प्रस, वीरगंज, १२ कात्तिक/
उपचार तथा पुनर्वास सेवा केन्द्रले सेवाको नाममा चरम यातना दिएको तथ्य प्रकाशमा आएको छ।
काभ्रे, पाँचखालमा रहेको लाइफ भिएस एडिक्सन उपचार तथा पुनर्वास सेवा केन्द्रले यो घटना पुष्ट्याएको छ। वीरगंज–१४ श्रीपुर निवासी रमेशमेहर श्रेष्ठका १९ वर्षीय छोरा रोशनमेहर श्रेष्ठलाई उपचार गर्ने बहानामा चरम यातना दिएको समाचार स्रोतले जनाएको छ। श्रेष्ठ सुस्तमनस्थितिका व्यक्ति हुन् । उनी सबै कुरा सुन्ने तर बोल्न नसक्ने छन् र उनको उपचार हुन सक्छ भनी दाबी गर्दै सेवा केन्द्रका प्रशासनिक अधिकृत तेजशम्शेर जबराले श्रेष्ठलाई उपचारको लागि कात्तिक ५ गते आइतवार अभिभावकसँग ३ महिनाको उपचार खर्च रु. ४५ हजारमध्ये २० हजारसहित आफैं लिएर गएका थिए।
सेवा केन्द्रमा लगी उपचारको नाउँमा ती युवकलाई मरणासन्न हुने गरी चरम यातना दिएको श्रेष्ठकी ठूलीआमा भानुदेवी श्रेष्ठले बताइन्।
एक साता पहिले जबरा आफैं आई रोशन मेहरको मृत्यु भएको सुनाउँदा आमा शोकाकुल भएको भानुदेवीले बताइन्। छोरालाई लिन जाँदा रोशन जीवितै रहेको तर उनको पूरै शरीरमा नीलडाम तथा घाउचोटहरू लागेको देखेर उनलाई सो केन्द्रले यातना दिएको भानुदेवीले यस दैनिकलाई बताएकी छन् ।
श्रेष्ठलाई उपचारार्थ लगी चरम यातना दिएको सम्बन्धमा सेवा केन्द्रका निर्देशक रवीन लामासँग फोन सम्पर्क गर्दा युवकलाई सेवा केन्द्रका कर्मचारीहरूले एक चड्कन पनि नहिर्काएको बताउँदै आफैं लडेर घाइते भएको बताए।
मृत्यु भएको घटनाबारे जानकारी लिंदा सेवा केन्द्रमा वीरगंजबाट गएका प्रकाश उप्रेतीको मृत्यु भएको र सोको तथ्य जानकारी जबरालाई नभएको भन्दै श्रेष्ठको परिवारलाई दु:खद घटना सुनाएकोमा लामाले क्षमायाचना गरेका छन्। सेवा केन्द्रले विगत समयमा दुव्र्यसनी, जँड्याहा, सुस्तमनस्थितिहरूलाई उपचारसहित पुनस्र्थापनको व्यवस्था समेत गर्ने गरेको उनले बताए।