सरकारी निकायप्रति आम मानिसको धारणा फरक किसिमको रहेको छ । सरकारी निकायमा कुनै पनि काम लिएर जाँदा घूस दिनुपर्ने धारणा आम मानिसको बुझाइमा छ । हुन पनि हो, भ्रष्टाचारीलाई कार्यवाही गर्नुपर्नेमा स्वयं भ्रष्टाचारमा संलग्न भई जेलयात्रामा परेकाहरूको लामो लिस्ट जनतासँग छ । माथिल्लो तहदेखि तल्लो तहसम्म भष्टाचार, कमिशनतन्त्रमा लिप्त छ ।
जुनरूपमा जनताप्रति उत्तरदायित्व वहन गर्नुपर्ने हो त्यो हुन सकिरहेको छेैन । मानिस जब लोभ, लालच, अहड्ढारमा लिप्त हुन्छ, तब उसले भ्रष्टाचार गरी सम्पत्ति आर्जन गर्नेतर्फ ध्यान केन्द्रित गर्छ, कमाएको धनबाट आफ्नो जीविकोपार्जन गर्न सक्दैन तब उसले भ्रष्टाचार अँगाल्छ । समय अनुसार आफूलाई परिर्वतन गर्दा वा जाँड–रक्सीको कुलतमा लाग्दा तब उसले भ्रष्टाचारलाई महत्त्व दिन थाल्छ ।
भ्रष्टाचार यस्तो रोग हो, जसले सदीयौंदेखि हाम्रो देशमा जरा गाडेर सर्वव्यापी ढ·ले फैलिएको छ । यसलाई नियन्त्रण गर्न आम मानिस अग्रसर हुनुपर्छ । जबसम्म हामी स्वयं सचेत हुँदैनौं तबसम्म भ्रष्टाचारजस्तो रोगबाट मुक्त हुन सक्दैनौं । समस्या हामीभित्रै छ, हामीहरूले पनि यस्ता कार्यलाई उत्साहित गर्छौं । कुनै पनि काम गर्दा सर्वप्रथम हामी स्वयं कर्मचारीलाई घूस दिन्छौ र नियमविपरीत कार्य पनि गराउँछौ र त्यसको बदलामा मोटो रकम दिन्छौं । सर्वप्रथम हामीमा चेतनाको विकास हुनुपर्छ । समाज सचेत नभएसम्म भ्रष्टाचार कम हुन सक्दैन । हामीले घूस दिने कार्यलाई अपराधको संज्ञा दिई हामीबाट टाढा राख्नुपर्छ र अराजकता फैलाउने व्यक्तिलाई निरुत्साहित गर्नुपर्छ । उसलाई असल नागरिकको पहिचान गराउनुपर्छ ।
भ्रष्टाचार नियन्त्रण गर्न प्रशासनले मुख्य भूमिका निर्वाह गर्नुपर्छ । घूस लिने दिने दुवैलाई दण्डको भागिदार बनाउनु पर्छ । भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नुपर्छ । सर्वप्रथम सरकारी निकायलाई पारदर्शी बनाउनुपर्छ । सम्पूर्ण सरकारी निकायमा सि.सि. क्यामरा जडान गरी त्यसको कन्ट्रोलरूम जिल्ला प्रशासन कार्यालयमा राखिनुपर्छ । यसले गर्दा भ्रष्टाचारलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ तथा कर्मचारीमा पनि कामप्रति लापरवाही र हाजिरी गरेर घर बस्ने परिपाटिको अन्त हुनेछ । प्रशासनले अनुगमन गर्न जानैपर्दैन र जनताले पनि छिटोछरितो कार्यको अनुभूति प्राप्त गर्नेछ । आम मानिसको सोचमा सरकारी निकायप्रति धारणा सकारात्मक हुनेछ । अनि हाम्रो देश भ्रष्टाचारमुक्त भई विकासको लामो साँस फेर्नेछ ।
प्रमोदकुमार पौडेल
श्रीपुर, वीरगंज–१४ उचबmयम)ण्ण्ढढ२थबजयय।अयm