प्रस, पोखरिया, १४ मङ्सिर/
वसन्तपुर गाविस–५ फुलवरियास्थित जग्गाबारे मुडली गाविस र वसन्तपुर गाविसका बासिन्दाबीच झडप भएको छ ।
आज बिहान झडपमा परी मुडलीका दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोहन चमार र सोहन चमार छन् । दुई गाउँको झगडा सुल्झाउन इलाका प्रहरी कार्यालय ल·डी तथा पोखरियाले आज दिनभरि कसरत गरेपनि केही उपलब्धि नभएको इप्रका ल·डीका इन्चार्ज नारायण थापाले बताए ।
मुडली–५ को कित्ता नं. १५,१६, १७, १८ र २६ को अन्दाजी ६ बिघा जग्गा २०६० सालमा श्री नेराप्रावि फुलवरियाको नाउँमा दर्ता भएपछि उक्त विवाद चुलिएको हो ।
विद्यालयको नाउँमा दर्ता भएको जग्गा विगत ३० औं वर्षदेखि मुडली गाविसमा २५ जनाभन्दा बढी व्यक्तिहरू जोतखन गर्दै आएका थिए । केही दिन पहिले मात्र सो जग्गा विद्यालयको नाममा दर्ता भएपनि मुडलीका बासिन्दाले जग्गा छोड्न मानेका छैनन् । विद्यालयको नाउँमा दर्ता भएको जग्गा निजी हो भन्दै फुलवरियाका गाउँले दाबी गर्दै आएका छन् ।
उक्त जग्गामा मुडलीका किसानहरूले धानबाली लगाएका थिए । धान काटी सकेपछि उक्त धान बल जबरजस्ती फुलवरियाका बासिन्दाले लगिरहेको बेला रोक्न जाँदा दुई पक्षबीच झडप भएको प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
विद्यालयको जग्गामा लगाएको बाली रोक्न इलाका प्रहरी कार्यालय पोखरियामा निवेदन दर्ता भएपछि जबरजस्ती बाली लान खोज्नु गलत भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक खेमनारायण चौधरीले बताए ।
आज दुवै गाउँका बासिन्दा लाठी, भाला लिई झडपमा उत्रेका थिए ।