$type=ticker$count=12$cols=4$cate=0

तीन साँढेहरु र स्याल

SHARE:

- उमाशङ्कर द्विवेदी
कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका अन्य प्राणीहरूलाई तर्साउँदथे । मोटा घाटा तथा हृष्टपुष्ट ती तीन साँढेहरू फुर्सत्को क्षण पोखरीमा पानी खाई ढिस्को थुम्काहरूमा सिङले हानेर वा एक आपसमा सि·ौरी खेलेर समय बिताउँदथे । अन्य वन्य प्राणी उनीहरू सि·ौरी खेल्दा वा ढिस्को थुम्कामा सिङले हानेको देखेर तर्सिएर भाग्दथे । उनीहरू एक आपसमा भिड्दा अरू–अरू प्राणीहरूले तिनीहरूबीच मेल नरहेको लख काट्दथे तर तिनीहरूबीच घनिष्ट मित्रता तथा एकता थियो ।
    एक दिन ती साँढे नित्यझैं दिउँसोको समयमा पोखरीको पानी खाएर ढिस्को तथा थुम्काहरूमा आआफ्नो बल प्रदर्शन गर्दैथिए । बेला–बेलामा मदातिरेकका कारण ठूलो स्वरमा कराउँदै पनि
गरिरहेका थिए । उनीहरूको गर्जना सुनेर वनको राजा बाघ तर्सेर भाग्दै गर्दा एउटा छट्टू स्याल देखा पर्‍यो । तर्सेर बाघ पुच्छर लुकाएर भागिरहेको देखेर ऊ छक्क पर्‍यो । ऊ बाघ नजिक गएर सोध्यो–होइन, सरकारलाई कुन जानवरको भय छ र ? यसरी लुकेर भाग्नु किन पर्‍यो, कुन्नि ? मैले तथ्य कुरा थाहा पाए केही गर्न सक्थें कि ? सरकारको निगाहले आखिर म पनि त मन्त्री पदमा बहाल छँदैछु । स्यालको कुरा सुनेर बाघलाई साँच्चिकै लाज लागेर आयो तर प्रत्यक्षत: उसले भन्यो–होइन, तर्सिनु पर्ने केही खास त छैन । तीनवटा अद्भुत जानवरहरू आपसमा सि·ौरी खेल्छन् तथा भयानक स्वरमा कराउँदछन । त्यस्ता भयानक तथा अदभूत जानवरहरूसित बिनसित्ति किन जोरी खोज्नु ? तिनीहरूभन्दा अलग्गै बस्नु बेस भनेर म यहाँबाट अन्तै जान लागेको छु । बाघको कुरा सुनेर स्यालले विनम्र आवाजमा भन्यो–ती जानवरहरू त सरकारको भक्ष्यप्राणी साँढेहरू पो हुन् । स्वच्छन्द भएर आफूखुशी चरेर तथा वनका मीठामीठा फलफूल खाई मोटाएर हृष्टपुष्ट भएका हुन् । अन्य प्राणीहरूभन्दा उनीहरूको जीउमा बढी मासु पलाएको छ, जुन अत्यन्त स्वादिलो छ । सरकारले उनीहरूलाई मारेर खाँदा सेवकले पनि जुठो खान पाउँथ्यो । यति भनेर स्यालले जिब्रोले आफ्नो ओठ चाट्न थाल्यो । स्यालको कुरा सुनेर बाघले भन्यो–तिमीले भनेको कुरा ठीक हो, तर ती साँढेहरू एक छिनको लागि पनि आपसमा छुट्टिंदैनन् । यस्तो स्थितिमा कसरी आक्रमण गर्ने ? तीनै जनामाथि एकैचोटि आक्रमण गर्न सकिंदैन । एउटामाथि आक्रमण गर्दा दुईजनाले मिलेर प्रत्याकरण गर्न बेर लाग्दैन । साँढेहरू बलिया पनि देखिन्छन, साथै उनीहरूको लामो तथा तिखो सिङ पनि छ । त्यस सिङले हानेर नराम्ररी घाइते बनाउन वा मार्न पनि सक्दछन् । यस्तो स्थितिमा उनीहरूबाट टाढै बस्न बेु हुन्छ भनेर यहाँबाट अन्त जान लागेको पो त ।
    बाघको कुरा सुनेर स्यालले भन्यो–सरकार आत्तिनुपर्दैन । म उनीहरूलाई अलग्याउनका लागि केही उपाय गर्नेछु । जसको कारण उनिहरूबीच वैमनस्य उत्पन्न भएर झुन्ड छुट्टिने छ । सरकारले धैर्य धारण गरेर यहीं बस्दा राम्रो हुन्छ । उचित समय आएपछि म सड्ढेत गर्नेछु । त्यति बेला सरकारले आक्रमण गरेर उनीहरूलाई मार्नु बेस हुनेछ । स्यालको कुरा सुनेर बाघको चित्त बुझ्यो । उसले स्याललाई भन्यो–त्यसो भए ठीकै छ । तिमीले आफ्नो काम गर, म उचित अवसरको प्रतीक्षामा यही बसिरहन्छु । यति भनेर बाघ त्यही नजिक झाडीमा आराम गर्नको लागि लम्पसार पर्‍यो ।
