$type=ticker$count=12$cols=4$cate=0

लै·िक उत्तरदायी र समावेशी बजेट

SHARE:

- शीतलप्रसाद महतो    
समावेशी आर्थिक विकासको सुनिश्चितता प्रदान गर्नका लागि लै·िक उत्तरदायी तथा समावेशी बजेटको महत्त्वपूर्ण भूमिका हुन्छ । लै·िक उत्तरदायी बजेट भनेको महिला र पुरुषका लागि छुट्टाछुट्टै बजेट भने होइन । यसले महिलाका लागि कुल बजेटको ५० प्रतिशत र पुरुषका लागि ५० प्रतिशतको हिस्सा खोज्दैछ भन्ने पनि होइन । यथार्थमा महिला र पुरुषको संग्लनताबाट नै संसार बनेको हुन्छ । तर महिला र पुरुषमा फरक–फरक आवश्यकता र प्राथमिकता हुने भएकाले त्यसको समानुपातिक सम्बोधनका लागि तथा सार्वजनिक साधन पुगेको अनुमान, प्राप्ति, वितरण र उपभोगलाई प्रभावकारी तुल्याउने सन्दर्भमा लै·िक उत्तरदायी तथा समावेशी बजेटको भूमिका प्रभावकारी हुन्छ ।
    लै·िक मूल प्रवाहीकरण र समावेशीका लागि अवलम्बन गरिने कार्य नै लै·िक उत्तरदायी तथा समावेशी पद्धति हो । विशेषत: लै·िक उत्तरदायी बजेटले पारदर्शिता, जवाफदेहिता, लगनशीलता र इमानदारिता संवद्र्धन गर्ने, महिला र पुरुषबीच उत्पादनशील साधन–स्रोतको समतामूलक वितरणद्वारा गरिबी उन्मूलनको अभियानलाई गति दिने, सीमित साधन र स्रोतको अधिकतम परिचालन गर्ने तथा सामाजिक न्याय अभिवृद्धि गर्ने कार्यलाई प्रमुख प्राथमिकता दिएको हुन्छ । समग्रमा लै·िक उत्तरदायी बजेटले महिला अधिकार सम्बन्धी मान्यताहरूलाई आत्मसात गर्दै लै·िक समानता हासिल गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । लै·िक उत्तरदायी तथा समावेशी बजेट तर्जुमा यस्तो विधि हो जसले बजेटलाई लक्षित कार्यक्रमका लागि विनियोजित गर्न मदत गर्दछ । लै·िक उत्तरदायी तथा समावेशी बजेटको प्रमुख उद्देश्य नै स्थानीय निकायहरूले गर्ने बजेट विनियोजन, यसको खर्च र अभिलेखनमा आफ्नो क्षेत्रका सामाजिक समावेशितामा पर्नुपर्ने भनिएका महिला र पुरुषमा बजेटले दिने उपलब्धिको समतामूलक वितरण र उपभोगको सुनिश्चितता गर्नु हो ।
    महिलाको क्षमता अभिवृद्धि गर्ने योजना तर्जुमा र कार्यान्वयनमा महिलाहरूको सक्रिय सहभागिता हुने, लाभको बाँडफाँडमा महिलाको समान हिस्सा हुने, महिला रोजगारी र आयवृद्धि हुने तथा महिला सशक्तीकरणमा गुणात्मक सुधार आउने जस्ता परिसूचकको आधारलाई केन्द्रबिन्दुमा राखेर सरकारले गत वर्ष थोरै भए पनि लै·िक उत्तरदायी बजेट निर्माणमा जोड दिएको पाइन्छ । गत आर्थिक वर्ष २०६८/०६९ मा कुल बजेटको १९ दशमलव ५ प्रतिशत मात्र लै·िक उत्तरदायी तथा समावेशी थियो । विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सामुदायिक विद्यालयमा महिला शौचालय, ८ कक्षासम्म छात्रालाई छात्रवृत्ति, छोरीलाई विद्यालय पठाउने अभिभावकलाई खानेतेल वितरण र खाद्यान्न न्यूनीकरण भएको जिल्लाका विद्यालयमा दिवा खाजा सञ्चालन गर्ने कार्यक्रम सरकारले ल्याएको थियो । यसैगरी सम्पत्तिमा महिलाको स्वामित्व बढाउन शहरी