कलैया, १५ पुस/
बारा प्रस्टोका–५ की १८ वर्षीया बिन्दुकुमारी ठाकुरको हत्यारा यथाशीघ्र पता लगाइ सत्यतथ्य बाहिर ल्याउन र दोषी उपर कडा कानुनी कारबाई गर्न माग गर्दै विभिन्न राजनीतिक पार्टी एवं तिनका महिला तथा भातृ सङ्घस·ठन र गैरसरकारी संस्थाहरूले जोडदार माग गरेका छन् ।
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री सरिता गिरीले हत्याराहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कठघरामा ल्याउन दबाबस्वरूप आज कलैयामा र्याली निकाली जिल्ला प्रहरी कार्यालय बाराअगाडि आधा घण्टा धर्नासमेत दिएकी थिइन् ।
पूर्वमन्त्री गिरीले मृतकको पोस्टमार्टम रिपोर्ट अपूरो रहेको र हत्यामा संलग्न व्यक्तिहरूलाई पक्रनुको साटो परिवारजनलाई दु:ख दिने काम मात्र प्रहरीले गरेको प्रेस विज्ञप्तिमार्फत् आरोप लगाएकी छिन् । केही व्यक्तिहरूले घटनालाई दबाउन प्रहरीलाई दबाब दिइरहेकाले प्रहरी आफ्नो दायित्वबाट विमुख भएको र अनुसन्धानको दायरालाई सीमित पारेको उनले आरोप लगाइन् ।
त्यसैगरी पूर्वभूमिसुधार राज्यमन्त्री एवं अखिल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सचिवालय सदस्य ज्वाला साह, अनेमसङ्घकी केन्द्रीय सदस्य प्रतिभा मैनाली, नेपाल सद्भावना पार्टीकी केन्द्रीय महासचिव मीरा महतो, नेपाल महिला सङ्घकी उपाध्यक्ष इन्दु आचार्यलगायतले घटनाबारे पत्ता लगाउन सुरक्षा एकाइबाट भइरहेको ढिलाइप्रति निन्दा र भत्र्सना गर्दै हत्यारालाई पक्राउ गर्न माग गरेका छन् ।
महिला अगुवाहरूद्वारा आज जारी प्रेस विज्ञप्तिमा पुस १७ गते कलैयामा जुलुस प्रदर्शन गर्ने, कालो झण्डा प्रदर्शन गर्ने र ज्ञापनपत्र बुझाउनुका साथै आन्दोलनका लागि महिलाहरूको एकीकृत सञ्जाल तयार गरी अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बाराका करिब एक दर्जन गैरसरकारी सङ्घसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै घटनाको ५ दिन बितिसक्दा पनि अपराधी पत्ता नलाग्नुले गम्भीर ध्यानाकर्षण भएको भन्दै शृङ्खलाबद्धरूपमा महिलाहरूमाथि हुने हिंसा र हत्या बढ्दै जानु प्रहरी प्रशासनको उदासीनता भएको ठहर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति निकाल्नेहरूमा गैसस महासङ्घ जिल्ला शाखा बाराका अध्यक्ष उतिमलाल चौरसिया, गरिबी निवारण कार्यक्रम समन्वय समिति बाराका संयोजक बृजमोहन कुशवाहा, स्थानीय सेवा प्रदायक संस्था समन्वय समितिका संयोजक जीतेन्द्र यादव, हामी सक्छौं अभियान बाराका अध्यक्ष बबिता जैसवाल, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शोभा गोढ र सामाजिक संस्था जिल्ला समन्वय समितिका कार्यक्रम संयोजक दीपेन्द्र गुप्ता, दलित उत्थान समाज नेपाल बाराका उपाध्यक्ष सागर विश्वकर्मालगायत रहेका छन् ।