सहभागी मित्रहरूलाई लजहरूमा पनि व्यवस्था मिलाइएको छ भनी पर्चामा पढ्न पाइएको थियो । केही ठूलाबडा आर्यसमाजी पण्डितहरू लजमा बसेको पनि थाहा पाइयो । हुनत लजमा बस्नेहरूको पनि गुनासो थियो– लजबाट सम्मेलन स्थलसम्म आउन–जान कममा सय रुपियाँ भाडा तिर्नुपर्ने र दिनभर पट्टाइलाग्दा आराम गर्ने ठाउँको अभाव आदि । हामी समेनामा बस्नेहरूलाई सबेरै दिसा मैदान गर्न सार्है कठिनाइ हुन्थ्यो । महासम्मेलनमा भाग लिने व्यक्तिहरूले एक अर्काको ख्याल गर्नुपथ्र्यो, त्यस्तो पाइएन । आयोजकहरूले त्यत्रो भीडको लागि व्यवस्था राम्रै गरेका हुन् । तर भाग लिन आउनेहरू आर्य आचरणका देखिएनन् । आयोजकहरूले पाइखाना बाहिर थुपारिदिएको अघिल्लो दिनको हजारौं ट्वाकहरू सहभागीहरूले आ–आफ्नो बस्ने ठाउँ समेनामा लगिदिएकोले सिसी खोजेर पाइखाना जानुपर्ने, नुहाउन बनाइएका धाराका टुटीहरू भाँचिदिएर पानी छताछुल्ल बगिरहने, ट्वाइलेटभित्र जथाभावी दिसा गरेर भित्र छिर्नै नसकिनेजस्तो स्थिति पिछडिएको मनस्थिति छर्ल· देखिन्थ्यो । जसैतसै दिसापिसाब गरेर भान्छा समेनातिर लाइन लाग्न गइयो ।
लामो लाइन नाघेर भान्छामा पुग्दापुग्दै पहिलो दिनको कार्यक्रम शुरु भयो । नजिकै टाँगिएका टिभीका पर्दाबाट कार्यक्रम हेर्ने खाना खाने काम साथै गरियो । पहिलो दिन ३२ राष्ट्रले उक्त सम्मेलनमा भाग लिएका छन् भन्ने मञ्चबाट गरेको उद्घोष सुनियो । उद्घाटन दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितले गरिन् भने आचार्य बलदेवले अध्यक्षता गरेका थिए । हरेक वक्ताले आफ्नो भाषणको शुरुमा आर्य विद्वान्, भारतीय संस्कृति, आर्य समाजका महानतम संस्थापक दयानन्द सरस्वतीको आदर्शलाई ब्रह्माण्डको चप्पाचप्पामा पुर्याउँछौं भन्ने सड्ढल्प उद्घोष गरेको सुन्न पाइन्थ्यो । पहिलो दिन पचासौं आर्य विद्वान्हरू सामाजिक, राजनीतिक व्यक्तिहरूले अनेक तर्कहरू गरेको पाइयो ।
सम्मेलनको दोस्रो दिन टुरिस्ट बसमा दिल्ली शहर घुम्न भनी केही केटाहरू जान लागेको चाल पायौं । हामी पनि तिनकै साथ जाने भयौं । रु. २५०/– को टिकट लिएपछि दिल्लीको मुख्य दर्शनीय स्थलहरू घुमाउने हुँदा बिहान ८ बजे नै म, वैजनाथ स्वर्णकार, ती केटाहरूसहित ९ जना सम्मेलन स्थलबाट बाहिर निस्कियौं । हामीसहित करिब पचासजना बोकेर करिब ९ बजे टुरिस्ट बस प्रस्थान गर्यौं ।
शुरुमा हामी कुतुबमिनार गयौं कुतुबमिनारको पहिलो खण्ड महाराजा पृथ्वीराज चौहानले बनाएका रहेछन्, त्यस बेला यसको नाम पृथ्वी लाट राखिएको थियो । पछि मुसलमान शासक कुतुबुद्दिन ऐवकले अर्को भाग थपेर सिंगारेपछि कुतुबमिनार नाम दिइएको रहेछ । १३२६ मा यो क्षतिग्रस्त भएपछि महम्मद बिन तुगलकले ठीक पारेछन्, १३६८ मा फिरोज शाहले अरू पुनर्निर्माण गरेका रहेछन् । यसकै परिसरमा सुल्तान इल्तुतमिश, अलाउद्दिन, बलवान र अधम खाँको मकबरा बनाइएको देखिन्छ । यो मिनार बनाउनेहरू भारतीय सम्राट पृथ्वीराज चौहान तथा कुतुबुद्दिन एवक र पुनर्निर्माण गर्नेहरू महक्मद बिन, फिरोज शाह आज कोही पनि छैनन् तर तिनका कृतिलाई स्वतन्त्र भारतले ऐतिहासिक धरोहरको रूपमा संरक्षण प्रदान गरेको देखिन्छ।
