- सञ्जय साह ‘मित्र’
सहितस्य भाव: साहित्यम्
संस्कृतमा साहित्यलाई सहितको भाव भनी अथ्र्याएको कुरालाई पूर्वीय संस्कृति विचरणस्थलका बौद्धिक व्यक्तित्वहरूले सम्झिरहनुपर्ने हुन्छ । धेरै विद्वान्हरूले यसलाई अहिलेसम्म उत्तम तर्क नै मानिरहेका छन् । कतिपय प्रगतिशीलहरूको दृष्टिले यसमा आफ्ना हितसमेत समेटिएकोले प्रगतिशील मानेका छन् भने कतिपय कलावादीले यसलाई बिलकुलै कलावादी परिभाषा मानेका छन् । यी दुवै अर्थमा यो परिभाषालाई कालजयी मान्न सकिन्छ । सफल परिभाषा भन्न सकिन्छ ।
साहित्य र कलाको जीवनमा अत्यन्तै ठूलो भूमिका र स्थान हुने कुरालाई छर्लङ्ग्याउादै भर्तृहरिले भनेका छन्–
साहित्य–स·ीत–कला विहीन:
साक्षात् पशु: पुच्छविषाणहीन:
अर्थात् साहित्य, कला र स·ीतले रहित व्यक्ति पुच्छर र सिङबिनाको साँच्चै पशु हो । पूर्वीय साहित्यले त साहित्य र कलालाई निकै महत्त्व दिएको पाइन्छ नै । यसै कारण पूर्वीय साहित्यको रूपमा संस्कृतले त्यत्ति धेरै उन्नति गरेको थियो । साहित्य र कला जीवनको हरेक क्षेत्रमा प्रवेश गरेको थियो । जस्तोसुकै मानिसका लागि साहित्य र कला अनुरागको विषय हुन्थयो । राजादेखि प्रजासम्म सबैका यो प्रिय थियो । यसमा समर्पितहरूलाई समाज र राज्यमा निकै प्रतिष्ठा प्राप्त थियो ।
पाश्चात्य समाज अर्थात् अङ्ग्रेजी समाजमा पनि साहित्यलाई निकै ठूलो सम्मान प्राप्त छ । समाजले साहित्यकार र कलाकर्मीलाई सम्मान दिएको देखिन्छ । मानव जीवनका विभिन्न अनुभूतिहरूका सशक्त एवं हृदयस्पर्शी अभिव्यक्तिलाई नै साहित्यको रूपमा परिभाषित गर्दै पश्चिमी साहित्यकार हडसन भन्छन्–भाषाको माध्यमबाट जीवनको अभिव्यक्ति मूलरूपमा साहित्य हो।
नेपाली बौद्धिक जमातमा समेत साहित्यलाई ठूलो सम्मान प्राप्त छ । विगतमा राजा–महाराजाहरूले साहित्य रचना र गोष्ठीमा सहभागिता जनाउने गरेका र साहित्यकारलाई सम्मान दिने गरेको पाइन्छ । साहित्यकारहरूले त साहित्यलाई ठूलो बताउने भइ नै हाले । कवि धरणीधर कोइरालाले त साहित्य– रस पान गरेर मानव जीवनलाई सार्थक बनाउन सकिने अभिव्यक्ति दिएका छन् र एक ठाउँमा यस्तो भनेका छन्–
अति उत्तम ज्ञान दिलाउँछ यो
मणितुल्य छ यो नलिने पशु हो
यसरी पूर्वीयदेखि पाश्चात्य विद्वान् साहित्यकारहरूले, भाषाको माध्यमबाट अभिव्यक्त हुने मानवीय मस्तिष्कको चेतनायुक्त सुन्दर अभिव्यक्तिलाई साहित्य भनेको पाइन्छ । यसकारण भन्न सकिन्छ– साहित्य भनेको यथार्थमा चेतना हो ।
साहित्यलाई चेतनाका रूपमा प्रत्येक मानवमा पुर्याउन चेतनशील मस्तिष्कहरू निस्स्वार्थरूपमा लागेका दृष्टान्तहरू पनि छन् । साहित्यलाई जनसामान्यसम्म पुर्याउन, यसको स्वरूप तथा फाँट विस्तारित पार्न, यसलाई व्यापक मानिसहरूको संलग्नता बढाउन नौलो चेतनाका संवाहक मस्तिष्कहरूले विभिन्न प्रयासहरू गरेका छन्, गरिरहेका छन् र गरिरहने छन् ।
साहित्यलाई अनार्थिक क्षेत्र सरकारसमेतले मानेको अवस्थामा साहित्योत्थानका लागि अनगिन्ती पत्रपत्रिकाहरू साहित्यको नाउँमा मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अद्र्धवार्षिक र वार्षिक गरी प्रकाशनरत छन् । सबैजसो अखबार तथा स्मारिकाहरूले साहित्यलाई स्थान दिएर यसको महत्त्व बढाएका छन् । मानिसको रुचि बुझेर अनेक किसिमका साहित्य रचिंदै छन् । एफएम रेडियो, टेलिभिजन, अनलाइनजस्ता श्रव्यदृश्य र इन्टरनेटसम्म पनि साहित्यको बलियो पहुँच रहेको छ । साहित्यलाई यस अवस्थासम्म पुर्याउन, साहित्यमा जनरुचि तथा जनसहभागिता बढाउन जति काम इन्टरनेट तथा एफएम रेडियो र टेलिभिजनले गरेनन्, यिनीहरूभन्दा निकै बढी काम साहित्य गोष्ठीहरूले गरेका छन् ।
