$type=ticker$count=12$cols=4$cate=0

प्रश्न शकहरूको: कुरा नेपाली संस्कृतिको

SHARE:

- शीतल गिरी
प्राचीन मानव जातिमा पनि जाति–सम्मिश्रण भयो, किनभने मानव उहिल्यैदेखि घुमन्ते रहेको छ ( कृषि युगभन्दा पहिले त ऊ घुमन्ते छाडेर अरू केही थिंदै थिएन । हामी आजको मानव जातिको इतिहासमा पनि यस्तो धेरैजसो उदाहरण पाउने गर्छौ, जसमा दुई चार व्यक्ति होइन, जातिहरूकै सम्मिश्रण भयो । बुलगार कालासागरको किनार छाडेर स्लावहरू बाल्कान गए । कतिपय हूण कबिला म·ोलियाबाट शुगरीमा पुगेर मगियारको रूपमा बसे ।
    युरेसिया द्वीपमा एक समय दुनाई (डेन्युब) बाट त्यानशान् अल्ताई (पर्वत–श्रेणी) सम्म पाइने शक जातिको भूमिलाई शकद्वीप भन्न सक्दछौं, पुरानो इरानी शब्दानुसार शकानवेइजा या पछिको भाषा अनुसार शकस्तान पनि भन्न सक्दछौं ।
    अहिले हामीसँग शक भाषाको नाम मात्रको शब्द उपलब्ध छ, र जेजति छ, त्यो ईस्वी सन् प्रारम्भ भएपछिको हो । तर शकहरूका उत्तराधिकारीहरूको भाषा हेर्दा थाहा हुन्छ, उनीहरूको भाषा विश्लेषणात्मक नभएर, संश्लेषात्मक मात्र छ, यसको कारण पूर्वजहरूको सामाजिक गतिरोध नै हो ।
    शकहरूले मुर्दालाई रूखमा झुन्डयाउँथे र मासु चराहरूले खाएपछि हाड सङ्ग्रह गरेर गाड्थे । पारसीहरूमा एक शताब्दी अघिसम्म यो प्रथा प्रचलनमा थियो, रूखको साटो अग्लो स्थानमा शव राखेर गिद्धलाई खान छाडिदिन्थे । युनानी लेखकबाट यो पनि थाहा हुन आएको छ, कहिले काही मानिसले आफ्नै हातले शवको हाडबाट मासु खुर्केर चराहरूलाई खुवाउँथे, यसो गर्दा उनीहरू तत्कालै हाड गाड्न पाउँथे । भारतमा सति प्रथा शकहरू आएपछि चलेको हो । पाइजामा र लामो कुर्ता साथै घुडासम्म पुग्ने छालाको बुट उनीहरूको विशेष पोशाक थियो ।
    कम्मरको पेटीमा झुन्डिरहेको हुन्थ्यो लामो तरबार । शकहरूका प्रिय देवता सूर्य थिए । भारतमा शकहरूले जस्तो बूट धारण गरेको सूर्य–प्रतिमाको व्यापक प्रसार तथा ईसाई धर्म स्वीकार गर्नुभन्दा अघि रूसीहरूको सूर्यमा एकान्त–भक्ति पनि यही बताउँछ । सूर्यबाहेक ‘दिवु’ शकहरूको पूज्य देवता थियो, जो वैदिक द्यौ र ग्रकको जेउस हो । फारसी र अरबीमा चीनको सम्राट्लाई देवपुत्र (स्वर्गपुत्र) भन्ने गरिन्छ । ईसापूर्व ७औं शताब्दीमा उत्तरी मध्य एसियामा शक जाति फैलिएको थियो । पूर्व कास्पियनदेखि उत्तर हुँदै अराल समुद्र र यक्सर्त (सिरदरिया)को मध्यसम्म मसागित जातिको विस्तार थियो, अराल समुद्रको नजिक यो जाति वक्षु उपत्उकामा शकहरूको एक शाखा खस रहन्थे, जो ई.पू.७औं शताब्दी अघि  कराकुरम गिरिमाला पार गरेर गिल्गित र कश्मीरसम्म पुगेका थिए । पछि उनीहरूले नेपालसम्मको सम्पूर्ण हिमाललाई खसभूमि बनाए । मसागिद् शब्द मसँग या महाशकबाट बनेको हो । वास्तवमा त्यस समयसम्म शक जनपदमा ठूलो जन (समूह) थियो । तक्बुको बास छाडेर यिनीहरूको कुनै स्थायी निवास थिएन । यिनीहरू यथार्थमा यायावर थिए । एस्किमोहरूमा सय वर्ष अघिसम्म वृद्धहरूलाई मार्ने प्रचलन व्यापक थियो, उनीहरू यस कार्यलाई परिवारको भार पन्छाएको भन्दथे । मसागित या महासक जनको साथ अखामनशी (इरानी) शासकहरूको बरोबर सङ्घर्ष हुन्थ्र्यो । सकरौका वस्तुत: शकओक (शकस्थान)को नै परिचायक हो । यिनीहरूको भूमि सोग्दको उत्तरमा थियो ।
