$type=ticker$count=12$cols=4$cate=0

बकुला र ग·टो

SHARE:

- उमाशड्ढर द्विवेदी  
कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, ग·टो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको थियो । एकदिन ऊ अजस्रधारा आँसु चुहाउँदै पोखरीको डिलमा बसेर रोइरहेको थियो । त्यसलाई यसप्रकारले रोइरहेको देखेर एउटा ग·टो अन्य केही जलचर साथीहरूका साथ आइ उसको दु:खले दु:िखत हुँदै आदरपूर्वक सोध्यो–मामा, आज तपाईंले आफ्नो भोजनको प्रबन्ध गरिरहनुभएको छैन, केवल आँसु चुहाइ रोइ कराइ मात्र गरिरहनुभएको छ, के कुरा हो ? हामीलाई भन्नुस्, केही सहायता गर्न सकिन्छ कि ?
    ग·टोको कुरा सुनेर उसले भन्यो–तिमीहरूले ठीक अनुमान गर्‍यौ । माछाहरूलाई समातेर खाने कामबाट सन्यास लिएर प्रायश्चितस्वरूप आफ्नो प्राण त्याग्ने सड्ढल्पका साथ यहाँ बसिरहेको छु । त्यसै कारण समीपमा आएका माछाहरूलाई पनि नसमाती यहाँ बसिरहेको छु । बकुलाको कुरा सुनेर ग·टोले सोध्यो– मामा, तपाईंले यस प्रकार वैराग्य लिनुको कारण के हो ? बकुलाले भन्यो– म यसै पोखरीमा जन्मिएर बूढो भइसकें । केही विज्ञहरूको मुखबाट मैले एउटा अत्यन्त दुखद तथा विप्लवकारी भविष्यवाणी सुनेर मैले माछा मारेर जीविका चलाउने जस्तो नीच काम गर्नबाट वैराग्य धारण गरेर प्राण त्यागको निर्णय लिएको छु । मेरै आँखाअगाडि पोखरीका सम्पूर्ण निरीह जलचरहरूको अन्त्य कसरी हेर्न सक्दछु र ? बकुलाको कुरा सुनेर आतिंदै ग·टोले सोध्यो– होइन, के त्यस्तो अनिष्टकारी भविष्यवाणी सुनेर तपाईं यसप्रकार प्राणत्यागको निर्णय गर्नुभयो, हामीलाई पनि सुनाइ दिनुस् जसले गर्दा हामी पनि आफ्नो प्राणरक्षाको कुनै उपाय गर्न सकौं । उसको कुरा सुनेर बकुलाले भन्यो– भविष्यवाणी अत्यन्त भयानक छ । ग्रह नक्षत्रहरूको विपरीत गतिको कारण निकट भविष्यमैं यस क्षेत्रमा बार्‍हवर्षे खडेरी पर्ने योग परेको छ । यस पोखरीमा त अत्यन्त अल्प जल बाँकी छ । वर्षभरि पानी परेन भने यो पोखरी निश्चितरूपले सुक्नेछ, जसको कारण यसमा रहेका समस्त जलचरहरूको बीजसम्म नष्ट भई हाल्नेछ । म उनीहरूको विनाशात्मक विछोड सहन असमर्थ छु, त्यसैले मैले प्राणत्याग गर्ने अठोट गरेको छु । यसबेला प्रत्येक यस जस्ता ससाना पोखरीहरूका जलचरहरूलाई स्वजनहरूद्वारा ठूलाठूला जलाशयहरूमा सारिंदै छन । गोही, मगर, सोंस, घडियाल जस्ता ठूला जलचरहरू अन्यत्रका ठूला जलाशयहरूमा आपैंm सरिरहेका छन् तर यस पोखरीका समस्त जलचरहरू निर्भय भएर निरुद्यम बसिरहेका छन् । मैले यसप्रकार रुने र प्राणत्याग गर्ने अठोट यसै कारणले लिएको छु । बकुलाको कुरा ग·टोले अन्य जलचरहरूलाई पनि सुनाइदियो । पोखरीका जलचरहरू यसप्रकारको विपत्तिको बारेमा सुनेर अत्यन्त भयभीत भए । ती समस्त जलचरहरू आत्तिंदै बकुला भएको ठाउँमा गई एक स्वरले सोधे– मामा, कुनै यस्तो उपाय छ, जसलाई गरेर हामीहरू यसप्रकारको आसन्न विपत्तिबाट आफ्नो प्राणरक्षा गर्न सकौं । जलचरहरू आत्तिएर गरेको प्रार्थना सुनेर बकुला मनमनै हर्षित हुँदै भन्यो– उपाय किन छैन, छ, तर तिमीहरू आफूले त्यो उपाय गर्न सक्दैनौं, किनकि तिमीहरू पानी बाहिर आफ्नो निजी पराक्रमले केही पनि गर्न सक्दैनौं । बकुलाको कुरा सुनेर जलचरहरू झन् आत्तिंदै सोधे– के छ र त्यस्तो उपाय  हामीले कसको मदत लिनु वेश होला ? बकुलाले भन्यो– यहाँबाट