प्रस, वीरगंज, १३ कात्तिक/
नेपाल–भारत सीमासँग जोडिएको छतवा गाविस–६ टोल खेसरियामा आज साँझ ५ बजे ३० वर्षीय युवकको लाश खेतबारीमा फेला परेको छ।
युवकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको र स्थानीय बासिन्दाले लाश धान खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
युवकको हालसम्म सनाख्त भएको छैन। नेपाल भारत सीमासँग जोडिएको उक्त घटनास्थल नेपालभित्र पर्दछ। भारतीय अपराधीहरूले युवकको हत्या भारतमैं गरी लाश नेपाली भूभागमा फालेको हुन सक्ने बारा प्रहरीको अनुमान छ। युवकको दुवै हाथ पछाडि बाँधिएको अवस्थामा आज साँझ ६ बजे बारा प्रहरीले फेला पारी पोस्टमार्टमका लागि कलैया अस्पताल पठाएको छ।
खेतमा गाई–भैसी चराउन गएका व्यक्तिहरूले युवकको लाश देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल शाखाले जनाएको छ। घटनास्थल सीमा क्षेत्रभन्दा ३० मिटरको दूरीमा नेपालभित्र पर्छ। एक प्रहरीले दिएको जानकारी अनुसार धान खेतमा सो युवकको लाश सामान्य तरिकाले फालिएकोले युवकको हत्या अन्यत्र भएको हो। युवकको पहिचान खुलाउन भारतीय प्रहरीसँग सम्पर्क गरिसकेको बताइएको छ ।