उपेन्द्र यादव, बारा, १४ भदौ/
नेकपा एमालेका उपाध्यक्ष विद्या देवी भण्डारीले ए. माओवादीले सत्ता कब्जा गर्न संविधान निर्माण नगरी संविधानसभा विघटन गरेको कुरा बताएकी छन् । कलैयामा बिहीवार युवा सङ्घ नेपालले शुरु गर्न लागेको तराई–मधेस युवा जागरण अभियानको उद्घाटन सत्रमा बोल्दै नेत्री भण्डारीले माओवादी आफैं देशमा सङ्घीयता विरोधी गतिविधि गरी देश टुक्राउने खेलमा लागेको र त्यो दोष अरू दलहरूमाथि थोपर्न खोजेकोले माओवादी पार्टीमाथि विश्वास गर्ने ठाउँ नरहेको बताइन् ।
उनले बाबुराम भट्टराई नेतृत्वको सरकारले स्वच्छ चुनाव गराउन नसक्ने भएकोले चुनाव अघि राष्ट्रिय सहमतिको सरकार गठन हुनु जरुरी रहेको कुरा प्रस्ट पारिन् । तराईको २२ जिल्लामा शुरु गर्न लागिएको तराई–मधेस युवा जागरण अभियानले तराईमा कमजोर रहेको एमालेलाई बलियो बनाउन सहयोग गर्ने विश्वास भएको उनले बताइन् ।
दुई दिने कार्यक्रमको उद्घाटन सत्रमा एमालेका युवा नेताहरू योगेश भट्टराई, युवा सङ्घका केन्द्रीय अध्यक्ष महेश बस्नेत लगायत नेताहरूले मधेसी दलका नेताहरूले मधेसी जनतालाई नै धोका दिएका हुनाले ती दलहरूमाथि विश्वास नगर्न आग्रह गरेका थिए । कार्यक्रम एमालेमा अध्यक्ष झलनाथ खनालले उद्घाटन भनिए पनि स्वास्थमा समस्या र कार्यव्यस्तताका कारण उनी कार्यक्रममा पुग्न नसकेको आयोजकले जानकारी गराएका थिए ।