प्रस, कलैया, १२ भदौ/
खाइपाई आएको तलब कट्टा गरेको विरोधमा आन्दोलनमा उत्रेका पिसिएफ शिक्षकहरूले म·लवार केशरमहलस्थित शिक्षा मन्त्रालयमा कामरोक धर्ना दिने क्रममा पिसिएफ शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा करिब एक सय पिसिएफ शिक्षक घाइते भएका छन् ।
तीमध्ये नेपाल पिसिएफ शिक्षक सङ्घर्ष समितिका वरिष्ठ उपाध्यक्ष हृदयनारायण यादव, पिसिएफ शिक्षक बनारसी साह, ओमप्रकाश यादव, चन्द्रिकाप्रसाद यादव, पञ्चदेव यादव गम्भीर घाइते भएका छन् । घाइतेमध्ये चन्द्रिकाको हात भाँचिएको र पञ्चदेवको खुट्टा भाँचिएको सङ्घर्ष समितिका केन्द्रीय सचिव सुनील यादवले जनाएका छन् । उनीहरूको उपचार वीर अस्पतालमा भइरहेको यादवले बताएका छन् ।
नेपाल पिसिएफ शिक्षक सङ्घर्ष समितिको अह्वानमा अधिराज्यभरिका करिब तीन हजार शिक्षक बिहान कामरोक धर्ना दिन शिक्षा मन्त्रालय पुगेका थिए । आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको पिसिएफ शिक्षकहरूले आरोप लगाएका छन् । नेपाल पिसिएफ शिक्षक सङ्घर्ष समिति केन्द्रीय समितिको आह्वानमा अधिराज्यभरिका पिसिएफ शिक्षकहरू हिजोदेखि चरणबद्ध आन्दोलमा उत्रेका छन् । यस अघि हिजो उनीहरू शिक्षा मन्त्रालय अगाडि भर्ना बसेका थिए ।
पिसिएफ शिक्षकहरूको शान्तिपूर्ण अन्दोलनमा सुरक्षाकर्मीहरूले दमन गरेको घटनाको नेपाल शिक्षक युनियन बाराले घोर भत्र्सना गरेको छ । युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीले आज एक विज्ञप्ति जारी गरी पिसिएफ शिक्षकहरूको माग प्रति समर्थन जनाएका छन् । शिक्षकहरूको मागलाई वार्ताको माध्यमबाट समाधान गर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।
प्रस, गरुडा/
पिसिएफ शिक्षक सङ्घर्ष समितिले विभिन्न माग राखी गरिरहेको विभिन्न चरणको आन्दोलनअन्तर्गत राजधानीमा मन्त्रालय घेराउ गर्न पुगेका कैयौं शिक्षक घाइते भएका समाचार छ ।
म·लवारको आन्दोलनको कार्यक्रम अन्तर्गत काम रोक धर्ना कार्यक्रममा शिक्षकमाथि प्रहरी हस्तक्षेप हुँदा दर्जनौ शिक्षक घाइते भएका आन्दोलनमा सहभागी शिक्षक भोला पासवानले फोनमार्फत् जानकारी गराएका छन् । घाइते हुनेमा रौतहटका चार शिक्षक रहेका छन् ।
प्रहरीले व्यापक लाठी प्रहार गरेको र सोही क्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष हृदयनारायण यादव, जयप्रकाश यादव, रामप्रित साह र सञ्जय यादव रहेका पासवानले बताएका छन् । घाइतेहरूलाई उपचारका लागि वीर अस्पताल लगिएको पासवानले बताएका छन् ।