- उमाशड्ढर द्विवेदी
आश्विन मासको कृष्णपक्ष पितृपक्षको रूपमा प्रसिद्ध छ । यसलाई सोर्ह श्राद्धको पक्ष पनि भनिन्छ । आफ्ना दिव·त पितृहरूलाई पन्द्रह दिनसम्म विधिवत् स्मरण गर्नुका साथै परम तृप्तिको लागि पानी दिइन्छ । यस पक्षमा माछा, मासु, लसुन, प्याज खान वर्जित रहन्छ । दैनिक व्यवहारमा पूर्ण पवित्रता तथा ब्रह्मचर्यको पालन गर्नु अनिवार्य हुन्छ । हिन्दू धर्मशास्त्रहरूमा यस पक्षमा गया आदि तीर्थहरूमा पितृहरूका लागि पिण्डदान गर्नु विशेष फलदायी हुन्छ भन्ने लोकविश्वास रहेको पाइन्छ ।
भोजपुरीभाषी समुदायले यसै पक्षमा एउटा अत्यन्त महत्त्वपूर्ण व्रत गर्दछन्, जसलाई ‘जीउतिया’ भनिन्छ । आश्विन महिनाको कृष्णपक्ष अष्टमीको दिन सौभाग्यवती तथा पुत्रवती महिलाहरूले जीउतिया व्रत बस्ने गर्दछन् । भाद्र महिनामा गर्ने तीज व्रत अखण्ड सौभाग्य प्राप्तिको लागि गरिन्छ भन्ने जीउतिया व्रत पुत्रको दीर्घायु, आरोग्य, समृद्धि, शान्तिको लागि गर्ने गरिन्छ । तीज व्रत भैंm जीउतिया व्रत पनि निर्जला नै गर्ने परम्परा छ । तीजमा दर खाने चलन रहेपनि वास्तविक सरगही (दर) खाने परम्परा जीउतिया व्रतमा नै चलेको हो ।
आश्विन महिना कृष्णपक्षको सप्तमीको दिन ‘नहाए खाए के दिन’ को रूपमा मानिन्छ । यस दिन नुहाउनभन्दा पहिले झिङ्गुनीको पातमा तोरीको तेल तथा पिनालाई पानीमा भिजाएर पितृहरू तथा जीमूतवाहन भन्ने देवतालाई अर्पण गर्नुको साथै आफ्नो कपालमा पनि लगाएर महिलाहरूले नदी, पोखरी वा इनारको पवित्र जलमा नुहाउँदछन् । दुवै छाकमा शुद्ध सात्त्विक भोजन गर्दछन् । पहिलेका दिनहरूमा यस दिन रात परेपछि महिला तथा केटीहरू सामूहिकरूपमा जटजटिन खेलेर रमाइलो गर्ने गर्दथे । हालका दिनहरूमा त्यो परम्परा लुप्तप्राय: अवस्थामा छ । त्यसै रातिको बिहान ब्रह्म मुहूर्तमा उठेर बर्तालुहरूले दिनचर्याबाट निवृत्त भएर फेरि झिङ्गुनीको पातमा सरगहीमा खाइने खाद्य पदार्थ तथा झिङ्गुनी पितृहरू तथा जीमूतवाहन देवतालाई चढाएर सरगही खान्छन् । सरगहीमा दही–च्युरा तथा गुड खाने चलन रहेको छ । उज्यालो भएपछि महिलाहरू व्रत बस्दछन् । व्रत बस्दा महिलाहरूले कुनै पनि काम गर्दैनन् । सिन्कोसम्म भाँच्दा पनि पुत्रको आयु खण्डित हुन्छ भन्ने धार्मिक विश्वास छ । सम्भवत: यसै कारणले यसको नाम ‘खर जीउतिया’ रहन गएको हो ।