साहित्यको सम्बन्धमा सकारात्मक परिवर्तन ल्याउन पत्रपत्रिकाहरूले व्यापकरूपमा प्रचारप्रसारात्मक भूमिका निर्वाह गरेको तथ्यलाई अस्वीकार गर्न मिल्दैन । यद्यपि कतिपय पत्रिकाहरू जो चल्तीका छन् वा आफूलाई मात्र पत्रिका ठान्छन्, ले साहित्यलाई मसालाको रूपमा मात्र प्रयोग गरेको देखिनु पनि उत्तिकै सत्य हो । यस किसिमका पत्रिकाले साहित्यको विकासमा योगदान दिए पनि यिनीहरूको उद्देश्य साहित्योत्थानभन्दा व्यावसायिकता बढी भएकोले साहित्यिक क्षेत्रमा यिनीहरूको मूल्याङ्कन पनि निकै कम नै हुने गरेको छ । वास्तवमा साहित्यलाई सीधै जनमानसमा पुर्याउन र सर्वसाधारणमा साहित्यप्रति अनुराग जगाउन र सकारात्मक भाव उमार्न सबैभन्दा प्रमुख भूमिका निर्वाह गरेको साहित्य गोष्ठीले नै हो ।
साहित्य गोष्ठीहरू भइरहेका खबरहरू जताततैबाट आइरहन्छन् । साहित्यको विकासका लागि भनेर खुलेका अनगिन्ती सङ्घसंस्थाहरूसमेतले यस्ता गोष्ठीहरू सञ्चालन गरी साहित्यका नवप्रतिभाहरू उत्पादनमा योगदान दिइरहेका छन् । साहित्य सिर्जनामा लागेका सरस्वतीका वरद् पुत्रहरूलाई थप प्रोत्साहन दिन र सम्मान गर्न स्थापना गरिएका पुरस्कारहरूको भूमिका पनि कम आँक्न मिल्दैन, तर पनि यी सबैमा साहित्योत्थानमा गोष्ठीहरूको भूमिकालाई नै प्रमुख मान्नुपर्ने देखिन्छ ।
साहित्य गोष्ठीबाहेक पत्रपत्रिका एवं सञ्चारका अन्य माध्यमहरूसमेत जनसाधारणमा प्रत्यक्ष प्रभाव पार्न सकिरहेका छैनन् । पत्रिकाहरू वास्तवमा स्तरीय पाठकका लागि हुन् । श्रव्य–दृश्य सञ्चारमाध्यममा साहित्य आउने बित्तिकै बन्द गरिदिनु र साहित्यिक पत्रिकाहरू पसलमा त्यत्तिकै कुनामा थन्किएर बसिरहनु यसलाई पुष्टि गर्ने जीवन्त दृष्टान्तहरू हुन् । साहित्यगोष्ठी हुँदा त्यहाँ स्रोत र वाचकबीच एक किसिमले आत्मीय भाव हुन्छ, साहित्यको अनुभूति प्रत्यक्ष हुन्छ र साहित्यकारको भावमा श्रोताहरू रमाउन, हाँस्न, संवेदित भई आँसु चुहाउन थाल्छन् । साहित्यको रसलाई नसानसामा कुदाउँदै रगतको ठाउँमा राष्ट्रप्रेम, मातृप्रेम र आत्मीय प्रेमधारा बगाउन थाल्छन् अर्थात् जीवन्त साहित्यको जीवन्त अनुभूति प्राप्त गर्छन् । साहित्य गोष्ठीबाहेक अन्यत्र यो कुरा पाइन्न, यस कारण केवल साहित्यिक व्यक्तिहरूको मात्र रुचिको विषय हुन जान्छ यो, र अन्य श्रोता–दर्शकरूपी जनसाधारणबाट अलग्गिन पुग्छ साहित्य ।
साहित्यलाई जनरुचिको विषय बनाई आफ्ना दु:ख, सुखका अभिव्यक्ति अनुभूत गराउने र साहित्यलाई जनतासँग गाँस्ने काममात्र साहित्य गोष्ठीले गर्दैन अपितु गोष्ठीका माध्यमबाट नयाँ प्रतिभा प्रस्फुटन गराउँदछ । कुनै पनि रचनाकारको प्रकाशन जति प्रिय हुन्छ, उतिकै प्रिय गोष्ठीको वाचन पनि हुन्छ । प्रारम्भ प्रकाशनभन्दा वाचनको मौका हुन्छ प्रतिभाहरूका निम्ति । ठूला सर्जकहरू पनि यही बाटोबाट अगाडि बढेका हुन् । अन्त्यमा, छोटकरीमा के भन्न सकिन्छ भने साहित्यको लागि बौद्धिकचेतना भर्ने साहित्य गोष्ठीहरूको साहित्यको उत्थानमा महत्त्वपूर्ण स्थान रहेको छ र निरन्तर साहित्यगोष्ठी गर्ने सङ्घ–संस्थाहरू सदासर्वदा स्तुत्य छन् । अस्तु १