    यसमा कुनै शड्ढा छैन कि चिनियाँहरूले जसलाई सइवाङ लेखेका छन्, त्यो यथार्थमा यही सकरौका नै थिए । सम्भवत: शकरौका र महाशकको बीचमा यक्सर्त नदीको पहाडीहरूका निवासी थिए, जो पछि कस्पियन सागरको किनारमा इरानको सीमासम्म पुगे । खसहरू तरिम उपत्यकाका निवासी थिए ।
    हूणहरूले भगाएपछि, लघुयूची प्रवेश गर्नु अघि सम्पूर्ण तरिम उपत्यका खसभूमि थियो । चीनको चलन अनुसार राजकुमारीको अर्थ, सम्राट्को छोरी अथवा बहिनी मात्र हुन्थेन । उपहार–इनाम दिनको लागि धेरै कुरो राजकीय भण्डारमा राख्ने गरिन्थ्यो, अन्त:पुरमा त्यसैगरी ठाउँ ठाउँका सुन्दरीहरू राखिन्थे । ६८० ई. मा अनिकाल पर्दा तुर्कहरूले मानिसले खाएर फालेको पशुको हाड पनि धूलो पारेर खाए । विशाल चीनमा तुर्कहरूले आधिपत्य गर्न सकेका थिए, किनभने यिनीहरू भयड्ढर इच्छाशक्ति भएका लडाकू थिए । १७६ ई.पू.मा चीनको आक्रमणका कारण भागेका हूणहरूले आफ्नो पश्चिमी छिमेकी यूचिहरूको ठाउँ खोस्न आक्रमण गरे । यूचिहरू पश्मितर्फ भाग्न बाध्य भए ।
    सइवाङ शकहरूको भूमिमा प्रवेश गरेपछि उनीहरूको एक समूह
(लघुयूची) तरिम उपत्यकामा गएर बसे, र अर्को (महायूची) सप्तनद र त्यानशानको वू–सूनलाई परास्त गर्दै पश्चिमतर्फ बढ्दै यक्सर्त (सिरदरिया) को उपत्यकामा पुगे । चाङ–क्यान्को हान् सम्राट् वू–तीले १३८ ई.पू. यूचिहरूलाई हूणहरूलाई समाप्त पार्न पश्चिमबाट आक्रमण गरेर चीनलाई सहयोग पुर्‍याउन आग्रह गरेका थिए । चाङ्–क्यान् जब फर्गान तावान पुग्यो, त्यहाँ शकहरूको शासन थियो । चाङ्–क्यान् पुग्नुअघि नै यूचिहरूले बाख्त्रियालाई जितिसकेका थिए । आफ्नो पशु र तम्बु साथमै लिएर यूचिको समूह ता–वान
(फर्गाना), तापहया (बाख्तर) र अन्–सी (पार्थिया)मा घूम्ने गर्दथे ।
    तरिम उपत्यकाको कुचा नगर यूचिहरूको कुषाण नाम बोध गराउँछ । तोखरी भाषाका नमुना हामीले मध्य एसियाको मरुभूमिबाट पाएका हौं, यद्यपि यो त्यस समयको हैन, जबकि यूचि बाख्त्रियाको स्वामी थिए । तोखारी भाषामा हिन्दी–युरोपीय भाषाको केन्तम परिवारको (पश्चिमी युरोपीय) भाषाको सामान्य रूप पाइन्छ, जब कि इरानी, संस्कृत र पुरानो शक भाषा शतम्–परिवारसँग सम्बन्ध राख्दछ । केही युरोपीय पुरातत्त्ववेत्ताहरूले त कूचिका नारीहरूमा आफ्नो पुरानो नारीहरूको वेशभूषा र चित्रहरूमा उनीहरूका नीलो आँखा देखेर यस्तो निर्णय गरे कि त्यो युरोपबाट आएको कुनै जाति थियो, जो एसियाटिक शक–समुद्रको एउटा द्वीपमाझै कुचा र त्यसको वरपर बसे । १२८ ई.पू.मा च्याङ–ब्यान्ले यूचिहरूलाई समरकन्द र वक्षु नदीबीच तम्बु गाडेर बसेको देखेका थिए । तवान् (फर्गाना)मा त्यस बेला शकहरूको शासन थियो । 
