आजको युग भौतिकवादबाट प्रेरित छ। प्रतिस्पर्धात्मक जीवनले गर्दा भौतिकवाद बढेको हो वा भौतिकवादले गर्दा जीवन शैली प्रतिस्पर्धात्मक भएको हो, त्यो खुटयाउने जमर्को यहाँ गरिंदैन, तर देखिएको तथ्य के हो भने आजको कठोरतम प्रतिस्पर्धाबाट केही छिनको उन्मुक्ति दिने कुनै सर्वोत्तम साधन छ भने त्यो हो चाडपर्व। हिन्दूहरूका दशैं, तिहार, छठ, होली होस्, मुसलमानहरूको इद, बकरिद होस् अथवा क्रिश्चियनहरूको बडादिन नै किन होस्, मानव जीवनलाई तारन्तारको भागमभागबाट मानसिक र शारीरिक विश्रान्ति दिने एउटा सशक्त माध्यम हो, जसको चाहना मानिसले मन वचन र कर्मले चाहेको हुन्छ। विश्रान्ति प्राप्त गर्नका लागि चाडपर्व नै किन चाहियो, मनोरञ्जनका अन्य साधन पनि त उपलब्ध छन् भन्ने कुरामा विचार पुर्याउँदा अन्य साधन अनिवार्य हुँदैन। मानौं कसैलाई मानसिक विश्रान्तिका लागि मनोरञ्जनको कुनै साधन सुझ्यो, जस्तै–सिनेमा हेर्न जाने, पार्कमा घुम्ने, होटलहरूमा गएर आफूलाई भुलाउने, पिकनिक जाने, भ्रमणमा निस्कने, तीर्थाटन गर्ने। कार्यक्रम पनि बनाइयो तर कुनै अपरिहार्य कारण आइपर्यो भने ती सबै कार्यक्रमलाई पन्छाउन सकिन्छ। तर चाडपर्वलाई पन्छाउन सकिन्न।
मनोरञ्जनका अन्य कुनै पनि साधनले समाजलाई त्यति उपलब्धि दिन सक्दैन वा सकेको छैन जति चाडपर्वहरूले। चाडपर्वले समाजमा कार्य विभाजन र धन वितरणको प्रणालीलाई स्वस्फूर्त राख्न मदत गर्छ। चाडपर्वमा नयाँ लुगा लगाइन्छ, त्यसका लागि कपडा खरिद गर्नुपर्यो, व्यापारीको रोजगार चल्यो, कपडा सिलाउनुपर्यो, दर्जीको रोजगार चल्यो। चाडपर्वमा मानिस नयाँ–नयाँ भोजनको स्वाद लिन्छन्, त्यसबाट तत्तत् वस्तुको व्यापार वा उत्पादन गर्ने व्यक्तिको रोजगार चल्छ। मनोरञ्जनका अन्य साधन प्रयोग गर्दा पनि धनको वितरण हुन्छ तर सीमित मात्रामा। त्यसैले प्राय: हिन्दूहरूको चाडपर्वको समयायोजन यस प्रकारले गरिएको छ कि मानिसमा स्वत: उत्प्रेरणा जाग्रत होस्। कात्तिके धान बाली भित्र्याएपछि शरीर र मन थकित हुन्छ। वर्षात्को रूझाइले शरीर शिथिल र आलसी बन्छ। त्यसपछिको मौसम परिवर्तनले मन स्वत: उल्लसित हुन पुग्दछ। र यही बेला दशैंको साइत पर्छ। यो अलग कुरा हो, दशैं हिजो कृषिलाई ध्यानमा राखेर आयोजन गरिएको थियो। आज कृषिकर्ममा थोरै मानिस लागेका छन् तर मौसममा आउने उल्लासमय परिवर्तन त यथावत नै हुन्छ।
भौतिकवादले अझ विश्रान्ति र मनोरञ्जन खोज्दछ। पुरातन परम्परा भनेर त्यसैले चाडपर्वको अवहेलना गरिहाल्नुहुँदैन। हो परम्परादेखि चल्दै आएको रीतिरिवाजलाई समयको माग र आग्रह अनुसार समायोजन गर्न सक्नु चाहिं बुद्धिमानी हो। आज समाजमा एकथरी मानिस निकै समृद्ध छ भने अर्कोथरी विपन्न। सम्पन्नले खुशी मनाउने र विपन्नले उपेक्षित बस्ने अवस्था हुनुहुँदैन। यस अर्थमा मुसलमानहरूले अपनाएको रिवाजलाई साधुवाद दिनुपर्छ। ईदको बेला हुनेखानेले ‘जकात’ भनेर आफ्नो कमाइको केही अंश गरिबगुरुबामा बाँड्नुपर्ने बाध्यात्मक धार्मिक परम्परा छ। त्यसैगरी हिन्दू वा अन्य धर्मावलम्बीले पनि गरीब र विपन्नहरूले चाड मनाउँदा लघुताभास नहोस् भनेर ज्यादा तडकभडक नगरी सामान्यरूपले सामूहिकरूपमा चाडपर्व मनाउनुपर्छ। यसो गर्दा परम्परागत चाडपर्वको महत्ता त कायम रहन्छ नै, कसैले यो सामन्ती व्यवस्थाको द्योतक हो भन्ने आरोप पनि लगाउन पाउँदैन।