प्रस, वीरगंज, १४ मङ्सिर/
अभियुक्तले प्रतिशोधपूर्ण तरिकाले दिएको बयानको आधारमा प्रहरीले पीडितमाथि नै मुद्दा चलाएको समाचार प्राप्त भएको छ ।
पीडित बैरिया बिर्ता–८ पिपरा गाउँ निवासी ध्रुव साह रहेका छन् । साहलाई प्रहरीले हिजो पक्राउ गरी हातहतियार खरखजाना मुद्दा लगाई कारबाईका लागि जिल्ला प्रशासन कार्यालय पर्साको जिम्मा लगाएको छ।
घटना विवरण अनुसार कात्तिक–८ गते राति अन्दाजी १० बजे सामान्य विवादमा सोही गाउँका विष्णुप्रसाद
साहले ग्क्ब् लेखिएको पेस्तोल देखाउँदै ध्रुव साहलाई धम्काउन खोजेका थिए । स्थानीय गाउँलेहरूले विष्णुप्रसादलाई तत्कालै पक्राउ गरी हतियारसहित सुगौली बिर्ता प्रहरीको जिम्मा लगाएका थिए ।
विष्णु साहलाई पुर्पक्षको लागि कारागार पठाइसकिएको छ । विष्णु साहसँग फेला परेको सिक्सर हतियार ध्रुवसँग किनेको विष्णुको बयानको आधारमा प्रहरीले ध्रुव साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक द्वारिका घिमिरेले बताए । त्यसबारे अनुसन्धार भइरहेको पनि घिमिरेले बताए ।
यता बैरियाका बासिन्दाहरूले भने अभियुक्त विष्णुको बयान प्रतिशोधपूर्ण र पीडक ध्रुव साहलाई फँसाउने किसिमको रहेको बताएका छन् । प्रहरी अनुसन्धानबिना नै अभियुक्तको बयानलाई आधार बनाएर पीडितलाई थुनामा राख्नु र अनुसन्धान चलिरहेको बताउनु रहस्यपूर्ण भएको गाउँलेको गुनासो छ ।