तीजमा महिलाहरूले अखण्ड सौभाग्य प्राप्तिको लागि शिवपार्वतीको पूजा गर्दछन् भने जीउतियामा पुत्रको दीर्घायुको लागि सूर्यवंशी शालिवाहन तथा शैव्याका पुत्र राजा जीमूतवाहन तथा जीवत्पुत्रिका देवीको पूजा गर्दछन् । शास्त्रहरूमा वर्णित एउटा रोचक कथाअनुसार राजा जीमूतवाहनले सत्ययुगमा गरुडलाई आफ्नो शरीरको सम्पूर्ण मासु दान गरेर प्रजाका जोसुकैको पनि पुत्रलाई दीर्घायु बनाउन सक्ने वरदान पाएका थिए । त्यसै कारणले आश्विन महिनाको कृष्णपक्षको अष्टमी तिथिको दिन जीउतिया व्रतमा महिलाहरूले उनको पूजा गरेर आफ्ना पुत्रलाई दीर्घायु बनाउनका लागि याचना गर्दछन् । जीवत्पुत्रिकाको सम्बन्धमा शास्त्रहरूमा दुर्गाया मूर्तिभेदेन ख्याता त्रैलोक्यपूजिता । अमृताहरणे वत्स स्मृता सा जीवत्पुत्रिका ।। अर्थात् जो र्मूिर्त भेदले विविध नामले विख्यात छिन्, उनी नै त्रैलोक्यबाट पूजित दुर्गा अमृत प्राप्त गर्नाको अर्थमा जीवत्पुत्रिकाको नामले प्रख्यात छिन् । स्पष्टका साथ वर्णित छ । शास्त्रहरूमा कथाको रूपमा वर्णन गरिएको क्रममा ‘चिल्हो–सियारिन’ को कथा पनि देखिन्छ । जीउतिया व्रतको क्रममा तिनीहरूको पूजा गर्नु पनि आवश्यक हुन्छ । पूजापछि बर्तालुहरू अहोरात्र निर्जला उपवास बसेर जीउतिया व्रत गर्दछन् ।
नवमीको दिन सूर्योदयभन्दा पहिले नै देवघरको ढोकामा माटोको ‘ओरी’ बनाएर बर्तालु महिलाहरूले तीनपुस्ते मातृहरूको आह्वान गरेर ओरीमा सिन्दूरको टीका लगाउँदछन् (लामो आकारमा) जसलाई भोजपुरी भाषामा ‘ओरी टिकल’ भनिन्छ । आवाहित मातृहरूको विधिवत् पूजा अर्चना गरी लत्ताकपडा, माड–भात, चल्नेहरूले पोठिया माछा तथा सिधा–सामल अर्पण गरेर मातृ नवमीको रूपमा दिव·त सासूको श्राद्ध गर्दछन् । यो श्राद्ध शास्त्रीय विधिबाट नभई लोकपरम्पराअनुसार हुने गर्दछ । यसमा सासू, जीजु सासू, वृद्ध जीजु सासू गरी तीनपुस्ताका मातृहरूको(सासू) सम्झना तथा श्राद्ध महिलाहरूले गर्ने गर्दछन् । हिन्दू धर्मावलम्बी जनमानसद्वारा यो पक्ष पितृपक्षको रूपमा पुरुष मान्छेले सोर्ह श्राद्ध गर्ने परम्परा रहे पनि भोजपुरीभाषी समुदायमा महिलाहरूले पनि गर्ने मातृश्राद्धको चलन अनौठो मान्न सकिन्छ । यसप्रकार ओरी टिकेपछि जीउतिया व्रत पूरा हुन्छ । पारण गर्ने बेलामा भने अङ्कुरित केराउ, मास, अक्षता, सखर तथा तील
पानीका साथ निलेर अष्टमीको दिन र रातभरि निर्जला र उपवास बसेकी थिए भन्ने लोककथामा वर्णित चिल्हो–सियारिनले जाँच दिए भैंm जाँच दिएर मात्र बर्तालुले अन्न जल ग्रहण गर्ने प्रचलन रहेको छ ।