क्षेत्रमा २५ र हिमाली तथा पहाडी क्षेत्रमा ४० प्रतिशत राजस्वमा छुट दिने व्यवस्था गरेको छ । यसले महिलाको जग्गाजमिनमा पहुँच बढाउन मदत पुगेको छ । लै·िकरूपमा बजेटलाई सुनिश्चितता प्रदान गर्न सरकारले केही वर्ष यतादेखि महिला विकास कार्यक्रम, एकल महिला, कर्णाली क्षेत्रमा ६० वर्ष पुगेका महिला, लोपोन्मुख जातिका जुनसुकै उमेर समूहका महिला र ७० वर्ष उमेर पुगेका सबै महिलालाई मासिक पाँच सय रुपियाँ दिने घोषणा गर्दै आएको छ । त्यो रकम प्रत्यक्षरूपमा महिलाको हातमा पुग्ने हुँदा यो कार्यक्रम महिला उत्थानका लागि कोशेढु·ा साबित हुने विश्वास सरकारको छ ।
    यसैगरी लै·िक दृष्टिकोणले मानव विकास सूचकाड्ढका आधारमा पछाडि परेका १५ जिल्लामा सामाजिक, आर्थिक र कानुनीरूपमा सशक्तीकरण गर्ने कार्यक्रम, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, जाजरकोट, सल्यान, दैलेख, दार्चुला र कञ्चनपुरमा बसोबास गर्दै आएका बादी समुदायका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि विशेष कार्यक्रम र घरेलु हिंसाबाट महिलालाई परेको पीडा र दु:ख  न्यूनीकरण र त्यस्ता महिलाहरूको पुनस्र्थापनका लागि महिला विकास गृह स्थापना जस्ता कार्यक्रमहरूमा सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । गरिबी निवारण कोषको कार्यक्रम सञ्चालन गर्दा महिला उपभोक्ता समूहलाई विशेष प्राथमिकता दिने नीति सरकारले लिएको छ । त्यस्तै आमा र नवजात शिशु स्याहारका लागि विपन्न, दलित, आदिवासीका परिवार तथा कर्णाली अञ्चलका सबै परिवारमा पाँच वर्ष मुनिका दुईजना बालबालिकाको पोषण खर्चस्वरूप मासिक दुई सय रुपियाँका दरले उपलब्ध गराउँदै आएको छ । महिला रोजगारी र सीप विकास कार्यक्रम विस्तार एवं निरन्तरताका लागि आवश्यक बजेट छुटयाइएको हुन्छ भने आङ खस्ने समस्याबाट पीडित महिलाहरूको उपचारका लागि विशेष शिविर सञ्चालन गर्ने नीतिसमेत सरकारले लिदैं आएको छ । त्यस्तै अस्पतालहरूमा चौबीसै घण्टा प्रसूति सेवा सञ्चालन गर्ने, पूर्वाधार पुगेका उपस्वास्थ्य चौकीहरूमा प्रसूति केन्द्र स्थापना गर्ने, प्रसूतिपूर्व नियमित चेकजाँच गराउन आउने महिलाहरूलाई यातायात खर्चको अलावा थप चार सय रुपियाँ उपलब्ध गराउने नीति सरकारको छ ।
    यसरी सरकारले लै·िक उत्तरदायी र समावेशी बजेट बनाउनका लागि थु्रपै नीति, योजना र कार्यक्रम अगाडि सारेको छ तर ती कार्यक्रमको कार्यान्वयनको पाटोलाई हेर्ने हो भने प्रभावकारी हुन सकेको छैन । यसका लागि आम नेपाली महिलामा लै·िक उत्तरदायी र समावेशी  बजेटबारे व्यापक जनचेतना जगाउनुपर्दछ । लै·िक उत्तरदायी तथा समावेशी बजेटका लागि सरकारले प्रत्येक वर्ष प्रत्यक्ष वा अप्रत्यक्षरूपमा बजेट विनियोजन गर्दै आएको पनि छ । तर पनि सरकारले बजेटलाई पूर्णरूपमा लै·िक उत्तरदायी र समावेशी बनाउन सकेको छैन । जसले गर्दा मुलुकको समावेशी आर्थिक विकासमा थुप्रै समस्या र चुनौतीहरू देखापरेका