यसै त नेपाली जनता गरीब छ, त्यसमाथि शिक्षाको कमीले गर्दा अज्ञानता पनि त्यतिकै छ । यस अवस्थामा केही जानेबुझेकाहरूका लागि नेपाली जनतालाई मूर्ख बनाएर, सस्तोको लोभ देखाएर ठगी गर्नु सजिलो भएको छ । ठगी गरे तापनि सार्है नोक्सानी नहुने क्षेत्र छ भने सहन गर्न सकिएला तर स्वास्थ्य, त्यो मानिसको होस् वा पशुको अति नै संवेदनशील क्षेत्र भएको हुँदा स्वास्थ्यसँग खेलवाड गर्नु कुनै पनि अवस्थामा सहय मान्न सकिंदैन । मानिसको त कुरै छाडौं, गरीब जनताले आजीविकाका लागि प्रत्यक्ष अथवा प्रच्छन्नरूपमा पालेको पशुधनको पनि गलत औषधिका कारण क्षति हुनु वा औषधिको नाममा नक्कली अथवा म्याद गुज्रेका औषधिहरूको प्रयोग हुनुलाई कदाचित क्षम्य मान्न सकिंदैन । तर यस्ता म्याद गुज्रेका औषधिहरू पनि मुलुकमा भित्र्याइँदै छ । हाम्रो शहर बजारमा म्याद गुज्रेका यस्ता औषधिहरू मात्र होइन, खाद्य पदार्थलगायत अन्य दैनिक उपभोगका वस्तुहरूसमेत, उपभोक्ताको चनाखोपनको अभावका कारण म्याद गुज्रेका बेच्ने गरिन्छ वा नयाँ म्यादको ठप्पा लगाएर बिक्री गर्ने गरिएको पाइएको छ ।
यस्तो निकृष्ट काम गरेबापत केही व्यक्तिलाई, मिलोमतोमा रहेका सरकारी कर्मचारीहरूलाई केही आर्थिक लाभ होला तर एउटै समाजको एउटा व्यक्तिसँग ठगी गर्ने, एउटाको स्वास्थ्य तथा आजीविकासँग खेलवाड गर्ने कार्य हुन्छ भने कसरी त्यस समाज अथवा मुलुकको भलो हुन सक्छ ? मानिसले सोच्दछ, हानि त अरूलाई भयो, मैले फाइदा नै कमाएँ । तर यो सोच प्रकारान्तरले उसकै लागि पनि दु:खदायी ठहर्छ । एकथरी मानिस त्यति टाढासम्म सोच्दैन । अर्कोथरी चाहिं अज्ञानताको कारण धेरै टाढासम्म सोच्न सक्दैन । भर्खरै वीरगंज भंसारले भारतीय रुपियाँ ५० हजार पर्ने म्याद गुज्रेको भेटेनरी औषधि नेपाली रु. १० हजार मूल्या·न गरी आयात अनुमति दिएको छ । म्याद गुज्रेको औषधिको अर्थ हुन्छ त्यस औषधिले रोग निको पार्न सक्दैन । कारोबारीले थोरै दाम तिरेर सो औषधि भित्र्याउँछ, केही रकम भंसार कर्मचारीलाई ख्वाएर पास गराउँछ र त्यसमा नयाँ मितिको ठप्पा लगाई बजारमा उपभोक्तालाई बिक्री गर्छ । यसबाट भंसार कर्मचारी र कारोबारीलाई मात्र लाभ हुन्छ । तर जसले औषधि प्रयोग गरेको छ उसको क्षति त हुने नै भयो, सरकारलाई पनि राजस्व घाटा बेहोर्नुपर्छ ।
कुरा पशुका लागि भित्र्याइने औषधिको मात्र होइन, मानिसका लागि प्रयोग हुने औषधि पनि हामीकहाँ नक्कली र म्याद गुज्रेका आउँछन् । यो काम कारोबारीले मात्र गर्दैन, सरकारी कर्मचारीहरूले पनि गर्दछन्,मात्र केही दाम पाउनका लागि । जनस्वास्थ्य कार्यालयले औषधि खरिद गर्दा जहिले पनि म्याद गुज्रन लागेकै औषधि खरिद गर्दछ, किन ? म्याद गुज्रन लागेका औषधिहरू बढी परिमाणमा खरिद गर्दा औषधि व्यवसायीलाई फाइदा हुन्छ । फाल्नुपर्ने औषधि उसले बेच्न पाउँछ र त्यसबाट हुने नाफा केही जनस्वास्थयका कर्मचारीहरूलाई बाँड्छ । कम दामको औषधि म्याद गुज्रेपछि फालिन्छ । अनि स्टक खाली रहेको देखाई पुन: त्यही कारोबार गरेर फेरिफेरि कमिशन खाने प्रयास गरिन्छ । म्याद गुज्रेको औषधि फालिने भए तापनि सेवाग्राहीलाई भनेको बेला औषधि पाइँदैन, यसले राष्ट्रिय धनको क्षति हुन्छ, केही व्यक्तिका भलोका लागि । यो अति स्वार्थी खेल चलुन्जेल देशमा स्वास्थ्य समस्या त रहन्छ नै, राष्ट्र कहिले पनि धनी बन्न सक्दैन र जनताले हमेशा अभावमैं जीवन गुजार्नुपर्छ ।