- बैद्यनाथ ठाकुर
प्रदूषण आजको आधुनिक मानवलाई मन नपर्ने विषयहरूमध्ये एक हो । प्रदूषण अर्थात् शरीरलाई हानि नोक्सानी गर्नेगरी भइरहेको मानवजन्य मिसावट अथवा ती वस्तुहरू जसले पर्यावरणलाई क्षतिग्रस्त गर्दछ, त्यस्ता वस्तुहरूको उत्पादन र व्यवस्थापन, जुन गैरजिम्मेवार ढ·बाट प्रस्तुत भइरहेको छ त्यो नै प्रदूषण हो ।
प्रदूषणको आधुनिक परिभाषा वा क्षेत्र निकै फराकिलो छ । खाद्यान्न वस्तुमा निहित फाइदाको लागि अखाद्य
वस्तुहरू मिसाइएको अवस्था, सस्तोको नाउँमा त्यसबाट उत्पन्न हुने परिणामहरूले गर्ने वायु प्रदूषण वा ध्वनि प्रदूषण आदि सबैले मानव समाजलाई अन्तत: रोगी तथा शारीरिकरूपले कमजोर (रोग प्रतिरोधक क्षमता कम भएको) बनाउँदै लगिरहेको छ । तर पनि त्यस्ता क्रियाकलापप्रतिको सतर्ककता जिम्मेवार निकाय र सरोकारवालाको चासोको विषय बनेको देखिंदैन ।
हामीकहाँ प्रदूषण मापन गर्ने साधन नभएको होइन, वा प्रदूषण फैलाउनेविरुद्ध कारबाई गर्ने संस्था (सरकारी/ गैरसरकारी) पनि नभएका होइनन् तर पनि प्रदूषण दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको अवस्था छ र सर्वत्र मानिसहरू मौन छन् । मानौ तिनीहरूलाई प्रदूषणले केही गरि नै रहेको छैन वा प्रदूषणबारे तिनीहरूमा चेतना नै छैन ।
एकछिनको लागि नेपालजस्तो देशमा जहाँ साक्षरता दर कम छ, भएको पनि कागजमा बढी छ र समाजमा कम छ, त्यस्तो ठाउँमा प्रदूषणबारे सचेतना अभाव पनि हुन सक्छ वा छ नै, तर समाजलाई सुन्दर बनाउने, स्वस्थ र समृद्ध बनाउने स्पष्ट उद्देश्य बोकेरै गठन गरिएका राजनीतिक पार्टीहरू किन प्रदूषणविरुद्ध योजनाबद्ध ढ·ले लागिरहेका छैनन् ? के यिनीहरूलाई नागरिकको स्वास्थ्यसँग कुनै सरोकार छैन ? यिनीहरूलाई बेला मौकामा भोट र नोट जनताबाट पाइराखे भइहाल्छ । नागरिक सरोकारका विषयहरू राजनीतिक पार्टीहरूको सरोकारको विषय कहिले बन्ने ?
कहीं नचलेको चलन हाँडीगाउँमा भन्नेजस्तै कतै पनि काम नलाग्ने गाडी वीरगंजमा चलिरहेको निकै समय भइसक्यो । काठमाडौंबाट गाडीहरू निकालिन्छ र वीरगंजलगायत तराई क्षेत्रका शहरहरूभित्र खुलेआम भित्र्याइन्छ । के काठमाडौंवासीलाई मात्र प्रदूषणले बिगार गर्छ ? वीरगंजेलीहरूको प्रदूषणविरुद्ध लड्ने शाारीरिक क्षमता जेनेटिक (पैत्रिक गुण) रूपमैं विकसित हुँदै आएको हुनाले हाम्रो राजनीतिक पार्टीहरू चुप लागेर बसेका छन् ? होइन भने यिनीहरू प्रदूषणविरुद्ध किन झन्डा लिएर सडकमा ओर्लिंदैनन् ?
