– विजय अधिकारी
आजको युगलाई रसायनशास्त्रको युग पनि भनिन्छ । किनभने प्रतिवर्ष लगभग २ हजारदेखि ३ हजारसम्म नयाँ नयाँ रसायनहरू बन्दै आइरहेको छ । दोस्रो विश्वयुद्धपछि त लगभग ८० हजार नयाँ रसायन बजारमा आइसकेको छ । विश्वमा रसायनहरूको खपत सन् १९३० मा मात्र दश लाख टन थियो । अहिले ४० करोड टनभन्दा बढेर गएको छ ।
आखिर यी रसायनहरू कहाँबाट आउँछन् त ?
क) उत्पादन ९एचयमगअत० हरूबाट हाम्रो तमाम उत्पादनहरूको निर्माणमा रसायनहरूको उपयोग हुन्छ । यो रसायनले उत्पादनका केही गुणहरूलाई बढाइ दिन्छ । दोस्रो प्रतिद्वन्द्वी कम्पनीहरू त्यससँग टक्कर गर्दै उत्पादन बढाउन जुट्दछ । सस्तो उत्पादन बढाउने होडले गर्दा यस्ता रसायनहरूको उपयोग बढ्न जान्छ, जसको फलस्वरूप यस्ता रसायन उत्पन्न हुन्छन्, जो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने गर्दछ ।
प्रदूषणको रूपमा :
विभिन्न उत्पादन प्रक्रियाहरूमा प्रदूषकको रूपमा रसायन उत्सर्जित हुन्छ जो हावा, पानी वा जमीनमा मिल्न जान्छ । आज विभिन्न देशहरूमा हजारौं टन यस्ता रसायन लगातार बढ्दै छन् । यसमध्ये धेरैजसोबाट प्रदूषण पदार्थ बढ्दै गइरहेको पाइन्छ ।
प्राणीहरूमा पर्ने प्रभाव :
उपरोक्त खतरनाक रसायन प्राणीहरूको शरीरमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रवेश गर्दछ । यसकारण प्राणीहरू विशेषगरी मानिसहरूमा असर पर्दछ । यसरी असर पर्ने कुरा निम्न विषयवस्तुमा निर्भर गर्दछ ।
१) कति मात्रामा प्रवेश गर्यो
२) कति अवधिमा प्रवेश गर्यो ।
३) कुन समयमा प्रवेश गर्यो ।
(बाल्यअवस्था, यौवन, गर्भावस्था)
कुनै रसायन सीधैं हावा या पानीको माध्यमबाट शरीरमा प्रवेश गर्दछ जबकि केही खाद्य सामग्रीहरू जस्तो फलहरू, सब्जीहरू, माछा, मासुको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । एक सीमापश्चात् यसको मात्रा पहिले खतरनाक र फेरि प्राणघातक हुनजान्छ ।
अपा·पनको जन्म:
केही रसायन जो विषालु मानिंदैनन्, तिनीहरूमध्ये ३–५ प्रतिशत रसायनले तन्त्रिका यन्त्रलाई क्षति पुर्याउँदछ । सन् १९९७ मा अमेरिकामा गरिएको एक अध्ययनअनुसार उद्योगहरूमा सर्वाधिक प्रयोग हुने २० रसायनहरूमध्ये १५ रसायनले मानिसहरूको स्नायु प्रणालीलाई क्षति पुर्याउँदछ । आधुनिक अनुसन्धानहरूबाट यो पनि ज्ञात भएको छ कि वातावरणमा विद्यमान पोषक तत्त्व वा विषालु तत्त्वले मानिसको जीन संरचनालाई प्रभावित पार्दछ । यसमा हार्मोनले प्रमुख भूमिका निभाउँदछ ।
प्राणीहरूमा गरिएको अध्ययनबाट के पुष्टि भएको छ भने प्रदूषक रसायनहरूबाट प्राणीहरूमा क्रोमोजोम सम्बन्धी विकृतिहरू उत्पन्न हुन्छन् । केटाकेटीहरूले खेल्ने प्लास्टिकले बनेको खेलौना र दूधका बोतलहरूको असर पनि देखिएको छ । यसबाट प्राणीहरूको विकासमा बाधा पुग्न जान्छ र शरीरको प्रतिरक्षा प्रणाली क्षतिग्रस्त हुन जान्छ । यसरी कोषिकाहरू क्षतिग्रस्त हुनजान्छ । यदि रसायनको उच्च मात्रा शरीरमा प्रवेश गर्यो भने परिणाम घातक हुने गर्दछ ।
गर्भावस्थामा सर्वाधिक प्रभाव :
