- चन्द्रकिशोर
मधेस र मधेसीलाई केन्द्रीय तत्त्व मानेर पुस्तक लेखनको काम अत्यन्त अल्प भएको छ । यसमा दुईटा धार छन् । एउटा राजनैतिक उद्देश्यका साथ नियोजित पुस्तक लेखनको काम, दोस्रो सोधकर्मीका रूपमा पुस्तकको प्रस्तुति । सोधकर्मीका रूपमा पुस्तकहरू स्वदेशी र विदेशी दुवैथरीबाट आएका छन् । जुन समाजबारे जति बढी लेखिएको छ, शोध भएको छ, त्यो समाजलाई अगाडि ल्याउन लेखकहरूको योग्दानको ठूलो हिस्सा हुन्छ । जातीय, भाषिक तथा क्षेत्रगत समुदायबाट राज्यप्रदत्त विभेदविरुद्ध र राज्ययन्त्रमा न्यायपूर्ण सहभागिताका लागि आवाज उठाएको नेपालकै पहिलो क्षेत्र मधेस हो तर मधेसी विद्रोहले पारेको सामाजिक, आर्थिक र राजनीतिक असरहरूबारे बहुकोणीय अध्ययनका साथ प्राज्ञिक पुस्तक आएको छैन । मधेस केन्द्रित प्राज्ञिक तहमा शोधहरूको अत्यन्त खाँचो छ । भन्ने हो भने मधेस शोधार्थीहरूका लागि उर्वर मैदान रहेको छ । फ्रेडरिक गेजले चार दशक पहिले लेखेका ‘रिजनलिज्म एन्ड नेशनल युनिटी इन नेपाल’ विदेशीहरूले लेखेको तराई केन्द्रित कोसेढु·ा पुस्तक मानिन्छ, तर मधेसी विद्रोहपछि नेपालमा त्यसको पुनप्र्रकाशन गरिंदा त्यो पुस्तक खासै बिक्री भएन । त्यस्तै सोसल साइन्स उनले पाँच वर्ष पहिले ‘मधेस समस्या र सम्भावना’ पुस्तक निकालेका थियो भन्ने कति बौद्धिक वर्गलाई थाहा छ ? त्यतिखेर मधेसजस्तो सार्है थोरै मात्र अध्ययन गरिएको र कमै मात्र छलफल हुने विषयमा यो पुस्तक एउटा गहकिलो सामग्री थियो ।
इतिहासमा कतैपनि त्यस्तो समाज उँभो लागेको छैन, जहाँ सांस्कृतिक र साहित्यिक प्रयासहरू भएका छैनन् ? कतैपनि यस्तो भेटिंदैन भने के हामी पहिलोपटक यस्तो गर्न खोज्दैछौं त ? केवल राजनीतिकर्मी र राजनीतिलाई आलोचना गरेर समाज विकसित हुन सक्दैन । तराईमा विविधता छ र यहाँ अनेकौं प्रयत्नहरू पनि भइरहेका छन्, तर फर्केर हेर्ने हो भने मधेसी समाजबारे थोरै लेख्ने काम भएका छन् । जे जति नाराहरू देखिएका छन्, त्यसैको सेरोफेरोमा प्राय: अखबारी आलेखहरू लेखिएको पाइन्छ जबकि मधेसमा मुद्दाहरूको प्रकटीकरणले क्रमिकरूपमा विस्तृत आयतन लिदैं गएको छ । थोरै व्यक्तिहरूले मात्र मधेस सन्दर्भमा लेख्ने चासो देखाएका छन् । केन्द्रीय पत्रकारितामा बल्लबल्ल आएर ‘तराई’ एउटा बीटको रूपमा देखा पर्न थालेको छ । गैरमधेसी पत्रकारहरू पनि मधेसी बीट सम्भालेका छन् । यो राम्रो व्यावसायिक पक्ष हो । जो पत्रकार तराई बीटमा आफूलाई उभ्याएका छन् तीमध्ये पनि दुई धार छ । एउटा व्यावसायिक पत्रकारको रूपमा प्रस्तुत हुने, दोस्रो अधिकारकर्मीको रूपमा आग्रहयुक्त प्रस्तुति गर्ने । व्यावसायिक पत्रकार मधेसलाई अहिलेको बिकाउ बीटको रूपमा प्रयोग गर्दै आफूलाई स्थापित गर्ने प्रयत्नमा लागेका छन् भने अधिकारकर्मीका रूपमा देखापर्नेहरू सामुदायिक न्यायको सङ्घर्षमा कलमका सिपाहीका रूपमा आफूलाई प्रस्तुत गर्ने गर्छन् । तर जे जसरी भएपनि तराई बीटलाई स्वीकार गरेर पत्रकारितामा लाग्नेहरूको लाम ठूलै हुन लागेको छ ।
