प्रस, वीरगंज, १२ असोज/
जिल्ला प्रहरी कार्यालय, पर्साले यही असोज १ गतेदेखि शुरु गरेको स्वेच्छिक गाँजा नष्ट अभियान अन्तर्गत आज पर्सा जिल्लाको धोबिनी र निचुटा गाविसका बासिन्दाले करिब २७ क्विन्टल गाँजा नष्ट गरेका छन् ।
गत दुई वर्षदेखि पर्सा जिल्लामा गाँजा खेती न्यून भएको र गाउँलेहरूले सञ्चय गरेर राखेको गाँजा पक्राउ पर्दै आएको र पर्सा प्रहरीले शुरु गरेको स्वेच्छिक गाँजा नष्ट अभियान पुन: थालिएपछि स्वेच्छिक गाँजा नष्ट गर्न किसानहरू तम्सेका पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।
प्रउ अधिकारीले गाँजाविरुद्ध अभियान सञ्चालन गर्नुपूर्व स्थानीय बासिन्दालाई स्वेच्छिक रुपमा नष्ट गर्न आह्वान गरिएको र हालसम्म चार गाविसका जनताले गाँजा नष्ट गरेको बताए । प्रउले पर्सा जिल्लाका सबै इलाका चौकी र पोस्टहरूलाई माइकि·बाट स्वेच्छिक गाँजा नष्ट गर्नका लागि सूचित गर्ने कार्य भएको बताए ।
उनले आफैं गाँजा नष्ट गर्नेहरूविरुद्ध कारबाई प्रक्रिया अवलम्बन नगरिए पनि सो उपरान्त गरिने अभियानमा दोषी पाइएपछि प्रचलित कानुन अनुसार कारबाई गर्ने जनाएका छन् ।
आज स्वेच्छिक गाँजा नष्ट अभियान अन्तर्गत धोबिनीमा २० क्विन्टल र निचुटा गाविसको देवरिया–९ मा ७ क्विन्टल गाँजा नष्ट गरिएको थियो ।