औद्योगिक प्रदूषणले गर्दा वीरगंज नजिकको खोला नदी यति धेरै प्रदूषित भइसकेको छ कि त्यसको पानी मानिसले त के जनावरले समेत खाने अवस्था छैन । त्यस्ता नदीको पानीले सिंचाइ गर्दा बालीनालीमा समेत असर देखिएको छ र उत्पादन न्यून हुने, बिरुवामा अनेक प्रकारको रोग देखिने तथा प्रकारान्तरले खेतबारीको माटो नै बिग्रिने अवस्था हाम्रो अगाडि विद्यमान छ । भवानीपुर गाविसको सुखचैना गाउँका सचेत युवाहरू तथा नागरिकहरूले औद्योगिक प्रदूषणविरुद्ध आन्दोलन पनि गरेका छन्, अझैं गर्दैछन् । तर ती गाउँलेहरूले राजनीतिक पार्टीहरूबाट जस्तो सहयोग पाउनुपर्ने हो त्यो पाइरहेका छैनन् । हुन त हाम्रो समाजमा सबैभन्दा विषाक्त अवस्थामा प्रदूषित भएको राजनीति पनि हो । हाम्रा नेताहरू, कार्यकर्ताहरू चाहे त्यो केन्द्रीय स्तरका होऊन् वा जिल्ला वा स्थानीयस्तरका, जनताको स्वास्थ्यसँग सरोकार राख्ने प्रदूषणविरुद्ध वा घूसले सताइएको भ्रष्टाचारविरुद्ध एकजुट भएर साझा माग र आन्दोलनको कार्यक्रम बनाएर लड्ने गरेको नेपाली इतिहास नै छैन । यिनीहरूको एकता भनेको मिलेर विभिन्न शीर्षकको बजेटमा आएको रकम खाने, सत्ताको कुर्सी प्राप्त गर्ने वा सत्तामा टिकिराख्ने जस्ता एजेन्डामा मात्र सहकार्य गर्ने गरेका छन् । राजनीतिक पार्टीले बनाउने गरेका मोर्चाहरू केवल भ्रष्टाचार गर्न, गराउन र विभिन्न खाले सुविधाहरू प्राप्त गर्नको लागि मात्र हो । जनतालाई प्रत्यक्षरूपमा लाभ दिने वा भइरहेको हानि–नोक्सानीबाट मुक्ति दिलाउनका लागि यिनीहरूलाई केन्द्र वा जिल्लास्तरमा एकजुट भई अगाडि बढ्न कसले रोकेको छ ?
एउटा तीतो सत्य के हो भने हाम्रा राजनीतिक पार्टीहरू भ्रष्टाचारको भाइरसले कमोबेस सबै सङ्क्रमित छन् । केन्द्रस्तरमा होस् वा जिल्लास्तरमा यिनीहरूको प्रमुख उद्देश्य जनतालाई सुविधा दिएर सेवा गर्ने होइन, अपितु जनसेवालाई ट्ेरडमार्क बनाएर माल कमाउने भएको हुनाले आजसम्म जनताले प्रत्यक्षरूपमा आफ्नै जनजीवनमा परिवर्तनको अनुभूति गर्न सकेको छैन । जनता अझैं पनि अकासिंदो महँगी, बढ्दो बेरोजगारी, हिंसक अपराध, चरम गरिबी, भोक, रोग आदिबाट छटपटाइरहेको छ तर हाम्रा केन्द्रीय पार्टी र नेताहरूलाई प्रधानमन्त्री को बन्ने, कसको नेतृत्वमा बन्ने सवालमै भाषणबाजी र बैठक गर्दैमा दिन कटिरहेको छ । जिल्लास्तरका नेता कार्यकर्ताहरू माथिबाट आदेश नआएसम्म सरकारी कार्यालयहरूबाट के–कति माल कमाउन सकिन्छ भन्ने उद्यममैं लागेका हुनाले यिनीहरूको लागि स्थानीय जनताले भोगेका समस्या कहिले पनि छलफल र सहकार्यको विषय बन्न सकिरहेको छैन ।
भनिन्छ, पानीको कुनै र· र आकार हुँदैन, त्यसैले पानीलाई जस्तो भाडोमा राख्नुस् त्यस्तै आकारको देखिन्छ । प्रहरी प्रशासनको पनि कुनै र· र आकार हुनु हुँदैन । जुन सरकार आए पनि, जो सरकारमा भए पनि प्रहरी प्रशासन ऐन, कानुन अनुसार चल्नुपर्छ तर हाम्रो प्रशासकहरू यसको ठीक विपरीत चल्ने गर्छन् । हुन त प्रशासनले अनुकरण गर्ने चरित्र पनि राजनीतिक पार्टीका नेताहरूको व्यवहारबाट हो । उनीहरू नै भ्रष्ट भएपछि प्रहरी प्रशासन इमानदार होओस् भन्ने सदिच्छा राम्रो हो, तर व्यवहारमा यस्तो देखिएको छैन र देखिंदैन पनि । कहीं कतै कोही रमेश खरेलजस्तो देखिएर पनि के गर्ने, प्रदूषित पोखरीमा एक बाल्टिन सफा पानी राखेर पोखरीको पानी पक्कै पनि स्वच्छ हुँदैन, प्रदूषित पानी राख्ने बित्तिकै सफा पानी पनि प्रदूषित भइहाल्छ । हाम्रो प्रशासन इमानदार हुने हो भने उद्योग खोल्न बनाइएका ऐनहरू मात्रै कार्यान्वयन गरिदिने हो भने रानीघाटको जनता च्युरा र भुजा मिल तथा धान मिलको प्रदूषणबाट मुक्ति पाउन सक्छन् । पर्साका नदीहरू तथा कलकारखाना नजिकका गाउँहरूसमेत प्रदूषणमुक्त हुन सक्छन् तर के गर्ने ? तिनै कलकारखानाबाट आएको चन्दाले पार्टी र प्रशासन दुवै चल्ने गरेको हुनाले व्यवहारमा प्रदूषण जिन्दाबाद हुँदै गएको छ । आजको यो अवस्था राजनीतिक पार्टी र प्रहरी प्रशासन दुवैको लागि लाजमर्दो रहेको छ । त्यसैले जनता भन्दैछ– ‘के गर्दैछन् झन्डावाल, के हेर्दैछन् डन्डावाल’ ।