अलि पर एउटा ठूलो जलाशय छ, जसको पानी चौबीसवर्षे खडेरीले पनि सुक्दैन । यदि तिमीहरू पालैपालो गरेर मेरो पिठ्यूमाथि चढ्यौ भने म तिमीहरूलाई खडेरी पर्नुभन्दा अगावै सुरक्षित पुर्‍याइदिन सक्दछु । जलचरहरूले बकुलाको कुराको विश्वास गरिहाले । अनि त मलाई पहिला, मलाई पहिला भनेर तँछाडमछाड गर्न थाले । दुष्ट बकुला तिनीहरूलाई पालैपालो आफ्नो पिठ्यूमाथि बोकी लगेर नजिकैको चट्टानमाथि बजारेर मारी  खाइदिन्थ्यो तथा फेरि अन्यलाई लिन फर्केर पोखरीमा आउँथ्यो तथा जलचरहरूलाई नानाथरी कपोलकल्पित कुराहरू सुनाएर उनीहरूको मनोरञ्जन गर्दथ्यो । यसप्रकारले सजिलोसित ऊ आफ्नो जीविका चलाउन थाल्यो ।
    केही दिनपछि कुलरिक नामक त्यस ग·टोले बकुलासित भन्यो– मामा, तपाईंसित सबैभन्दा पहिलो मेरै कुरा भएको थियो । अत: आज मेरो पनि प्राणरक्षा गरिदिनुपर्‍यो । कुलरिकको कुरा सुनेर दुष्ट बकुलाले मनमनैमा विचार गर्‍यो– वेश कुरा, माछाहरूको मासु खाँदाखाँदा वाक्क लागिसकेको छ, यस्तोमा यस ग·टोको स्वादिष्ट मासु खाएर स्वाद फेर्नुपर्ला । यति सोचेर उसले कुलरिकलाई सहर्ष आफ्नो पिठ्यूमाथि बोकी उडेर जाँदै थियो । टाढैबाट कुलरिकले चट्टानमाथि माछाको हाडको ठूलो रास देखेर जम्मै कुरो बुझ्यो । प्रकटत: उसले बकुलासित सोध्यो– मामा, त्यो जलाशय पुग्न अब कति बेर लाग्दछ ? मेरो भारले तपाईं थाके जस्तो देखिनुहुन्छ । उसको कुरा सुनेर बकुलाले मनमा सोच्यो– यो जाबो जलचरले धर्तीमाथि के नै पुरुषार्थ गर्न सक्दछ र ? हाँस्दै भन्यो– के को पोखरी ? कस्तो पोखरी, यो मेरो जीविका चलाउने तरिका पो त । लौ अब आफ्नो इष्टदेवको स्मरण गरिहाल मूर्ख किनकि अब म तिमीलाईं पनि त्यही चट्टानमाथि पछारेर मारी खानेवाला छु । बकुलाको यति कुरा सुन्नासाथ ग·टोले आफ्ना दुइटै सिउँठाले बकुलाको घाँटी कच्याक्क थिचेर टोक्यो । बकुला तत्काल त्यही मर्‍यो ।
    ग·टोले मृत बकुलाको गिंड त्यही छाडेर घाँटी मात्र लिई पोखरीमा फक्र्यो । उसलाईं यसप्रकारले फर्किआएको देखेर जम्मै जलचरहरू आश्चर्यचकित हुँदै सोधे– अरे, कुलरिक, तिमी कसरी फर्कि आयौं ? खोई मामा पनि देखिनुहुन्न । हामी आफ्नो पालो पर्खिबसेका छौं । उनीहरूको कुरा सुनेर कुलरिकले हाँस्दै भन्यो– मूर्खहरू, त्यो दुष्ट बकुलाले माछाहरूलाई बोकेर लगी चट्टानमाथि बजारेर मारी खान्थ्यो । आयु शेष रहेको कारणले मैले उसको बठ्याइँ बुझेर त्यसलाई मारी उसको घाँटी लिएर आएको छु । अब ढुक्क साथ बसौं, हाम्रो कल्याण हुनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बकुला र ग·टो
बकुला र ग·टो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzQoqxdRe2ukWYG98y_FmmwKR1VHRjI5lCDgYwNNny0MO40cXKZw5u4Apg11dbEAanEAtPJDmuLlWBELex9oi3PN5a-7aog2FPRmcsaqm3SrR6bKGDbugWrILYTXzHbXzvRuMjS3OC320/s200/umashankar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzQoqxdRe2ukWYG98y_FmmwKR1VHRjI5lCDgYwNNny0MO40cXKZw5u4Apg11dbEAanEAtPJDmuLlWBELex9oi3PN5a-7aog2FPRmcsaqm3SrR6bKGDbugWrILYTXzHbXzvRuMjS3OC320/s72-c/umashankar.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/07/blog-post_8976.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/07/blog-post_8976.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy