प्रस, वीरगंज, १० कात्तिक/
हिजो राति शड्ढरसरैयाबाट गाँजा बोकी भारत लगिरहेका गाँजा तस्कर तथा नेपाल प्रहरीका जवानहरूबीच झकरा महिसहानीमा दोहोरो भिडन्त भएको छ ।
दोहोरो भिडन्तको क्रममा प्रहरीले ११ राउन्ड गोली चलाएको छ भने तस्करले ४ राउन्ड चलाएको प्रहरी चौकी जानकीटोलले जनाएको छ । प्रहरीले दिएको जनकारी अनुसार सो ठाउँ भएर गाँजा तस्करहरू गइरहेको सूचना पाएपछि प्रहरी लुकीछिपी बसेको बेला भिडन्त भएको थियो । प्रहरीले १७ पोका अन्दाजी ४ क्विन्टल गाँजा बरामद गरेको जनाएको छ ।
३०–३५ जनाको समूहमा रहेका गाँजा तस्करहरूले प्रहरीलाई देख्ने बित्तिकै गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर गरेको समाचारमा जनाइएको छ । तस्करहरू गाँजा फ्याँकी भागेको प्रहरी निरीक्षक मनोहर भट्टले बताए ।
हामीलाई प्राप्त सूचना अनुसार जानकीटोल प्रहरीले आफ्नो इलाकाभन्दा बाहिर गएर गाँजा पक्राउ गरेकोले सो क्षेत्रको इलाका प्रहरी कर्यालय पोखरियाले सहयोग गरेन ।
सो नाकाबाट लामो समयदेखि गाँजा तस्करी भइरहेको पाएर प्रहरी चौकी जानकीटोलले कार्यक्षेत्र बाहिर हस्तक्षेप गरेको जनाइएको छ । इलाका बाहिर गएर प्रहरी चौकी जानकीटोलले हस्तक्षेप गरेको भन्दै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक खेमनारायण चौधरीले कडा आपत्ति जनाएका छन् ।
सो कारबाईको सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प पोखरियाले पनि विरोध गरेको छ । प्रहरी चौकी जानकीटोलले पटकपटक इलाका प्रहरी पोखरियासँग मदद माग्दा पनि गाडी बिग्रेको भन्दै आपत्ती जनाएको एकजना प्रहरी जवानले बताए ।
त्यसैगरी इप्रका पटेर्वा सुगौलीको प्रहरी टोलीले निचुटा–८ मोरटोलमा गाँजा बोकी ल्याइरहेको अवस्थामा तस्करहरूलाई चेतावनी दिंदा तस्करहरू दुई पोका गाँजा फ्याकी भागेका थिए । त्यसै गरी एकजानको घरबाट गाँजा च्याप्ने मेसिन बरामद भएको छ । हरपुर–८ बडेर्वा जाने बाटोमा इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटेको प्रहरी टोली देखेर मोटरसाइकलमा आइरहेको व्यक्ति मोटरसाइकल छाडी भागेको थियो । ना. ५ प. २०७ नं. को उक्त मोटरसाइकलमा अन्दाजी २५ किलो गाँजा फेला परेको थियो ।