राजेश केशरीवाल, रक्सौल, १० भदौ/
सामाजिक संस्थाको नाममा सञ्चालित रक्सौलस्थित महिला दलित जनकल्याण संस्थाका प्रमुख सुमन पासवान आफैं असामाजिक धन्दामा लागेको रहस्योद्घाटन भएको छ ।
पासवानको चङ्गुलबाट हालै उम्किन सफल नेपाल दाङ घर भएकी सरिता शाहले पासवानको रहस्य पर्दाफास गर्दै पासवानविरुद्ध कारबाईको माग गरेकी छन् ।
भारतको दिल्ली हुँदै विदेश पठाइदिने भनेर दुईजना नेपाली दलालले रक्सौल ल्याइपुर्याएकी शाहलाई गत वैशाख १४ गते रक्सौलबाट पासवानले कब्जामा लिएका थिए । दलालहरूले सरितालाई बेच्न लगिरहेको कुरा बयानकै क्रममा खुलेपछि नेपाली दलाल दुईजना भारतीय जेलमा छन् । सरितालाई भने उद्धार गरेर नेपाल पठाउने भन्दै महिला दलित जनकल्याण संस्थाका अध्यक्ष पासवानले संस्थाको जिम्मा लिएका थिए ।
जिम्मा लिएपछि घर फिर्ता गर्नुको साटो विभिन्न धाकधम्की, डर–त्रास र प्रलोभन देखाउँदै पासवानले तीन महिनासम्म सरितालाई कब्जामा राखे । सरिताको घरबाट आएका आफन्त जनलाई विभिन्न कानुनी अडचन देखाउँदै पासवानले आज–आज, भोलि–भोलि भन्दै फिर्ता पठाएका थिए ।
यता माइती नेपाल वीरगंजबाट पुगेका प्रतिनिधिहरूलाई समेत धक्कामुक्की गर्दै अभद्र व्यवहार गरेर फिर्ता पठाएका थिए ।
रक्सौलका सञ्चारकर्मी, माइती नेपाल वीरगंज र बालकल्याण समिति र बिहार प्रहरीको सक्रियतामा भदौ ६ गते सरिता मुक्त भएकी हुन् । सरिता हाल माइती नेपाल पर्साको संरक्षणमा छिन् भने कथित महिला दलित जनकल्याण संस्था रक्सौलका प्रमुख सुमन पासवान फरार छन् ।
सरिताका अनुसार पासवानले उद्धार गर्ने नाममा फेला परेका चेलीहरूलाई घर नपठाई, गलत धन्दामा लाग्न प्रेरित गर्ने र अनैतिक क्रियाकलाप गर्न बाध्य पार्ने गरेका छन् । पासवानलाई उनका निकट महिला–पुरुषहरूले सहयोग पुर्याउने गरेका छन् ।
सरितासँग पनि पासवानले दुव्र्यवहार गर्न निक्कै प्रयास गरेको तर आफूले नमानेको प्रतीकलाई बताइन् । घर जान्छु भन्दा कानुनले मिल्दैन, तिमी जेलमा सड्छयौ भन्दै तर्साउने गरेको र आफूखुशी यताउता जान खोजे हत्यासमेत हुन सक्ने धम्की दिने गरेको सरिताको भनाइ छ ।
तीन महिनाको अवधिमा पासवान माध्यम बनेर सरितालाई नरकटियागंज स्थित रेल्वे बडाबाबु बताउने व्यक्तिकोमा लगेको, झुक्याएर रक्सी ख्वाएर लठ्ठ पारेको र पासवानको सम्पर्कमा रहेका भारतीय प्रहरीका अधिकारीहरू भएको ठाउँमा पनि लाने गरेको बताइन् । हाकिम साहबले जे भन्छ त्यही मान, त्यसैमा तिम्रो कल्याण र भविष्य छ भन्दै पासवानले करकाप गर्ने गरेको सरिताको भनाइ छ ।
उनलाई पासवानले नेपालको पोखरा र हेटौंडालगायत स्थानमा लगेर विवाह गराइदिने बहानामा वृद्ध र धनाढ्यहरूबाट प्रशस्त रकम असुलेको पनि सरिता बताउँछिन् ।
पासवानले सरितालाई कब्जामा राखेकोबारे एक कान दुई कान मैदान भए पछि आफू बच्नका लागि पासवानले सरितालाई एक युवकसँग जबरजस्ती विवाह गराइदिन थालेपछि रक्सौलका सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गरेका थिए ।
उक्त समाचारको आधारमा बिहार प्रहरी मोतिहारीका एसपी, बालकल्याण समितिका अध्यक्षलगायतले रक्सौल प्रहरीलाई दबाब दिएपछि विवाह रद्द भएको र सरिताको उद्धार भएको हो ।
सामाजिक संस्थाको नाममा कलङ्क फैलाउने पासवानलाई कडा कारबाई गर्न वीरगंज तथा रक्सौलस्थित नागरिक अगुवाहरूले माग गरेका छन् । दुवैतर्फका प्रहरी प्रशासन एवं सरकारले दोषीमाथि कारबाई गर्न र सरितालाई समाजमा पुनस्र्थापित गराउने दायित्वबाट पन्छिन नमिल्ने अगुवाहरूले जोड दिएका छन् ।
यसरी जोड दिनेहरूमा सनातन धर्म सङ्घ पर्साका अध्यक्ष ज्योतिष सम्राट् पुरुषोत्तम दुबे, सानो पाइलाका कञ्चन झा, धर्मजागरण मञ्चका मोहनलाल राजपाल, विश्व हिन्दू महासङ्घका राजकिशोर चौबे, स्नेही नेपालका भूपेन्द्र पौडेल, त्यसैगरी रक्सौलका समाजसेवी भरतप्रसाद गुप्ता, चेम्बर अफ कमर्सका राजकुमार गुप्ता, समाजसेवी शिवपूजन प्रसाद, अनिल केशरीवाल, रक्सौल नगरका पूर्व सभापति नथु प्रसाद र बुद्धिजीवी अनिलकुमार सिन्हा रहेका छन् । उनीहरूले प्रतीकसँग कुरा गर्दै सीमावर्ती क्षेत्रका सम्पूर्ण सामाजिक संस्थाको क्रियाकलाप र आय–व्ययको छानबिन गर्नुपर्ने र पासवानलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत कारबाई चलाउनुपर्ने माग गरेका छन् ।