अनन्तकुमार लाल दास |
वास्तवमा भन्ने हो भने सुन्ने कला अरूको विश्वास जित्ने कला पनि हो। यदि तपाईं कसैको कुरा ध्यानपूर्वक सुन्नुहुन्छ भने उसलाई के लाग्दछ, तपाईं उसको कुराप्रति गम्भीर हुनुहुन्छ र जुन बेला तपाईं बोल्नुहुन्छ उसले पनि तपाईंको कुरा गम्भीरतापूर्वक सुन्छ। यसबाट अतिरिक्त फाइदा के हुन्छ भने उसको विश्वास हासिल गरेको हुनाले तपाईंका धेरै कुराप्रति ऊ सजिलै सहमत हुन्छ र कुनै कुराप्रति असहमत हुँदा पनि खुलेर विरोध गर्दैन।
मेरो अनुभव के रहेको छ भने कसैकसैले धेरै बोल्ने तर कम सुन्ने गर्छन् । यसको मनोवैज्ञानिक कारण के हो भने जुन बेला हामी बोल्छौं हाम्रो मनोभावना (इगो) सन्तुष्ट हुन्छ। जति धेरै सुन्ने मानिस हुन्छन् हामी त्यतिकै सन्तुष्ट हुन्छौं। बोल्ने अवसर त्यसले पाउँछ जो योग्य हुन्छ, कुनै पदमा आसीन हन्छ। जस्तै कक्षा कोठामा तपाईं बोल्नुहुन्न, शिक्षकहरू बोल्छन्। यसबाट के स्पष्ट हुन्छ भने यसले कहीं न कहीं हाम्रो पद, अधिकार र योग्यताको अनुभूति गराउँछ ।
सुन्नुको अर्थ हो–समर्पण। सुन्ने मानिस बोल्ने मानिसको तुलनामा तल हुन्छ। बोल्ने मानिस सुन्ने मानिसभन्दा योग्य र माथि छ भन्ने अनुभूतिले कहिलेकाहीं हामीभित्र हीनताबोध पनि उत्पन्न गर्छ र हामीलाई उसले सिकाइ रहेको जस्तो लाग्छ। यही कारण हो सुनेपछि जुन बेला कसैले बोल्ने मौका पाउँछ, समयसीमा पार गरेको थाहा नै हुँदैन वा बीचमैं कसैलाई बोल्न रोकेर बोल्न थाल्छ।
अब प्रश्न के उठ्छ भने यसो गर्दा के हुन्छ ? मानौंं तपाईं कक्षाकोठामा हुनुहुन्छ, शिक्षक पढाइरहेका छन् तर तपाईं ध्यानपूर्वक सुनिरहनुभएको छैन। यदि राम्ररी सुन्नुहुँदैन भने पढाइ रहेका कुराहरू बुझ्नु पनि हुँदैन। यदि बुझ्नुहुन्न भने परीक्षामा केही लेख्न सक्नुहुन्न। यदि यही बानी नोकरीका लागि अन्तर्वार्ता दिंदा दोहोरियो भने सोधिएका कुरा बुझ्न गार्हो हुन्छ। यस परिस्थितिमा कसरी सोधिएका प्रश्नहरूको सही जवाफ दिनुहुन्छ ? यस्तै सङकट त्यस बेला पनि उत्पन्न हुन्छ जुन बेला हाकिमले एउटा कुरा र तपाईंले अर्कै कुरा गर्नुहुन्छ। वास्तवमा हाकिम र कर्मचारीबीच हुने विवादको जरो नै यही हो। तपाईं हाकिम वा कर्मचारी जे भए तापनि सुन्ने र बुझ्ने कला नजानेको कारण जुनसुकै बेला अप्ठेरो पर्ने हुँदा बोल्ने र सुन्ने कलामा दक्ष हुनु नितान्त आवश्यक छ।
