प्रस, रौतहट, १५ साउन/
जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले महिला स्वास्थ्य स्वयंसेविकामार्फत् वितरण गर्नुपर्ने औषधिहरू समयमा नदिएको कारण रोगीहरू मर्कामा परेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिई औषधि दिनुपर्नेमा तालिम समेत समयमा नदिएकोले मर्का परेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्थानीय महिला स्वयंसेविकालाई अनिवार्य चौमासिक गोष्ठी, एकीकृत बालरोग सम्बन्धी दुई दिने तालिम दिनुपर्नेमा हालसम्म नपाएको स्वयंसेविकाहरूले गुनासो गरेका छन् ।
महिला स्वयंसेविकाहरूले २०६८/६९ सालको पहिलो चार महिनामा पाउनुपर्ने तालिम हालसम्म नपाएको महिला स्वास्थ्य स्वयंसेविका सङ्घ रौतहटकी अध्यक्ष बिन्दा न्यौपानेले बताएकी छन् । गाउँका महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत् वितरण गराउनुपर्ने जीवन जल, कोट्रोम बी नामक औषधि हालसम्म जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध नगराएको कारण औषधि ग्रामीण भेगमा पुग्न सकेको छैन । तर उक्त औषधिको खरिद र बिल फछर्योट भइसकेको थाहा हुन आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, रौतहटमा हुने गरेको अनियमितताबारे वार्ता कमिटी तथा छानबिन कमिटी गठन भई कामकाज अगाडि बढाइरहेको संयुक्त सङ्घर्ष स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष उमाकान्त झाले बताए ।