– लेखनाथ भण्डारी
मृत भस्म नबन्दैमा झिल्को भैकन बल्नुछ ।
नेपाली पत्रकारितामा प्रतीक दैनिक एउटा उदाहरण हो– सफलताको । निर्वाध र प्रतिष्ठापूर्ण पच्चीस वर्षको यात्रा तय गर्न सफल मोफसल अर्थात् राजधानी बाहिरको अखबार प्रतीकले उद्घोष गरेको नारा हो– मृत भस्म नबन्दैमा झिल्को भैकन बल्नुछ ।
नेपाली साहित्यका अग्रज व्यक्तित्व बालकृष्ण समको यो उद्धरणको पर्याय हो– प्रतीक ।
नेपाली पत्रकारिताको इतिहासको चर्चा गर्दा शताब्दीऔं अर्थात् स्वर्ण महोत्सव मनाउने अवसर प्राप्त भएको भए पनि राजधानी बाहिर पच्चीस वर्ष निर्वाध, नियमित तथा मौलिक पहिचान कायम गर्न सक्नु चानचुने कुरा होइन ।
सब की खबर लें, सब को खबर दें – एउटा हिन्दी अखबारको टाउकोमा टाँसिएको सन्देश हो । अमेरिकी भूमिमा प्रकाशित सो अखबारबारे थप जानकारी अहिले सम्झनामा छैन । सबको खबर लिएर सबलाई खबर दिनु आफैंमा एउटा चुनौती हो । निडरताका साथ निष्पक्ष यो जिम्मेवारी पूरा गर्ने सतत प्रयासमा प्रतीकको पचीस वर्ष सफल र उदाहरणीय मान्नुपर्छ ।
प्रतीक निर्वाध सफलताको उदाहरण हो भन्दा अरू धेरै पनि हाँस्नु होला, तर सबैभन्दा बढी त जगदीश दाइ अर्थात् प्रतीकका प्रधान सम्पादक नै हाँस्नु होला । किनकि रेस्टुराँमा बसेर रेडिमेड त्यो पनि अर्काको लगानीमा ‘फास्टफूड’ खानेलाई के थाहा किसानले कसरी अन्न भित्र्याउँछ र कसरी हातमुख जोड्छ । तर यस्ता सन्दर्भमा ती व्यवस्थापकीय पक्षलाई तपसिलमा राखेर सोच्ने, बुझ्ने र मूल्याड्ढन गर्ने गरिन्छ । सफलता, सन्तुष्टि र प्रतिष्ठा पनि त्यही हो । र, प्रतीकले आन्तरिक व्यवस्थापनका उकाली ओराली जितेर नै यो यात्रा तय गरेको हो ।
वि.सं. २०४४ को मध्यतिर वीरगंजबाट प्रकाशन प्रारम्भ भएको प्रतीक दैनिक नेपालको मध्य तराई वा मध्यक्षेत्रको लोकप्रिय अखबार हो । यसै वर्ष स्थापनाको रजत महोत्सव वा रजत जयन्ती विशेषाड्ढ प्रकाशित गर्न सफल यो अखबारको रजत अड्ढ यो पङ्क्तिकारलाई यो अमेरिका वासमा पनि हात पर्यो । यसको श्रेय, साँघुको काम गर्नुभएको छ– प्रतीकका स्तम्भकार तथा नेपाली पत्रकारिताका सक्रीय लेखक चन्द्रकिशोर झाले।
प्रतीकको पचीस वर्ष लामो प्रतिष्ठापूर्ण यात्राको प्रमाण लिएर केही महिना पहिले मित्र चन्द्रकिशोरजी यस गोलाद्र्धको यात्रामा आइपुग्नुभएको थियो । नेपालबाट अमेरिका आउने चन्द्रकिशोरजीको खबरलाई मैले गतिलै भरिया फेला पारेको ठानेको थिएँ । नभन्दै उहाँले पनि आफ्नो लगेजको आधाभन्दा बढी नेपाली किताबहरूको एउटा पोको वाशिंगटन डिसीको मध्यक्षेत्र आसपासमा मलाई बुझाउनुभयो । त्यसैभित्रको प्रतीक रजत जयन्ती विशेषाड्ढ एक विशेष आकर्षण थियो । प्रतीकको प्रस्तुत विशेषाड्ढको सम्बन्धमा हामीसँगै जुटेका साथी–स·ीहरूबीच छलफल पनि भयो । छलफलको निष्कर्ष थियो – प्रतीकले अब सबल, सक्षम र संस्थागत यात्रा शुरु गरेको छ ।
सन् २००७ को शुरुतिर प्रतीकका प्रधान सम्पादक जगदीश दाइले पनि यस भूगोलको केही हप्ताको भ्रमण गर्नुभएको थियो । नेपाली पत्रकारहरूको १२ जनाको समूह त्यस बखत अमेरिका भ्रमणमा आएको थियो । हामी अमेरिकावासी नेपाली पत्रकारहरू (नेपाली भूतपूर्व पत्रकार भन्दा बढी सुहाउँछ कि ?) हामीले उहाँहरूको सम्मान, सहभागिता र आतिथ्यमा नेपाल अमेरिका पत्रकार सङघ (नाजा) को प्रथम अधिवेशन पनि गरेका थियौं । त्यो दिन र त्यो समयको कार्यक्रम हामीले अमेरिका भ्रमणमा रहनुभएका नेपाली पत्रकारहरूको सहभागिताका लागि अनुकूल पारेर नै तय गरेका थियौंं । त्यस भ्रमणबारे जगदीश दाइले लेख्नुभएको यात्रा वृत्तान्त अमेरिकामा एक महिना हात परेको छैन ।
जीवन भन्नु यस्तै भनौं वा त्यस्तै अप्रत्याशित वा अनपेक्षित यात्रा पनि हो । जीवन यात्राकै क्रममा म पनि केही समय वीरगंजवासी बन्न पुगेको थिएँ । मेरो पत्रकारिताको प्रारम्भिक दिन भनौं भने पनि हुने वीरगंज वासले नै मलाई नेपाली पत्रकारिताको प्रवाहमा धकेलेको हो । त्यसताका म घण्टाघर छेउको मालिङगो प्रेसको कारिन्दाका रूपमा रहेको थिएँ । त्यस ताका वीरगंजमा मालिङगो,मोर्चा, अचेल, दर्पण र उत्थान साप्ताहिक पहिलेदेखि नै स्थापित अखबारहरू थिए । विजय बिनले एक भोजपुरी साप्ताहिक प्रकाशन गर्नुहुन्थ्यो, जसको नाम अहिले सम्झनामा आएन मलाई । बजारभन्दा ठूलो सङ्ख्यामा अखबार भएको चर्चा चल्ने गरे तापनि त्यसै समय प्रतीकको प्रकाशन प्रारम्भ भएको हो । होहल्ला, भीड र देखावटी तडकभडकभन्दा पर बसेर शान्त, एकान्त विश्व प्रसिद्ध ब·ाली कवि रवीन्द्रनाथ टैगोरको एक्ला चरो र े१ –यदि तोर डाक सुने कोही नआए, तु एक्ला चलो रे ) जस्तै प्रतीत हुने प्रतीक र प्रतीकका प्रधान सम्पादक जगदीशप्रसाद शर्मासँग म वीरगंज वासमा उस्तो निकट पुग्न सकिनँ । यद्यपि औसत नेपाली अखबारमध्ये मेरो आँखामा प्रतीक सधैं मौलिक पहिचान र प्रतिष्ठापूर्ण बनेर छाइरह्यो ।
वीरगंजवासमा उस्तो निकट हुन नसके तापनि जगदीश दाइ नेपाल पत्रकार महासङ्घमा हुँदा वा त्यसपछिको वीरगंज जाँदा आउँदाका दिनमा भने प्रतीक दैनिकसँगको सम्पर्क बढ्दै गयो । प्रतीकमा मेरा केही लेख तथा समाचार पनि प्रकाशित भएका छन् । रजत जयन्ती विशेषाड्ढको पृष्ठ ८२ को २४ नम्बरमा उल्लेख भए अनुसार प्रतीक वर्ष १४ मा नेपाली महिलाहरूको पाठेघर सम्बन्धी समस्या शीर्षकमा मेरो लेख प्रकाशित भएको छ । सम्भवत: योबाहेक अन्य केही लेख पनि प्रकाशित भएको हुनुपर्ने मलाई लाग्छ ।
अनि सबै अड्ढभन्दा विशेष अड्ढ नै विशेषाड्ढ हो । त्यसैले प्रतीकको १२२ + २६ पेजको रजतजयन्ती विशेषाड्ढ पनि विभिन्न दृष्टिले विशेष छ । प्रचलित अखबार साइजको यो नियमित अड्ढभन्दा फरक साइजको अर्थात् पुस्तकाकार छ । प्रतीकले भाषा, साहित्य, संस्कृति र सञ्चार क्षेत्रमा पुर्याएको योगदानबारे त चर्चा हुने नै भयो । यस विशेषाड्ढमा शुरुदेखि हालसम्म प्रतीकमा प्रकाशित लेख, रचनाहरूको तालिका र विवरण दिइएको छ । आकर्षक साजसज्जा, छपाइ, कागजात वा विज्ञापन पनि हुने वा हुनैपर्ने कुरा भए, त्योभन्दा बढी प्रतीक परिवारको सचित्र पूर्ण परिचय पनि समेटिएको यो विशेषाड्ढ दस्तावेजको पनि विशेष दस्तावेजका रूपमा प्रस्तुत छ ।
आज समयले अर्थात् यात्रा क्रमले म ती दिनको वीरगंज वासभन्दा धेरै नै टाढा, सात समुद्र पार यो अमेरिकी भूगोलमा छु । तर प्रतीक भने नजिक–नजिक झन् नजिक हुँदै पछयाइरहेको छ । यस्तो लाग्छ मैले वीरगंज वासमा प्रतीक प्रकाशनलाई मिस गर्नुहुन्नथ्यो तर मिस गरें । रजतजयन्ती विशेषाड्ढ प्रकाशनको लागि प्रतीक प्रकाशन परिवारलाई बधाई, शुभकामना । –वाशिंटन डिसी