धार्मिक ग्रन्थहरूको अध्ययन गर्दा एउटा कुरा के देखिन्छ भने कुनै पात्रले आफ्नो कुरा सुनाउँदा पटक–पटक ‘ध्यान दिएर सुन्नुहोला’ भन्ने गर्छ। मेरो दृष्टिमा यो यसै भनिएको होइन। मेरो लामो अनुभवमा मैले के पाएको छु भने विद्यार्थीहरूलाई पढाउँदा उनीहरूको कान र आँखा दुवै मेरो तर्फ हुन्छ तर ध्यान पटक–पटक भङग हुन्छ। यदि ध्यान कतै अर्कै ठाउँमा छ भने मैले भनिरहको कुरा तपाईं निश्चितरूपले सुनिराख्नुभएको छैन । यस कारण पढाउँदा वा कसैलाई कुनै कुरो सुनाउँदा ‘ध्यान दिएर सुन्नुहोला’ भनेर श्रोताको ध्यान आकर्षित गरिन्छ । पटक–पटक यसो भनिरहँदा ध्यान दिएर सुन्ने कलाको विकास हुन्छ।
ध्यानले सुन्नुको अर्थ आफ्नो विचारमाथि नियन्त्रण गर्नु पनि हो। अर्थात् सुन्ने बेला अन्य कुनै विचार मस्तिष्कमा उत्पन्न नहोस् भन्ने कोशिश गर्नुपर्छ। यसो गर्न एकदमै सजिलो छैन तर कठिन पनि छैन। आफूले रुचाएको गीत सुनिराखेको बेला के तपाईंको मनमा अन्य विचार उत्पन्न हुन्छ ? ठीक यही प्रश्न आफूले मन पराएको हीरोको फिल्म हेर्दा वा साथीहरूसँग कुरा गर्दा उत्पन्न हुन्छ ? तपाईंको जवाफ हुन्छ ‘हुँदैन’। यसको अर्थ के हुन्छ भने जुन बेला तपाईं वर्तमानमा डुबुल्की लगाउनुहुन्छ त्यस बेला अन्य कुनै विचार मस्तिष्कमा प्रवेश गर्दैन । भन्नुको तात्पर्य के हो भने कुनै कुरा डुबेर अर्थात् पूर्ण ध्यान लगाएर सुन्नुपर्छ ।
यहाँनिर एउटा प्रश्न के उठ्न सक्छ भने यदि रुचाएका कुरो सुन्न पाइएन भने के गर्ने ? हिन्दी फिल्म ‘थ्री इडियट्स’ले दिएको सन्देश के हो भने ‘त्यही गर जे तिमीलाई राम्रो लाग्छ’। यसो गर्नु फिल्ममा नै सही हुन्छ किनभने जीवनमा यसो गर्दा अधिकांशलाई फाइदा भएको मैले भेटेको छैन। यस दर्शनलाई ‘जे पाउँछौ त्यसलाई नै आफ्नो रुचिमा परिवर्तित गर’ भनी स्वीकार गर्नु समयानुकूल हुने मेरो विश्वास रहेको छ, किनभने हनुमानलाई जुन काम दिइयो त्यसलाई उनको मनले खाएको हुँदा उनी हनुमानबाट भगवान् बने। तपाईं पनि यसो गर्न सक्नुहुन्छ।
मानिसहरूलाई प्राय: के भ्रम हुन्छ भने सुन्ने काम त कानले गर्छ। यस कारण कसैको कुरा सुनिराख्दा पत्र लेख्ने काम, पढ्ने काम वा अन्य कुनै काम पनि गरियो भने यसमा केही गलत छैन किनभने लेख्ने काम हातले गर्छ, पढ्ने काम आँखाले गर्छ र अन्य कुनै काम अन्य कुनै अङगले गर्छ। धेरैले यसो गरिरहेको पनि मैले भेटेको छु। सुन्ने कार्य मात्र कानले गर्छ भन्ने भ्रम पाल्नु सही होइन। कान ध्वनिलाई मस्तिष्क सम्म पुर्याउने एउटा यन्त्र मात्र हो। त्यसलाई अर्थ दिने काम मस्तिष्कले गर्छ । यदि मस्तिष्क कहीं अर्कै ठाउँमा हुन्छ भने सुनेको कुरा र बजारमा हुने हल्लाबीच केही फरक हुँदैन। यस कारण सुन्ने बेला अर्थोक केही गर्नुहुन्न किनभने सुनेको कुरा बुझिएन भने सुन्नु सार्थक हुँदैन।