    यूचि बाख्त्रियाको शासक थियो र मोग तथा उनीहरूका कबिला बिस्तारै  बलुचिस्तान, सिन्ध, सौराष्ट्र, अवन्ती, मथुरा, कपिशा र गन्धारसम्मको शासक बन्यो । मोग क्षहरात वंशको थियो । अवन्ती सौराष्ट्रको शासक एपान पनि क्षरात बन्यो । मोग क्षरात वंशको थियो । अवन्ती सौराष्ट्रको शासक एपान पनि क्षरात वंशी थियो । मोगको सिक्कामा पहिले राजा मोग लेखिएको हुन्थ्यो, तर पछि धेरै राज्यवृद्धिको कारण ‘रजतिरजस महतस मोअस’ (राजाधिराज महान मोग) लेख्न थालियो । ‘महत’को अलग प्रयोग ग्रीकका राजाहरूको सिक्कामा मात्र ‘मेगोलस’कोै अनुकरण थाहा हुन्छ ।
    बाख्त्रियामा सम्भवत: पल्हवहरू
(पार्थि) को शक्ति त्यति थिएन । पल्हवहरूको सहायताले गर्दा सोरेन पल्हवले शकहरूलाई सीस्तानबाट भगाएका थिए । मोग मरेपछि क्षत्रप उपाधिमात्र होइन, स्वयं पल्हवहरूलाई भारत आउने अवसर मिल्यो र करिब पौने शताब्दी (५८ ई.पू.–२५ई.)सम्म हामी पश्चिमोत्तर भारतमा पल्हवहरूको शासन पाउँछौं । मोग र अरू शक राजाहरूको जानकारी जसरी उनका मुद्राबाट पाउँछौं, मोग र अरू शक राजाहरूको शासनको जानकारी उनीहरूको मुद्राबाट पाइन्छं । शक, पल्हव, ग्रीक (यवन) आरम्भिक कालमा भारत र बाहिर आपसमा राजशक्तिको लागि जतिसुकै लडे तापनि,  तिनीहरू शन्तिको समयमा आपसमा दाजु भाइजस्तै बस्दथे । उनीहरूले भारतका धेरैजसो राजवंशलाई सहयोग गरे, यहाँका राजाहरूसँग वैवाहिक सम्बन्ध जोडे, उच्च तहका नागरिक र सैनिक पद प्राप्त गरे र अन्तमा राजपूत बनेर भारतको पुरानो क्षत्रिय जातिमा मिसिए । काँचीको पल्हव राज्यले चार शताब्दीसम्म दक्षिणमा एउटा सबल र समृद्ध शासनको स्वरूपमात्र ग्रहण गरेन, भारतीय कला र साहित्यको विकासमा उसले त्यही भूमिका निभायो, जुन उत्तरमा गुप्तहरूले गरे । यति मात्र होइन जावा, कम्बोज आदिमा भारतीय संस्कृति र कलाको विस्तारमा सबभन्दा महत्त्वपूर्ण भूमिका पल्हव संस्कृतिको छ । सोर्‍हौं पार्थिव राजा बोनानको समयमा पल्हवहरूको शासन स्वतन्त्र राज्यको रूपमा स्थापित भयो । बोनानले मुद्रामा एकातिर ग्रीक लिपिमा ‘राजाहरूको राजा बोनान्’ लेखाउनु सम्पूर्ण पार्थिव साम्राज्यको दृष्टिले हो र अर्कोतिर उसको भाई स्पलहारलाई महाराज भ्रातामात्र लेखिनुले यही कुरो पुष्टि गर्छ कि ऊ पार्थिवको सम्राट् या उपराजा मात्र थियो । भारतीय पल्हवले आफ्नो मुद्रामा त्यसैगरी ग्रीक लिपी, देवताहरू र पदवीहरूको अनुकरण गरे, जस्तो कि मोगले गरेका थिए ।