छन् । विगत एक दशकको सरकारी बजेटलाई विश्लेषण गरेर हेर्ने हो भने १५ देखि २० प्रतिशतको हाराहारीमा मात्र लै·िक उत्तरदायी तथा समावेशी बजेट आउन सकेको छ । वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनले अगामी वर्षदेखि सामाजिक भेदभाव विरुद्ध कार्यक्रम तथा योजनाका लागि ३३ प्रतिशत बजेट बिनियोजन गर्ने बताएका छन् । यसले पनि सरकारी बजेट लै·िक उत्तरदायी तथा समावेशी बजेटको रूपमा प्रस्तुत हुन नसकेको पुष्टि हुन्छ ।
    महिला सम्बन्धी सबै प्रकारको भेदभाव अन्त्य, लै·िक कार्यक्रम र सहस्राब्दी विकासको लक्ष्यमा जाहेर गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता, ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने, ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने तथा स्थानीय निकायमा २० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने जस्ता राष्ट्रिय प्रतिबद्धता पूरा गर्न समतामूलक नतिजा र फाइदाका लागि लै·िक उत्तरदायी तथा समावेशी बजेटको अवधारणा थोरै भए पनि सरकारले निरन्तरता दिने प्रयास गरेको छ । यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्दछ तर त्यतिले मात्र पुग्दैन, यसलाई अझ बढी प्रभावकारी बनाउनका लागि प्राथमिकता प्राप्त कार्यक्रमहरू कार्यान्वयन गर्न पुग्नेगरी बजेट विनियोजन र खर्चको सुनिश्चितता गर्नुपर्छ ।
    कृत्रिम कुरा गरेर शदीयौंदेखि उत्पीडन र राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित महिलाहरूलाई विकासको मूल प्रवाहमा नल्याउने हो भने नेपालीले खोजेको समुन्नत नयाँ नेपालको निर्माण हुन सक्दैन, त्यसैले विकास निर्माणका हरेक तहमा महिलाहरूको समान सहभागिताका लागि नारी सशक्तीकरण कार्यक्रमलाई ग्रामीण तहसम्म विशेष प्राथमिकताका साथ लग्नुपर्ने हुन्छ । यसका लागि लै·िक उत्तरदायी र समावेशी बजेटको प्रभावकारी कार्यान्वयन र यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वयलाई थप सशक्त बनाउँदै लग्नुपर्ने आवश्यकता छ ।
 कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लै·िक उत्तरदायी र समावेशी बजेट
लै·िक उत्तरदायी र समावेशी बजेट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEho6KR_9zyEp9CIUVPZPT5RAzbr0FVtAr6-Ako6Bc_xG9EWuK0bY-wdCKLCFgfXvqM_F_LiyqQ65K6MGf0EVO5XgY_dQOoIykTcMqpLl1ikZQG_jMPB6GHD8jy_sZ-k9I1mlpWvIy2LgDU/s200/shital.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEho6KR_9zyEp9CIUVPZPT5RAzbr0FVtAr6-Ako6Bc_xG9EWuK0bY-wdCKLCFgfXvqM_F_LiyqQ65K6MGf0EVO5XgY_dQOoIykTcMqpLl1ikZQG_jMPB6GHD8jy_sZ-k9I1mlpWvIy2LgDU/s72-c/shital.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/07/blog-post_8017.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/07/blog-post_8017.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy