प्रस, वीरगंज, १५ साउन/
वीरगंज उपमहानगरपालिका कर्मचारीहरूको आन्दोलन आज चौथो दिन पनि जारी रह्यो ।
स्थानीय निकाय कर्मचारी सङ्घ र नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले संयुक्तरूपमा सञ्चालन गरेको आन्दोलन आज केही फरक ढ·ले सञ्चालन भयो ।
नगरपालिकाको एक्साभेटर, टयाक्टर र अन्य सवारी साधनहरूसमेत सहभागी गराइएको विरोध जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
सवारी कर, पटके सवारी कर र पार्किङ शुल्क सम्बन्धी माग लिएर जारी नगर कर्मचारी आन्दोलनमा जिल्ला विकास समिति पर्साका कर्मचारीहरूले पनि एक्यबद्धता जनाएका छन् । एक्यबद्धता जनाउँदै जिविस कर्मचारीहरूले आज जिविस पर्साका सम्पूर्ण काम कारबाई ठप्प पारेका थिए ।
नगर कर्मचारीहरूको आन्दोलनका कारण नगर क्षेत्रको फोहर मैला आज पनि उठाइएन । पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला नियमित तीन दिने बिदा मनाउन आजै काठमाडौंतर्फ गएका छन् । आन्दोलित कर्मचारीहरूले भने प्रजिअले समस्या समाधान गर्न नचाहेको आरोप लगाएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका वीरगंज एकाइका कावा अध्यक्ष किशोर सिंह राजपूत, स्थानीय निकाय कर्मचारी सङ्घका एकाइ अध्यक्ष मुकेश गुप्ता र स्थानीय निकाय कर्मचारी सङ्घ, नेपाल जिल्ला कार्यसमिति पर्साका कोषाध्यक्ष वाल्मीकि साह रौनियारले विज्ञप्ति प्रकाशित गरी समस्यालाई वार्ता र सहमतिद्वारा निकास दिन सम्बन्धित पक्ष समक्ष आग्रह गरेको छ ।