चितवन राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रलाई मुख्य वासस्थान बनाएर आसपासको क्षेत्रमा आतड्ढ मचाइरहेको ध्रुवे हात्ती अहिले चर्चामा छ । धु्रवे हिंसक आतड्ढककारी क्रियाकलापका कारण चर्चामा छँदैछ, अन्य थप कारणले पनि ऊ चर्चित बन्न पुगेको छ । बितेको तीन वर्षयता आतड्ढ शुरु गरेको धु्रवेले यस वर्ष असोज, पुस दुई महिनामा १२ जना मानिसको ज्यान लिइसकेको छ । मारिनेमा चितवनका ४, बाराका ५, पर्साका १ र पर्सासँग सिमाना जोडिएको भारतीय क्षेत्रबा दुईजना छन् । सबै घटनामा आक्रमणकारी हात्तीको हुलिया र घटनाको प्रकृति हेर्दा धु्रवे हात्ती नै हो भन्ने यकिन भइसकेको छ । २०६६ साल माघ २२ गते सेनाका जवान रिद्दवीर दोङलाई चितवनको घैलाघारीमा मारेर धु्रवेले मानव हत्या शुरु गरेको थियो । यसबीच धु्रवेको आक्रमणमा परी तीनवटा घरपालुवा हात्तीको मृत्यु भइसकेको छ भने घर भत्काउने, बाली नष्ट गर्नेजस्ता अनगिन्ती विध्वंसका कारण धु्रवे आतड्ढको पर्याववाची बनेको छ । त्यसैगरी भ्यालेन्टाइन डे र क्रिसमस डेको दिन घरपालुवा पोथी हात्ती भगाएर लगेको कारण पनि धु्रवे चर्चामा छ । तीन वर्षको अवधिमा दुईपटक लठ्याएर शक्ति कम हुने सुई लगाउने, दार्हा काट्ने र रेडियो कलर लगाउँदा पनि धु्रवेमा कुनै फरक आएको छैन । यस पटक प्राविधिक टोलीले बारामा डार्ट प्रहार गर्दा लठ्ठिएन, चितवनको ज·लमा गोली बर्साउँदा पनि केही फरक परेन । यी सबै घटनाका कारण धु्रवे अन्तर्राष्टिय स्तरमा नै चर्चा बटुल्न सफल भएको छ ।
हत्यारा धु्रवेलाई मार्न चितवन राष्ट्रिय निकुञ्जले सेना परिचालन गरेको छ । भारतीय क्षेत्रमा पनि धु्रवेको ज्यान खतरामा छ । ज·ल र ज·ली जनावरलाई माया गर्ने सयौं मानिसको बलि चढाएर एउटा हात्तीलाई जिउँदो राख्नुभन्दा मार्नु नै उपयुक्त हुने भन्दै चितवन आन्दोलित भयो । धु्रवेको कारण निकुञ्ज र जनताबीच सम्बन्धमा फाटो पर्ने र एउटा हात्तीका कारण समग्र ज·ली जनावरप्रति मानवीय भावना प्रतिकूल भइरहेको छ । ज·ली जनावर बहुलाएको हो भने त्यसले अरू जनावरलाई पनि दु:ख दिने, रोग सङ्क्रमण हुने तथा उसको सहवासबाट जन्मने सन्तान पनि रोग सङ्क्रमित हुन सक्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा हात्ती बहुलाएमा त्यसलाई मार्न सकिने व्यवस्था छ । २०५७ सालताका शुक्ला फाँट वन्यजन्तु आरक्षमा एउटा र केही पाँच वर्ष अगाडि झापा जिल्लामा एउटा हिंसक हात्तीलाई निकुञ्ज प्रशासनले मारेको थियो । यद्यपि ती धु्रवेजति चर्चित थिएनन् ।
धु्रवे हात्तीलाई मार्नुहुन्न भनेर आवाज बुलन्द छँदैछ । संरक्षण सम्बन्धी दातृ निकाय र निकुञ्जसँग सम्बन्धित सङ्घसंस्थाहरूले पनि धु्रवेको बाँच्न पाउने अधिकारको वकालत गर्दै जीवनरक्षाको अपिल गरेका छन् । फलस्वरूप सरकारका मन्त्रीहरू धु्रवे नमारिने अभिव्यक्ति दिंदैछन् । यसले एउटा नयाँ सम्भावना जन्माएको छ । हिंसक धु्रवेलाई नियन्त्रणमा लिएर चितवन ज·ल क्षेत्रमा राख्न सके धु्रवेको ज्यान बच्नुका साथै पर्यटकको लागि थप आकर्षण बन्न सक्छ । पर्यटकको यात्रा प्याकेजमा धु्रवे हात्तीसार थप प्याकेज बन्न सक्छ । धु्रवेलाई हेर्ने, अनुसन्धान गर्ने र अध्ययन गर्नेहरूको भीड लाग्न सक्छ । दातृ निकायले जीवित धु्रवेको नाममा ट्रस्ट सञ्चालन गर्न सक्छ । समस्याभित्र समाधान छ भन्ने तथ्यलाई बुझ्न सके आतड्ढकारी धु्रवे हात्ती एउटा सम्भावना बन्न सक्नेछ ।