गर्भावस्था अनेक दृष्टिले सर्वाधिक नाजुक अवस्था हो । यो अवस्थामा रसायनहरूको अल्प मात्रा पनि आमा वा उसको गर्भमा रहेको शिशुको लागि खतरनाक हुन्छ । मस्तिष्क नियमतिरूपमा चल्ने प्रक्रियामा रसायनहरूको असरले यो परिपथ बनिने प्रक्रिया अवरुद्ध हुनजान्छ । यस्ता हानिकारक रसायनहरूले अनुवांशिक असर पनि पार्न सक्छ र मस्तिष्कको विकासमा अवरोध हुनजान्छ ।
मस्तिष्कको विकासमा अवरोध पुर्याउने अन्य कारणहरूमध्ये निम्न प्रमुख छन् :
क) घातक रसायन ।
ख) प्रभावशाली औषधिहरू ।
ग) रक्सी वा नशालु पदार्थहरूको सेवन ।
यी सबैले मानिसको जीनमा स्थायी परिवर्तन ल्याइ दिन्छ । यसबाट गर्भमा रहेको शिशुको आंशिक वा पूर्णरूपले हुने विकासमा अवरोध उत्पन्न हुन्छ र कमजोर स्मरण शक्ति भएको बच्चाको जन्म हुन्छ । बदलिंदो जीवनशैली, महिलाहरूमा नशालु पदार्थको बढ्दो सेवनका कारणले भावी बच्चाबच्चीहरू मन्दबुद्धि तथा सेरीब्रल पल्सीको शिकार हुन्छन् । एक अध्ययनअनुसार ८ प्रतिशत गर्भवती महिलाहरूमा रगतमा पारोको अत्याधिक मात्रा पाइएको छ जुन हानिकारक हो । यसबाट अपा· बच्चा जन्मने खतरा रहन्छ । हाम्रो घरहरूमा यस्ता पदार्थहरूको उपयोग बढ्दैछ । जसमा खतरनाक रसायन वा अन्य पदार्थ प्रचुर मात्रामा पाइन्छ ।
यी हुन् :
क) सफाइ गर्ने उत्पादनहरू ।
ख) विभिन्न प्रकारका पेन्टहरू ।
ग) अनेक प्रकारका वाशिङहरू ।
घ) कीटनाशक पदार्थहरू ।
ङ) घोलक ।
च) प्लास्टिकका सामानहरू ।
छ) यस्तो फर्निचर जसको सफाइमा रसायनहरूको उपयोग हुन्छ ।
ज) इलेक्ट्रोनिक प्रोडक्टहरू ।
हाम्रो देशमा वातावरणसम्बन्धी नियम कानुन अत्यन्त कमजोर छ । त्यसकारण हानिकारक पदार्थहरूको उपयोग सम्बन्धमा निश्चित नियम बनाउनुपर्दछ । हाम्रो घरमा विभिन्न प्रकारका धातु एवं पदार्थहरूको उपयोग भइरहेको छ । तीमध्ये केहीको वर्णन निम्नबमोजिम छ ।
१) लेड : लेड त्यो गह्रौं धातु हो, जसले मानव शरीरको तन्त्रिका प्रणाली
९ल्भचखयगक क्थकतझ० मा गहिरो असर पार्दछ । सेरीब्रल पल्सी वा मन्द बुद्धिपना यसको प्रमुख कारण हो । यदि रगतमा यसको मात्रा १० माइक्रोग्राम प्रति डेसीलिटर हुन्छ भने बच्चाको बृद्धिमता (आईक्यू) धेरै घट्न जान्छ । साथमा अन्य स्वास्थ्यसम्बन्धी समस्याहरू उत्पन्न हुन्छन् । घरहरूमा प्रयोग गरिने पेन्टमा यसको मात्रा ज्यादा हुन्छ । अनेकौं प्रकारका प्लास्टिक ब्यागहरूमा यो उपलब्ध हुन्छ । बच्चाहरूको खेलौना, पेन्सिलहरू, क्रेयनहरू तथा चकहरू आदिमा पनि यसको केही मात्रा उपस्थित हुन्छ । आयातित वस्तुहरूमा यसको जाँच अवश्य गर्नुपर्दछ । सामान्य किसिमका परिवारहरूमा सस्तो चीजहरू किन्ने धुनमा यो तथ्यतर्फ ध्यान दिइँदैन ।
२. पलाम रिटार्डेन्ट (आगो रोक्ने सामग्री) :
आगो मानिसका लागि एक अति उपयोगी हो तर यसले विनाशकारी रूप पनि धारणा गर्न सक्छ । उदाहरणका लागि रेलको कम्पार्टमेन्टहरूमा यस्ता सामग्रीको उपयोग हुन्छ, जसलाई सजिलै आगोले छुन सक्दैन । घरहरूमा पनि आगलागीबाट बच्न, फर्निचरहरू, इलेक्ट्रोनिक सामानहरूमा यस्तो सामग्रीहरूको उपयोग हुन लागेको छ । यसबाट आगो लाग्ने खतरा कम हुन्छ । तर यो सामग्री अर्थात् पोलीब्रोमीनेटेड डाइफिनाइल ईथर एक डरलाग्दो प्रदूषक पनि हो । प्राणीहरूमा गरिएको अनुसन्धानहरूबाट यो पत्ता लागेको छ कि शरीरमा यदि यसको मात्रा एक सीमाभन्दा बढी हुन गयो भने मस्तिष्कको विकास अवरुद्ध हुनजान्छ । यसबाट थाइराइडको गडबडी अति चञ्चलता
(हाइपरएक्टिभीटी), स्मृति कमजोर, अपा·पना जस्ता लक्षणहरू उत्पन्न हुन्छन् ।
३) अल्कोहोल वा टोलुइन :
अल्कोहोलको उपयोग रक्सीको रूपमा र औषधिहरूमा पनि पाइन्छ । धेरै मात्रामा यसको सेवन गरियो भने मानिसका लागि हानिकारक हुने गर्दछ । गर्भावस्थामा यसको सेवन गर्यो भने गर्भमा अवस्थित शिशुका लागि यो अत्यन्तै हानिकारक हुन्छ । औषधिमा भएको अल्कोहलको उच्च मात्रा हानिकारक बन्ने गर्दछ । टोलुइनको उपयोग अनेक घोलकहरूका रूपमा हुन्छ । यदि यो गर्भवती महिलाको शरीरमा एक सीमाभन्दा बढी पुग्छ भने त प्राणघातक नै बन्न पुग्छ ।
४) खेलौनामा विशेष सावधानी :
खेलौनाको बारम्बार प्रयोगले केटाकेटीहरूमा अपा·पनाको जन्म हुन्छ । यति मात्र हैन बच्चाहरूले प्रयोग गर्ने पानीको बोतलहरू, स्याम्पु आदिमा पनि घातक रसायन हुन्छन् । ती तल वर्णन गरिएको छ :
क) पथेलेट्स ९एजतजबबितभक०:
प्राणीहरूमा गरिएको एक अध्ययनबाट यो कुरा जानकारीमा आएको छ कि यसको प्रयोगबाट विकास अवरुद्ध हुनजान्छ ।
ख) विस्फिनाल :
प्लास्टिकका बोतलहरू, खानाका सामानहरूका डिब्बा, धातुले बनेको खाद्य सामग्रीको टिनहरूको लाइनिङ ९ीष्लष्लन० मा भएको प्रयोग हुने विस्फिनालबाट क्यान्सर जस्तो घातक रोग उत्पन्न हुन्छ र क्रोमोजोमसम्बन्धी विकृतिहरू पनि उत्पन्न हुने गर्दछ । जसबाट डाउन सिन्ड्रोमको उत्पत्ति हुन्छ । ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के हो भने खेलौना तथा बच्चाहरूको बोतलहरू सफा गर्ने दौरानमा यो सफा गर्ने पदार्थहरू र प्लास्टिकहरूका बीच रासायनिक प्रतिक्रियाबाट यस्तो पदार्थ उत्पन्न हुन्छ जसको थोरै मात्रा पनि बच्चाको शरीरमा प्रवेश गर्नाले घातक सिद्ध हुनजान्छ ।
खाद्य पदार्थहरूमा उपस्थिति :
माछामासुमा पाइने पोलीक्लोरीनेटेड बायोफिनेलले मस्तिष्कमा असर पुर्याउँछ । जसको फलस्वरूप बुद्धिमता (आईक्यू) घट्न जान्छ । पछि गएर मस्तिष्कसम्बन्धी रोग सेरीब्रल पल्सी उत्पन्न हुन्छ ।
आमाको दूधमा पनि लेड :
आमाको दूध बच्चाहरूका लागि अति सुरक्षित मानिन्थ्यो किनभने यसमा प्रदूषक तत्त्वहरूको उपस्थिति हुँदैनथ्यो । तर जब जब वातावरणमा प्रदूषक तत्त्वहरूको मात्रा बढ्न गयो तब महिलाहरूको शरीरमा पनि लेड, पारो, पीसीसी बढ्दै जाने क्रमले र यो रगतको माध्यमबाट दूधसम्म पुग्ने सम्भावना बढ्दो छ । मन्दबुद्धिवाला बच्चा प्रदूषणबाट बढी प्रभावित हुन्छन् । यस्तो बच्चाहरूको विकास मन्दगतिमा चल्दछ । बुद्धिको विकास कम हुन्छ र उसको बोल्ने, सम्झिने, पढ्ने र गणना गर्ने, याद राख्ने क्षमता कम हुनजान्छ ।
वातावरण – प्रदूषण कति महँगो :
वातावरण प्रदूषणबाट जटिल रोगहरू उत्पन्न हुन्छन् । यसको उपचारका लागि आर्थिक नोक्सान भइरहेको हुन्छ । वातावरण प्रदूषणको कारण कति नोक्सान भइरहेछ यसको गणना गरी तथ्याड्ढ तयारी गर्नु पनि आवश्यक हुनजान्छ । रासायनिक प्रदूषणलाई बेलैमा ध्यान पुर्याएर रोक्ने कोसिस गरिएन भने हाम्रो जस्तो गरीब मुलुकका लागि आर्थिक सड्ढटको कारण बन्नेछ ।
स्रोत: विज्ञान लेखमाला