राधेश्याम पटेल, परवानीपुर, १४ पुस/
परवानीपुर बजारमा वर्षौंदेखि दलितहरूले जुत्ता, चप्पल सिएर जीविकोपार्जन गर्दै आएका छन् । तर अब यो पेशा लोप हुने सँघारमा पुगेको छ ।
“हामीले गर्यौं, अब हाम्रा सन्तान यो पेशा गर्न मान्दैनन्”– जुत्ता–चप्पल सिउँदै ४० वर्ष बिताएका रामपुर टोकनी–९ निवासी ग·ा राम चमारले बताए ।
उनी भन्छन्–“मैले जीवन बिताएको पेशालाई नयाँ पुस्ताले फोहरी काम ठानेर यो पेशा अँगाल्न चाहँदैनन् ।
दुई छोरामध्ये एकजना विदेश गयो र अर्को दर्जी भएर कपडा सिउने गर्छ– रामले बताए ।
त्यस्तै, यो पेशाबाटै दिनहुँ ५ सयदेखि १ हजार रुपियाँसम्म आमदनी गर्ने लिपनीमाल–६ निवासी कपिलदेव रामले पेशा लोप हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरे ।
मैले दैनिक २० रुपियाँ कमाएर घर जग्गा त जोडें तर हामी जबसम्म छौं, तबसम्म यो पेशा चलिरहेको छ–कपिल राम दु:खेसो पोख्छन् ।
यो पेशा बन्द भएपछि सर्वसाधारणलाई मर्का पर्ने र एकचोटी टुटे–फाटेको जुत्ता, चप्पल नयाँ किन्नुपर्ने बाध्यता सिर्जना हुने चप्पल सिलाउन गएकी लिपनी बिर्ता–८ की सन्तोषी देवीले बताइन् ।