हामी गएकोमध्ये अर्को चर्चित ठाउँ लालकिल्ला हो । मुगल शासक शाहजहाँको पालामा आगराबाट दिल्लीमा राजधानी सारेपछि यसलाई निर्माण गरेका हुन् । पहिलेका सामन्त शासकहरूले बाह्य र आन्तरिक दुश्मनहरूबाट बच्न यस्ता किल्लाहरू निर्माण गर्थे, त्यसकै झलक दिन्छ यो लाल किल्लाले । अष्टकोणीय आकारको दुई किलोमिटरसम्म फैलिएको चारैतर्फ गहिरो पानीको खाई (खाल्डानाला) ले घेरिएको, अनेक दर्शनीय वस्तुहरूले भरिएको अनुपम किल्ला हो । १५ अगस्त १९४७ मा भारत आजाद भएपछि यो कुनै सामन्तको रक्षा किल्ला नभई ऐतिहासिक धरोहर भएको छ ।
राजघाट– हामी घुमेकोमध्ये अर्को प्रसिद्ध ठाउँ हो राजघाट । भारतका राष्ट्रपिता महात्मा गाँधीको समाधिस्थल भएकोले पनि यो राजघाट प्रसिद्ध छ । एउटा विशाल क्षेत्र ओगटेर बनाइएको यो ठाउँ शान्ति स्मृतिको रूपमा ठडिएको छ । जस्तोसुकै हिंसक मानिस पनि यहाँ पुगेपछि आत्मविभोर हुन जान्छ र हिंसा देखि टाढा हुन चाहन्छ । परिवर्तन हिंसाले होइन अहिंसाले गर्न सक्छ भन्ने आत्मबोध गराउँछ ।
बहाई मन्दिर:– बहाईहरूको विश्वास एक स्वतन्त्र धर्मसँग छ । कमलको फूलको आकारमा बनाइएको बहाई अर्चना स्थलको रूपमा प्रसिद्ध छ । यसले सर्वधर्म समन्वयको बाटो अँगालेको बुझिन्छ । यो मन्दिरलाई आधुनिक भारतको ताज भनिंदो रहेछ । यस मन्दिरको हलमा एकछिन हामी शान्तिपूर्वक बस्दा सबैजना आनन्दले गद्गद् भएका थियौं ।
लौहस्तम्भ: दिल्लीमा रहेको यो स्तम्भ प्राचीन भारतीय सभ्यताको अद्भूत स्तम्भ मानिन्छ । स्तम्भको मध्यभागमा संस्कृतमा लेख खोपिएको छ । शुरूमा यवनहरूले यो स्तम्भ नष्ट गर्न खोजे, नादिर शाहले त तोप पनि चलाएछन् । तर आजसम्म पनि यो स्तम्भ ठाडिएकै देख्न सक्दा खुशी मान्नैपर्ने हुन्छ ।
फिरोज शाह कोटला: यो मुख्यत: अशोक स्तम्भ हो । एउटा विशाल विहारमा ठडाइएको स्तम्भ फिरोज शाह तुगलकले १३५६ मा अम्बाला जिल्लाको तोपडा गाउँबाट ल्याएका हुन् । यस बौद्ध स्तम्भमा पाली वा ब्राह्मी भाषामा लेख अड्ढित छ । यो पनि निकै आकर्षित र ऐतिहासिकता बोकेको स्तम्भ हो ।
दिल्लीको जन्तरमन्तर पनि सार्है रमणीय र आकर्षित स्थल हो । जयपुरका महाराज जयसिंह द्वितीयले १७१९ मा बनाएका हुन् । यसमा ६ वटा यन्त्र छन् । जसमा सम्राटयन्त्र भनिने सबभन्दा ठूलो छ जसबाट सूर्यको गणना गरिन्छ र बाँकी पाँच यन्त्रले चन्द्रमा र खगोलीय ग्रह र नक्षत्रहरूको गणना गर्दछ । अफसोच १ रात परिसकेकोले हामीले यसलाई धेरै नियालेर हेर्न सकेनौं । यसपछि हामीले बाँकी रहेका महत्त्वपूर्ण स्थलहरू:– बिरला मन्दिर, सफदरजंग मकबरा, इस्कोन मन्दिर, तीनमूर्ति भवन, जामा मस्जिद, हुमायुका मकबरा, इन्डियागेट, राष्ट्रपति भवन, संसद्भवन, छत्तरपुर मन्दिर, इन्दिरा नेहरू म्युजियम आदि बसबाट बाहिर–बाहिरैबाट हेर्दै सम्मेलनस्थल रोहिणीतर्फ हुइँक्यौं ।
बस गुडिरहेछ, म दिनभर गरेको अवलोकन– यात्राको मूल्याड्ढन गर्दै थिएँ । एकल धर्म र आफ्नो संस्कृतिमात्र रुचाउनेहरूको लागि आज दिल्ली एउटा चुनौतीको रूपमा ठडिएको महसुस भयो । ऐतिहासिक धरोहरहरूका लागि आज दिल्ली एउटा चुनौतीको रूपमा ठडिएको महसुस भयो । ऐतिहासिक धरोहरहरू संरक्षणको लागि दिल्ली नमुनाकै शहर देखियो । महापुरुष र विद्वान्हरूको मूर्तिहरू क्षत विक्षत गर्ने हाम्रा मुलुकका नेताहरूले पनि त्यहाँबाट केही सिकिदिए हुन्थ्यो जस्तो लाग्यो । सोच्दासोच्दै सम्मेलन स्थल पुगिएछ । दस बज्दा पनि खानामा भीडै थियो र भान्छाको साथीसँग बुझ्दा असी हजार जतिले खाना खाइसके भन्ने जवाफ पाइयो । खाना खाएर हामी आफ्नो समेनामा आराम गर्न गयौं । क्रमश:
- सुशील मुडभरी