    बोनानको एउटा अर्को भाई स्पलरिश थियो, जो शायद स्पलहोरपछि शासक बन्यो । यिनको एउटा मुद्रामा अयका नाम पनि पाइन्छ, जसबाट थाहा हुन्छ, जसरी बोनान र स्पलहोर, स्पलगदम र बोनानसँग स्पलरिशको संबन्ध थियो, त्यस्तै  सम्बन्ध अयसँग स्पलरिशको पनि थियो । मुद्राको अध्ययनबाट थाहा हुन्छ अय स्पलरिशको उपराजा या क्षत्रपझै शासन गर्दथ्यो । जब अय स्वतन्त्र शासक बन्यो, उसको घोडसवार मूर्तिको साथमा ग्रीक लिपिमा राजोपाधि र नाम तथा अर्कोतिर कुनै ग्रीक देवी देवताको साथमा खरोष्ठी लिपिमा ‘महरजस रजरजस महतस अयस’ लेखिएको छ । अयको दश किसिमको चाँदी र अनेक किसिमको तामाको मुद्रा पाइएको छ । दुवैमा युनानी देवी–देवताको प्रधानता पार्थिवहरूको ‘फिलदेल’ (यवनपुत्र) को भाव प्रकट गर्दछ । अस्पवर्मामा अहिले पनि इरानी शब्दको रूप ‘अस्प’ कायम छ, तर उसको पिता इन्द्रवर्मा शुद्ध भारतीय नाम राख्दछ । दक्षिणको पल्हवहरूमा त पछि गएर वर्मा सबै राजाहरूको साधारण उपाधि बन्यो ।
    सीस्तानबाट आएको पहिलो समूह शक सरदारको वंश क्षरात थियो । यो तक्षशिला, सौराष्ट्र, अवन्ती र मथुराका शक शासकहरूको वंशको नामबाट सिद्ध हुन्छ । कुषाण मूलत: लघुयूचिहरूका वंशज तरिम उपत्यकाको तुखारहर झैं एक शाखा थियो, जसको नाम त्यहाँको कूचा नगरमा अहिले पनि पाइन्छ । जुन समयमा उनीहरूका ठूला महायूचि बाख्त्रिया र कपिशा (गन्धार) सिंधको शासक बन्यो, सोही समय यिनीहरूले पामिर र गिल्गितको पर्वतमाला तर्फ पाइला बढाए । 
    पामिर (इमाओस) र चित्रालको पहाडमा यस्ता धेरै राजवंशको अस्तित्व थियो, जसले आफूलाई सिकन्दर अर्थात् ग्रीक राजाहरूको वंशज मान्दथे । कुजुललाई केही इतिहासकार मोगको वंशज मान्दछन्, तर यस्तो भयो भने ऊ न तुषरी रहन्छ, न क्षरात छाडेर कुषाण वंशको नाम दिनुपर्ने आवश्यकता नै हुन्छ । बिहारदेखि ख्वारेज्मसम्म फैलिएको कनिष्कको विशाल राज्यको विस्तारमा उसका पूर्वाधिकारी विमको धेरै हात थियो, यसमा शड्ढा छैन । विमको शासनको एउटा सबभन्दा महत्त्वपूर्ण घटना हो कि उसैले भारतमा सबभन्दा पहिले सुनको मुद्रा चलायो । पहिले ग्रीस, रोम, अफ्रिका, जावा, चीन र मध्य एसियासम्म जल या स्थलबाट सार्थ
(लस्कर) को साथमा भारतीय व्यापारीहरू सामान लैजान्थे र उताको सामान ल्याउँथे, तर पछि सामान बोकेर नलगी थोरै सुनको सिक्का लगेर धेरै सामान ल्याउन सक्ने भए । बिमको सुनको सिक्कामा एकातिर शिवको मूर्ति थियो । राजाको बायाँ हातमा परशु थियो ।
    तरिम उपत्यका र त्यसको उत्तर तथा उत्तर–पूर्वमा धेरैजसो चीनको करद राज्य थियो । हूण पनि दुई भागमा विभाजित भयो र उसको एउटा शक्तिशाली (दक्षिणी) भाग चीनको साथमा थियो ।
क्रमश:
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रश्न शकहरूको: कुरा नेपाली संस्कृतिको
प्रश्न शकहरूको: कुरा नेपाली संस्कृतिको
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/11/blog-post_8519.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/11/blog-post_8519.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy