गतअङ्कको बाँकी
- शीतल गिरी
कनिष्कले चीनलाई हराएर चिनियाँ राजकुमारहरूलाई ल्यायो र उनीहरूलाई बस्नको लागि कपिशा (कोहदामन) उपत्यकामा डाँउ बनायो, जसलाई शे–लो–क–विहार भन्दछौं । स्वेन–चाङले आफ्नो यात्रामा सातौं शताब्दीको पूर्वार्धमा यो देखेका थिए । गन्धारको प्राचीन देश (पख्तुनिस्तान) पाकिस्तान र स्वतन्त्र कबिलाहरूमा बाँडिएको थियो । फर्गानको उर्वर र समृद्ध उपत्यका मात्र कनिष्कको मातहत नभएर, सिङ क्यानको पूर्वी सीमादेखि पार्थिव (इरानी) सीमासम्मको रेशम मार्ग कनिष्कको हातमा थियो । फर्गान तथा सोग्दको समरकन्द आदि व्यापारिक नगर उसको हातमा थियो । ठूला नदी मात्र हैन, यस्ता नदीहरू पनि उसले प्रयोगमा ल्याएको थियो जसमा वर्षाको दुई तिन महिनामात्र डु·ा चल्न सक्दथ्यो ।
शकहरूलाई पराजित गरेर कनिष्कले शासन गर्न थालेपछि शुरु भएको संवत् नै शक संवत् हो । कनिष्कको सिक्काको अग्रभागमा लामो लवेदा, चुच्चो टोपी, घुँडासम्मको शकीय जुत्ता लगाएको भाला, अंकुश लिएको कनिष्कको मूर्ति अड्ढित छ, जसमा ग्रीक लिपि र भाषामा वेसीलियोस् वेसीलियोन शाओ कनिष्को कुषाणे लेखिएको छ । बिभाषाहरूलाई ताम्रपत्रमा लेखाएर कश्मीरको कुण्डलवनको स्तूपमा कनिष्कले राखेका थिए । कनिष्कको समयमा बौद्ध धर्ममा महायानको कुनै मुख्य स्थान थिएन । कनिष्कको ४१ औं राजवर्षको पनि अभिलेख पाइएको छ, तर यो शायद द्वितीय कनिष्कको हो, जो उत्तराधिकारी वसिष्क र तदनन्तराधिकारी हुविष्कको बीचको केही समय स्वतन्त्र शासक बन्यो । कनिष्कको मूर्तिमा घुँडासम्म तल झुन्डिएको एउटा रुमाल छ, जसमाथि त्योभन्दा पनि लामो लवेदा छ । मूर्तिको खुट्टामा कनिष्कको नाम लेखिएको छ ।
भारतको विभिन्न ठाउँमा फैलिएका शकहरू नेपाल उपत्यकाभित्र प्रवेश गरेनन् भन्न सकिने अवस्था छैन । नेपाल उपत्यकाको इतिहासको शुरुदेखि नै गान्धार र मथुरासम्म सम्बन्ध रहेको कुराको पुष्टि हाँडीगाउँको उत्खननले गरेको छ । ईशापूर्व प्रथम शताब्दीतिर मथुराबाट ल्याइएको रातो चुनढु·ा जो उत्खननबाट प्राप्त भएको छ, त्यसमा कृष्णले दानव अश्वकेसिनलाई मार्न लागेको दृश्य अड्ढित छ । त्यो रातो चुनको तौल ढु·ा शकहरूले नै मथुराबाट यहाँ ल्याइएको हुनुपर्दछ । हाँडीगाउँ सत्यनारायण मन्दिर नजिकै उत्खननबाट पाइएको प्राचीन पोखरीको भग्नावशेषले सो समयमा उपत्यकाभित्र शकहरूको उपस्थिति रहेको पुष्टि गर्दछ । धार्मिक सहिष्णुता र मेलमिलापमा विश्वास गर्ने शकहरूले नेपाल उपत्यकाभित्रको धर्मलाई झन् बलियो र मजबुत बनाएको थाहा हुन्छ ।
नेपाल उपत्यकाभित्र शकहरूले जल सम्पदा संरक्षण र संरचना, धार्मिक सहिष्णुता, गृह निर्माणकला (वास्तुकला), काष्ठकलाको विकास, गुठी व्यवस्थाको विकास आदिमा पनि ठूलो योगदान दिएका थिए । नेपाल उपत्यकाभित्र लिच्छविकालमा निर्माण गरिएका मन्दिरहरूजस्तै पशुपतिको मन्दिर, चाँगुनारायण मन्दिर आदि निर्माणमा पनि शकहरूको ठूलो योगदान रहेको अनुमान गर्न सकिन्छ । लामो लवेदा र सुरुवाल लगाउने चलन पनि उपत्यकाभित्र यिनीहरूले नै ल्याएको हुन सक्ने सम्भावना छ । लिच्छविकाल र मल्लकालमा बीचमा चोक राखी चारैतिर घर बनाउने वास्तुकलाशकहरूबाट ग्रहण गरिएको देखिन्छ । शकहरू उच्च कारीगरीले भरिपूर्ण काष्ठकलाका झ्याल, ढोका र अन्य वास्तुकलाका ढाँचाहरू प्रयोग गर्ने गर्दथे । विभिन्न संस्कृतिसँग स्वतन्त्रताका साथ घुलमिल हुन सक्नु शकहरूको विशेष गुण थियो । विभिन्न स्थानका, जातिका गुणहरू मिश्रित एउटा उच्च कोटीको संस्कृति यिनीहरूले नेपाल उपत्यकाभित्र फैलाए ।
शकहरूको प्रभावमा लिच्छविकालदेखि नै नेपालमा पनि चाँदी र तामाका सिक्का चल्न थालेको देखिन्छ । शकहरूको प्रभावले लिच्छविकालमा संस्कृत भाषा र साहित्यको ठूलो विकास भएको थियो । नेपाल मण्डलभित्र शकहरूको सबैभन्दा ठूलो योगदान लिच्छविकालदेखि चलिआएको गुठी व्यवस्थापन परम्परा हो । प्राचीन शकहरूको गुठी नियम उपत्यकाका नेवा: गुठीहरूमा पछिसम्मै चलेको थियो । शकहरूको विशेषता जुन देशमा गयो त्यहींको संस्कृतिमा घुलमिल भएर बस्ने र त्यसलाई फलाउने, फुलाउने र मलजल गर्ने थियो । काठमाडौं उपत्यकामा संस्कृतिको उत्थान र विकासको जग हाल्ने समुदायहरूमध्ये शकहरू पनि एक हुन् । –चित्लाङ – ६/मकवानपुर
कजष्तब)िनचघज्ञ२थबजयय।अयm