अखबारी लेखन मधेससँग जोडिएको एउटा पाटो हो तर समाजलाई समुन्नत बनाउन तथा न्यायको खोजीको क्रमलाई सन्तुलित बनाउन प्राज्ञिक कार्यको खाँचो छ । केवल राजनीतिक नाराहरूलाई बोकेर कार्यपत्र लेख्नु, स–साना पुस्तिकाहरू प्रकाशन गर्नु भनेको ‘मामा नहुनुभन्दा कानो मामा निको’ मात्र हो । यसलाई विडम्बना नै मान्नुपर्छ कि मधेसका प्राध्यापकहरूमा मधेस केन्द्रित अनुसन्धानप्रति उदासीनता रहेको छ । बरु औंलामा गन्ने नै सही, केही गैरमधेसीहरूले नै गम्भीर अनुसन्धानको क्रम थालेका छन् । आवश्यकता छ मधेसको इतिहास, सामाजिक विकास, अर्थतन्त्र, आप्रवासन, खुला सिमाना, दाताहरूको सहयोग, आन्दोलनको रसायन, भूराजनीति, अधिकारको राजनीति, केन्द्रीय राजनीतिमा पहुँच, सामाजिक विविधता र सम्मिलीकरण, नागरी संस्कृतिको विकास र त्यसका आयामहरू जस्ता अनेकौं पक्षबारे प्राज्ञिक अध्ययनको खाँचो छ ।
विभिन्न गैरसरकारी संस्थाहरू मार्फत् पनि अध्ययन हुने गरेका छन् तर त्यसको ठूलो हिस्सा पहाडी क्षेत्रबारे छ । मधेससँग जोडिएका तमाम पक्षहरूबारे अहिले पनि ठूलो रिक्तता छ । सामग्रीहरूको खोजी गर्दा सन्दर्भहरू फेला पार्नु अत्यन्त दुष्कर हुन्छ । मधेस भनेको नेपालका लागि जनघनत्व भएको, फरक भूगोल भएको तथा दक्षिण एसियाका खुला सिमाना भएको अन्तर्राष्ट्रिय सेतु पनि हो । यसका लागि राष्ट्रियस्तरमैं पहलको खाँचो छ । प्राज्ञिक अध्ययन भन्नु सजिलो छ तर त्यसका मान्यताहरूको अनुपालन अत्यन्त गार्हो छ । त्यसो त राजनीतिक खेतीकै नाममा लेख्नेहरू हौंसिएका छन्, कमसेकम मौन रहनुभन्दा बोल्नुलाई राम्रो मान्नुपर्छ । हुनत थारूबारे पनि थोरै काम भएका छन् तर जे जति भएका छन् तुलनात्मक रूपमा थोकमा मधेसभन्दा बढी भएका छन् । त्यस्तै सन्थाल र राजवंशीबारे केही काम भएका छन् ।
केन्द्रीय अखबारका पानाहरू पल्टाउँदा प्राय: मधेसीहरू यो छैन, त्यो छैन भनेर गुनासा गरिरहेका हुन्छन् । उद्योगका रूपमा स्थापित भइसकेको नेपाली मिडियाले बजार–केन्द्रित सामग्री पस्कनु उसको स्वार्थ हो । यहींनिर प्रश्न उठ्छ तराईका मधेसीबहुल क्षेत्रमा पत्रिका किन्ने र पढ्ने कतिको बानी छ ? त्यस्तै केन्द्रीय अखबारहरूको खपत कतिको छ ? पाठक प्रतिक्रिया लेख्ने कतिको सोच छ ? मधेसीहरू जबसम्म अखबारका लागि थोक बजार बन्दैनन् तबसम्म उनका रुचिका कुराहरू कम फेला पर्नु अनौठो होइन । छिमेककै पश्चिम ब·ालमा पुस्तक संस्कृतिको गहिरो जग बसेको छ । मधेसमा जबसम्म पढ्ने र लेख्ने आन्दोलन हुँदैन, यो समाज उँभो लाग्दैन । खासगरी मधेसका युवाहरूले यो पक्षलाई बुझ्न जरुरी छ । चार–पाँच दशक पहिले तराईका प्रमुख बजारहरूमा गतिला पुस्तकालयहरू थिए, ती पुस्तकालयहरू लगनशील युवाहरूले सञ्चालन गरेका थिए । तीमध्ये कैयौं पुस्तकालयले त राष्ट्रियस्तरमैं चिनारी पाएका थिए, तर तीमध्ये आज धेरै पुस्तकालयहरू बन्द भइसके वा जनकपुरको रेल जस्तै छुकुछुकु हिड्दै छन् ।
अहिले पनि यस्ता पेशाकर्मीहरूको कमी छ जो उपहारमा पाएका पुस्तकलाई पनि गम्भीरतापूर्वक पढून् । यहाँनिर दुईटा कुरा छ, एउटा त गम्भीर पाठकको ठूलो सङ्ख्या भयो भने लेखकहरूको बढोत्तरी हुन्छ वा मधेस र मधेसीको अन्तर्राष्टिूय रणनीतिक महत्त्व हुन्छ त्यतिखेर लेख्नेहरूको घुइँचो लाग्छ । “आउने दिन मधेसबारे मधेसीहरू स्वयंले बरु न पढे पनि उनका बारे लेखिदिने लेखकहरू थपिंदै जाने छाँटकाँट देखा पर्न थालेको छ, किनभने अन्तर्राष्ट्रिय चासो जो थपिंदै छ, अमेरिकाली शोध छात्रा क्रिस्टेन जिपरर बताउँछिन्” ।