- बैद्यनाथ ठाकुर
मानव समाजमा चडपर्वलाई सभ्यता एवं संस्कृतिसँग जोडेर हेरिन्छ । प्रत्येक देश वा जातजातिका आआफ्नै सभ्यता, संस्कृतिहरू संसारभरि छन् । पुरानो पुस्ता र नयाँ पुस्ताबीच संस्कृतिभित्रका विकृतिलाई थाती राख्ने, सुधार गर्ने वा फाल्ने विवाद निरन्तर चल्दै आएको छ । यो विवादमा जहिले पनि ढिलोचाँडो नयाँ पुस्ताको नै विजय हुने गर्छ । पुराना समयको चक्रसँगै इतिहासको पानाभित्र थन्किन पुग्छ जुनकि निर्विकल्प छ । के गर्ने सबै वर्तमानले यस्तै नियति भोग्नै पर्छ ।
नेपाली समाज यतिखेर चरम परिवर्तनको दौरबाट गुज्रिरहेको छ । के राख्ने के नराख्नेबीच ठूलो द्वन्द्व छ । राजतन्त्र समाप्त भइसकेको अवस्थामा पनि एकथरी पुन: फर्किन्छ वा फर्काउन सकिन्छ भन्ने कसरतमा लागेको छ् । संसदीय व्यवस्था, जसले विगत १४ र्वामा नेपाली जनतालाई भोक रोग, गरिबी, बेरोजगारी, भ्रष्टाचार तथा महँगीबाहेक केही दिन सकेन, तथाकथित प्रजातन्त्र र लोकतन्त्रको नाउँमा पुन: संसदीय व्यवस्थालाई नै गणतन्त्रको नयाँ लुगा लगाई जनकधिकारविहीन संविधानको घोषणा गर्न एकथरि संसद्वादी पार्टीहरू टुप्पीदेखिको बल प्रयोग गरी लागिपरेको छ । उही पुरानै अल्पमत र बहुमतको संसदीय खेलमा भ्रष्टाचारका भाइरसहरू पुन: झा·िन थालेका छन् । त्यसैले नेताहरू मुखले सहमतिको कुरा गर्छन् तर व्यवहारले सहमति हुन नसक्ने अडान बोकेर हिंडिरहेका छन् ।
परिवर्तन प्रकृतिको सहज वृत्ति हो । त्यो कोहीबाट रोकेर रोकिंदैन । धेरैजसो अन्धविश्वास र विकृतिको जरा धर्मको फन्दामा रहेको छ । धर्मलाई राजनीतिको शीतल छहारीले मौलाउने अवसर प्रदान गर्दै आएको छ । अत: ठूलो बल प्रयोग नभएसम्म समाजबाट विकृति र विस·तिलाई जुन धर्म र संस्कृतिको रूप धारण गरेर बसेको छ, समाप्त पार्न सकिंदैन । धर्म र संस्कृतिसँग जोडिएको मानिसको सबल पक्षलाई संस्कार भनेर व्याख्या गरिन्छ । मानिसलाई भ्रमित पार्न तथा आफूतिर आकर्षित गर्न प्रत्येक सवालमा संस्कारलाई जोरेर अपव्याख्या गर्ने गरिन्छ । खासगरी नेपाली समाजमा (हिन्दू समाज) ब्राह्मणवादको हालीमुहालीले गर्दा झन् संस्कारको परिभाषा व्याख्या तथा रूपहरू निकै नै गहिराइमा पुगेको देखिन्छ । यिनीहरूले सर्वसाधारणलाई दिमागी गुलाम बनाइसकेका छन् ।
प्राचीन वैदिक साहित्यमा संस्कार शब्दको प्रयोग भएको देखिंदैन । ऋग्वेदमा संस्कारलाई धर्मको रूपमा प्रयोग गरिएको छ । मनुस्मृतिले उच्च जातिका लागि गरिने कर्मकाण्डलाई नै संस्कार भनेको छ । प्राचीन साहित्यमा संस्कार भनेको कर्मकाण्डीय विधिको रूपमा प्रस्तुत गरिएको छ । वास्तवमा कुनै खास धर्म, जाति तथा वर्गको मानव समुदायमा हुने परम्परागत मानसिकता नै संस्कार हो । वास्तवमा संस्कारबाटै मानिसको व्यवहार निर्देशित हुन्छ । यो सदैव मानिसको मन:स्थितिमा रहेको प्रभाव हो । यो सदैव एकै अवस्थामा रहन सक्दैन । तर यसलाई फेर्न हजारौं वर्ष लाग्न सक्छ । संस्कारलाई उन्नत बनाइएको, परिस्कृत गरिएको र उन्नत गरिएको अर्थमा पनि लिने गरिन्छ । त्यसैले यदाकदा तल्लो जातिलाई माथिल्लो जातिमा विकसित गर्नुलाई संस्कारित गरिनु मानिन्छ । हिन्दू परम्परा अनुसार मानिस जन्मँदा शूद्र हुन्छ र उसलाई वैदिक विधिबाट परिस्कृत गरेपछि अथवा संस्कार दिएपछि माथिल्लो वर्गमा समावेश गरिन्छ भन्ने मान्यता छ ।