    स्याल साँढेहरू चरिरहेको ठाउँमा पुगेर एकछिन यताउति हेरेर एउटा साँढेको काँधमा बुल्र्लुक उफ्रेर चढी उसको कानमा केही पनि नबुझिने गरी केही क्षणसम्म स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेर त्यहाँबाट भाग्यो । स्याल गइसकेपछि दुईटा साँढेले त्यस साँढेसित सोधे–होइन त्यस स्यालले तिम्रो कानमा के कुरा सुनाएर गयो, हामीलाई पनि बताऊ । त्यस साँढेले जवाफ दियो–खोइ, के भन्यो, मैले त कुरै बुझिनँ । ती साँढेहरूले फेरि सोधे–स्याल तिम्रो काँधमाथि बसेर त्यत्रो बेरसम्म कानमा कुरा भनिरह्यो र तिमी भन्छौ मैले कुरै बुझिनँ । सही कुरा तिमीले भन्नै पर्दछ, नत्र ठीक हुने छैन । साथीहरूको यस प्रकारको कुरा सुनेर त्यौ साँढेले जवाफ दियो–कानमा मैले स्यालको स्वाँस्वाँ र फ्वाँफ्वाँबाहेक स्पष्ट कुनै आवाज नै सुनिनँ, बुझ्ने कसरी ? ती दुई साँढेहरूले भने–स्याल मांसभक्षी हाम्रो शत्रु जानवर हो । तिम्रो कानमा त्यति बेरसम्म कुरा सुनाइरह्यो, अत: कुनै कुरा नढाँटी सत्य कुरा सुनाऊ, त्यस स्यालले हामीले नसुन्ने गरी के कुरा भन्यो ? बिनसित्ति कसैले कसैको कानमा केही कुरा किन भन्छ ? साथी साँढेहरूको कुरा सुनेर दिक्दार भइ रुन्चे स्वरमा उसले भन्यो–साथीहरू, तिमीहरू व्यर्थमा ममाथि शड्ढा नगर । त्यस स्यालले मेरो कानमा केही कुरा भनेकै छैन, म तिमीहरूलाई के बताऊँ ? अब ती दुई साँढेहरूलाई खपि नसक्नु भएर आयो–ए, गुप्त कुरा तिमीले हामीसित लुकाउने ? ल हान् यसलाई, यस्तो धोखाबाजलाई साथमा राख्नुहुँदैन, कुनै दिन ठूलो धोखा पाइने छ । भनेर दुवै साँढेले त्यस एक्लो साँढेलाई सिङले हानेर गम्भीर घाइते बनाई त्यहाँबाट धपाइदिए ।
    यस प्रकार झुन्डबाट अलग्गिएपछि त्यो साँढे एक्लै चर्दैथियो तथा अलग्गै बस्न थाल्यो । साँढे एक्लिएको चाल पाई स्यालले बाघलाई आक्रमण गर्ने साउती गर्‍यो । बाघ हर्षित हुँदै उचित मौका पाई  एक्लो साँढेमाथि जाइलाग्यो तथा मारेर स्यालको साथ मिलजिुली खान थाल्यो । साँढे निकै मोटो भएकोले त्यसको स्वादिलो मासु स्याल र बाघ हप्तौंसम्म मिलेर खाइरहे । अन्त्यमा मासु सकियो । एक दिन बाघले स्यालसित भन्यो–साँढेको स्वादिलो मासु त सकियो, अब के खाने ? स्यालले भन्यो–सरकार, सेवक त छँदैछ, सुर्ता मान्नुपर्दैन । दुईटा साँढे अझै छँदैछन्, सेवकको बुद्धि पनि साथमा छँदैछ । स्याल यति भनेर ती दुई साँढेहरूमध्ये एक दिन पहिले झैं एउटाको काँधमा चढेर अगिझैं कानमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेर भाग्यो । यस पालि दुई साँढेबीच ठूलो कलह उत्पन्न भएर ठूलो लडाइँ पर्‍यो । तत्पश्चात् ती दुवै साँढेहरू अलग्गिएर चर्न तथा बस्न थाले ।
    स्यालको इशारा पाई समयानुसार बाघले दुवै साँढेलाई पालैपालो मारेर खायो । अत: अर्काको लहैलहैमा परेर आफ्ना सम्बन्धीहरूसित कलह गर्दा साँढेहरूको गति हुन्छ भन्ने कुरा विचार गर्नुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : तीन साँढेहरु र स्याल
तीन साँढेहरु र स्याल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwYpiA_rpitLg8B_oBEFWkRrjH4BOUlgpjxSp34AB7XvGGl3c3RPxBabOeDvSDzMGkNWxsK1onyyTQU97J7P5wgYRdXwiefTfcsmFQ7VmdyAvRdmJ1k478SoIBkTLOTDH81WJQ8hYiPvYa/s200/umashankar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwYpiA_rpitLg8B_oBEFWkRrjH4BOUlgpjxSp34AB7XvGGl3c3RPxBabOeDvSDzMGkNWxsK1onyyTQU97J7P5wgYRdXwiefTfcsmFQ7VmdyAvRdmJ1k478SoIBkTLOTDH81WJQ8hYiPvYa/s72-c/umashankar.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/12/blog-post_4125.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/12/blog-post_4125.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy