प्रस, वीरगंज, ११ असोज/
स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाको नेतृत्वमा आएको टोलीले पर्सामा भएका विकास निर्माण कार्यको स्थलगत निरीक्षण तथा स्थानीय निकायका कर्मचारीहरूबीच जिल्ला विकास समिति पर्साको
सभाहलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
अन्तक्र्रिया कार्यक्रममा श्री थपलियाले गत वर्षको तुलनामा जिल्लाको विकासको काम सन्तोषजनक देखा परेकोले जनगुनासो आउन नदिन जनतासँग सहकार्य गरी काम गर्न निर्देशन दिएका थिए। स्थानीय स्तरमा भएको काम ठीक हो भन्ने कर्मचारीहरूले आपैंm सार्वजनिक गरी सरोकारवालाहरूलाई सामाजिक परीक्षण गराए जनगुनासो कम हुने उनले बताएका थिए।
गाविस सचिवहरू गाउँ पुग्नु अहिलेको अवश्यक्ता रहेको बताउँदै तर धेरै गाविस सचिवहरू आफ्नै कारण कार्यक्षेत्रमा कुटिनु, अपहरणमा पर्नु सुन्दा चिन्ता लागेको उनले बताए। आफ्नै कारण गाविस नजाने सचिवहरूको सङ्ख्या मधेसमा बढी देखा पर्नु जनता र कर्मचारीबीच पारस्परिक समन्वयको कमी रहेको बताए।
उपेन्द्र यादव, बारा/
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बारा र पर्साका स्थानीय बासिन्दाको विचार अनुगमन गर्न गठन गरेको टोली यहाँ आएको छ। सहसचिव तथा प्रवक्ता दिनेश थपलियाको नेतृत्वको टोलीले बिहीवारदेखि कार्य शुरु गरेको छ।
स्थानीय वित्तीय जोखिम भएका बारा, पर्सा, रौतहटलगायत ९ जिल्लाको सुधारका लागि गठन गरिएको टोलीले जिल्लाको अनुगमन गरी कारबाई गर्नेसमेत अधिकार दिइएको छ। बारा जिविसमा बिहीवार कर्मचारीहरूको अन्तक्र्रिया कार्यक्रममा थपलियाले बारा तीन वर्षअघि सार्है बिग्रिएको जिल्ला भए पनि अहिले सुधारको बाटोमा लागेको र यसलाई अझैं सुधार गर्न जरुरी रहेको बताए। थपलियाले गल्ती गर्ने कर्मचारीहरूलाई कारबाई मात्रै गरेर समस्या समाधान नहुने, बरु गल्ती नै गर्न नदिने वातावरण बनाउनुपर्ने निर्देशनसमेत दिए। सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले ९ वटा जिल्लामा अनुगमन गर्न असोज ८ गते तीन महिनाको लागि टोली गठन गरेको हो।