यस कारण यदि तपाईं संवाद कलामा जीत हासिल गरेर आफ्नो व्यक्तित्व तिखार्न चाहनुहुन्छ भने बोल्ने र सुन्ने काममा माहिर बन्नुपर्छ। यसका लागि के सोच्नुपर्ने हुन्छ भने जे कुरा मलाई भन्न खोजिएको हो त्यो भन्ने मानिसको लागि धेरै महत्त्व राख्दछ। बोल्ने मानिसको कुरा नसुन्दा एकातिर उसको उत्साहमा कमी आउँछ भने अर्कोतिर तपाईंले उसको विश्वास गुमाउनुहुन्छ। के यसो गर्नु संवाद कलाको दृष्टिले सही हुन्छ र ? ध्यान दिएर कसैको कुरा सुन्ने बानीले एउटा अप्रत्यक्ष फाइदा के हुन्छ भने तपाईंको विचार र शारीरिक भाषाबीच एक प्रकारको सन्तुलन कायम हुन्छ र यी दुवै कुरा बेग्लाबेग्लै सिक्ने आवश्यकता रहँदैन।
संवादकलामा कुशल हुनका लागि ध्यान दिनुपर्ने कुरो के हो भने कुरा गर्दा विषयवस्तु बाहिर जानुहुँदैन। धेरै बोल्नु अज्ञानताको प्रमाण भएको हुनाले धेरै बोल्नुहुँदैन। कुन ठाउँमा के बोल्नु छ त्यसबारे तपाईं स्पष्ट हुनुपर्छ। कसैले बोलिरहेको बेला आफ्नो कुरा बीचमैं नराख्नुहोस्। बेस्सरी बोल्दा तपाईंले बोलिरहेको गलत कुरो साँचो वा प्रभावशाली नहुने हुँदा कारण विस्तारै आफ्नो कुरा राख्ने प्रयास गर्नुपर्छ। बोल्ने गतिमाथि नियन्त्रण राख्न पनि त्यतिकै आवश्यक हुन्छ । कुनै शब्दको उच्चारण सही ढङगले गर्न नसक्ने अवस्थामा त्यस्ता शब्दहरू बोल्ने अभ्यास गर्नुपर्छ। बोल्दा तपाईंको अनुहार हँसिलो हुनुपर्छ। कसैलाई लाञ्छना लगाउने खालका शब्दहरूको प्रयोग गर्नुहुँदैन। बोल्दा सम्मानजनक सम्बोधन गर्नुपर्छ। यसकारण ‘तिमी’को सट्टा ‘तपाईं’को प्रयोग गर्नु उपयुक्त हुन्छ। कसैसँग संवाद गर्दा कसैका लागि व्यङ्ग्यात्मक शब्द प्रयोग गर्नुहुँदैन।
‘गान विथ द विन्ड’ फिल्मकी नायिकाले बीस वर्षपछि पुन: त्यही फिल्मका क्यामराम्यानसँग काम गर्ने अवसर पाउँदा उनलाई ‘गान विथ द विन्ड’ की नायिकाजस्तै चहकिलो अनुहार भएकी देखाउन आग्रह गरिन्। क्यामराम्यानले भन्यो–“मैडम, म कोशिश गर्छु, तर म स्वयं बीस वर्ष बूढो भइसकेको छु।” यसबाट के थाहा पाइन्छ भने संवाद कला एउटा व्यावहारिक क्षेत्र हो। यस क्षेत्रमा निपुणता हासिल गर्न मैदानमा ओर्लेर बैटिङ गर्न आवश्यक छ। मात्र सिद्धान्त पढेर केही हुँदैन। यदि तपाईं यसप्रति गम्भीर हुनुहुन्छ भने यसको प्रयोग व्यावहारिक जीवनमा गर्नुपर्छ अनि मात्र तपाईं संवादकलामा निपुणता हासिल गर्न सक्नुहुन्छ र तपाईंको व्यक्तित्व प्रभावशाली बन्छ।