त्यसैले संस्कार भनेको परिस्कृत वा स्वीकृत मानसिक स्थिति हो । यसबाट नै मासिनको प्रवृत्ति जन्मन्छ । सामन्ती संस्कारले सोही अनुसारको चरित्र निर्माण गर्दछ । यसलाई नै सामन्ती संस्कार भनिन्छ । यस अर्थमा संस्कारले नै मानिसको प्रवृत्तिको विकास गर्दछ तथा यसको राजनीतिमा गम्भीर प्रभाव परेको देखिन्छ ।
हिजोको दिनमा जुन काम राजाहरूले गर्दैथिए आज त्यही काम राष्ट्रपतिले गर्दैछन् । अर्थात् दशैंमा जनसाधारणलाई टीका लगाइदिने, हिजोसम्म गाउँ–घरमा ठूला सामन्त जमिन्दारहरूले वा कुरुवा तथा सर्वसाधारणलाई टीका लगाइदिने काम गर्दथे भने आज राजनीतिक पार्टीका नेताहरूले त्यो उत्तराधिकार वहन गर्दैछन् । राजपरिवार एउटा साधन मात्र थियो । सामन्ती राज्यसत्ताको त्यो ठाउँ आज बुजुर्ग वा संसद्वादी उदारवादीहरूले लिनका लागि अस्वस्थ प्रतिस्पर्धामा लागेका छन् । हिजोको दिनमा पनि राजा महाराजाहरूले जनताको रगत लामखुट्टेले झै चुसेका थिए । आज त्यही काम जनताको छोरोको नाममा नयाँ सामन्त र तिनका ठेकेदारहरू नेताको वेशमा
गरिरहेका छन् । जनतालाई के फरक पार्यो हिजो र आजको अवस्थाले ? यी भ्रष्ट नेताहरू बताउन सक्छन् ?
वास्तवमा अहिले कुनै फरक छैन किनभने न देशमा जनताको संविधान जारी गर्न सकिएको छ, न शासन सत्ताको स्वरूप नै जनधारणा अनुसार निर्माण गर्न सकिएको छ । यस्तो सङ्क्रमण कालमा जनतामाथि शोषण, उत्पीडन बढ्नु स्वाभाविक हो । तर यस्तो सङ्क्रमणकाल बढी समय राख्नुहुँदैन । जति छिटो हुन्छ त्यसलाई समाप्त पार्नुपर्छ । होइन भने परिवर्तनले अर्कै दुर्घटना निम्त्याउन सक्छ । जुन बुर्जुवादी, सुधारवादी, संसद्वादी नेताहरूको कल्पनाको शासनसत्ता हुनेछ ।
आगामी सोमवार, पूर्णिमासम्म जता हेर्यो निधारमा टीका र कानमा जमरा लगाएको जमातको चहलपहलले प्रमुखता पाइरहने छ । ठूलाबडाको आशीर्वादको रूपमा लगाइएको व्याख्या गरिए तापनि वास्तवमा टीकाको औचित्य के ? टीका विजयको प्रतीक हो । कुनै पनि खेलमा विजय प्राप्त गरेपछि प्राय: टीका लगाउने चलन छ । हामी प्रत्येक वर्ष दशहरामा टीका लगाउँछौं । के भो विजयी भएर ? रामायणको काल्पनिक कथामा रावणमाथि रामको विजयको गुणगानमा हामीले टीका लगाउने गरेका छौं भने खोइ हाम्रो देशमा रावण माथि रामको विजय भएको ?
नेपाली समाजमा सबैभन्दा ठूलो रावण भनेकै सामन्ती राजसत्ता हो । सामन्ती संस्कृति र सामन्ती प्रवृत्ति नै सबैभन्दा ठूलो रावण हो । यसैले हाम्रो बुद्धि विकासमा अवरोध मात्रै पुर्याएको छैन बरु सुनौलो भाविष्यको हत्या समेत गर्न विभिन्न षड्यन्त्रमा लागेको छ । जबसम्म सामन्ती राजसत्तालाई ध्वस्त गरिंदैन तबसम्म दशहराको टीका र जमराले सामन्त, फटहा, दलालहरूको आयु लम्ब्याउनेबाहेक अरू यसको कुनै तुक नहुने कुरामा स्पष्ट हुन जरुरी छ । सामन्ती राजसत्ता चाहन्छ देशभसरका मानिस जाँड–रक्सीमा रमाइरहून्, नेताहरू भ्रष्टाचारको दलदलमा भासिइरहून्, जनताभित्र चेतना कहिले नआओस् । युगौंयुगसम्म सामन्त, फटहा, दलालहरू जनताको नाउँमा, प्रजातन्त्र र गणतन्त्रको नाउँमा राष्ट्रिय ढुकुटी लुट्न पाइराखून् । त्यसैले जता गयो बारी, कर्कलाको घारी भनेजस्तै विजयादशमीको टीका र जमराको सामन्ती संस्कार परित्याग गरी जनसंस्कृति निर्माण गर्दै जनसत्ता स्थापनाको कार्यदिशामा बढ्नु जरुरी छ ।