- उमाशड्ढर द्विवेदी
रखिया बन्हाल भइया सावन आइल...रक्षाबन्धनको अवसरमा भोजपुरीभाषी क्षेत्रमा दिदीबहिनीहरूले गाउने गीत हो यो । साउनको शुक्लपक्ष पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाइन्छ । जसमा दिदीबहिनीहरूले आफ्ना दाइभाइहरूलाई आफ्नो इज्जत, मान, मर्यादा र सम्मानको रक्षा गर्ने कुराको सम्झना गराउने प्रतीकको रूपमा काँचो धागोको रक्षासूत्र बाँध्ने चलन परापूर्वकालदेखि परम्पराको रूपमा चलिआएको देखिन्छ । साउनको महिनामा विवाहिता वा कुमारी केटीहरूको मन प्राणमा यस अवसरको सुदीर्घ प्रतिक्षा रहेको हुन्छ । उनीहरूको मनमा सावन कहिले आउने, अझ पूर्णिमा कहिले आउने भन्ने कौतुहलता उत्पन्न भएको हुन्छ । तिनीहरूले औंलामा दिन गनेर समय बिताइरहेका हुन्छन् । हुनत व्रत पर्व नागपञ्चमीदेखि नै शुरु भइसकेको हुन्छ । नागपञ्चमीपछि साउन शुक्ल सप्तमी वा नवमीको दिन कुलदेवताको वार्षिक पूजाअर्चना हुन्छ । साउन शुक्ल नवमी कै दिन ‘बेलपानी’ भन्ने पर्व महिलाहरूले मनाउने गर्दछन् । यस पर्वको अवसरमा विवाहिता र कुमारी केटीहरू चाहे ती छोरी वा बुहारी नै किन नहोऊन् राति खाना खाइवरी हातमा मेहँदी सजाएर लगाउने गर्दछन् । यस दिन गाई, भैंसी तथा बाख्राबाख्रीहरूलाई पनि मेहँदीको थोपो लगाइदिने चलन रहेको पाइन्छ । बेलपानी नामक पर्वको अवसरमा प्राय: पुरुषहरूको कान्छी औंलाको टुप्पोमा महिलाहरूले मेहँदीको थोपो लगाइदिने गरेको पाइन्छ । साउन शुक्ल एकादशीदेखि चतुर्दशीसम्म गाउँमा ग्रामदेवताको भव्य पूजाअर्चना हुन्छ तथा पूर्णिमाको दिन त लामो समयदेखि प्रतिक्षा गरिएको महान् प्रेमपर्व रक्षाबन्धनको म·लमय अवसर हुन्छ ।
रक्षाबन्धनको दिन एकाबिहानै दिदीबहिनीहरूले नुहाइधुवाइ पवित्र भई थालमा आरती, मुख मिठयाउनका लागि यथाउपलब्ध मिठाइ तथा रक्षासूत्र सजाएर दाइभाइको प्रतिक्षामा निराहार बसिरहेका हुन्छन् । भोको पेट नै रक्षाबन्धन गर्दा दाइभाइको सुख, समृद्धि र ऐश्वर्यमा वृद्धि हुन्छ भन्ने धार्मिक जनविश्वास रहेको पाइन्छ । दाइभाइ पनि रक्षाबन्धन नहुँदासम्म निराहार नै बस्नुपर्दछ भन्ने बूढापाकाहरूको भनाइ रहेको पाइन्छ । दाइभाइहरूले नुहाइधुवाइ सकेपछि दिदीबहिनीहरूले सर्वप्रथम निधारमा म·लसूचक रातो टीका लगाएर रक्षाबन्धन बाँधी आरती देखाउँछन् । मिठाइ ख्वाएर मुख मिठयाउँछन् । दाइभाइहरूले गच्छेअनुसारको दानदक्षिणा दिन्छन् । यसप्रकारले रक्षाबन्धनको सम्पूर्ण कृत्य पूर्ण हुन्छ । घरमा सो अवसरमा मीठा–मीठा परिकारहरू बनाइएका हुन्छन् । दाजुभाइ, दिदीबहिनी जम्मैजना एकैसाथ बसेर आनन्द र उम·का साथ ठट्टा गरेर ठूलो अपनत्वका साथ खाना खान्छन् । यस अवसरमा विवाहिता दिदीबहिनीहरू आफ्नो घरबाट माइती आएका हुन्छन् तथा आउन नभ्याउने दिदीबहिनीहरूको घरमा दाइभाइ आपैंm पुग्ने गरेका पाइन्छन् । जुन दिदीबहिनीको आफ्नो दाइभाइ वा जुन दाइभाइको आफ्नो दिदीबहिनी हुँदैन तिनीहरू धर्म दाइभाइ वा धर्म दिदीबहिनी बनाइ रक्षाबन्धन गर्ने गर्दछन् । इतिहासमा त कैयन शत्रुहरूलाई शत्रु पक्ष कै दिदीबहिनीहरूले रक्षाबन्धन गरी शत्रुताको अन्त्य गरिदिएको उदाहरणहरू छन् ।
यो परम्परा कहिलेदेखि चलेको हो भन्ने कुरा स्पष्ट नभए पनि धेरै पहिलादेखि रक्षाबन्धनको परम्परा चलिआएको देखिन्छ । पुराना दिनहरूमा यस अवसरमा काँचो सूतको रक्षाबन्धन कुलका गुरुपुरोहितहरूले गरिदिन्थे । यस अवसरमा गुरुपुरोहितहरू जजमानहरूका घरदैलोमैं गएर येन बद्धो बली राजा दानवेन्द्रो महाबल: । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। भन्ने मन्त्र पढ्दै नाडीमा रक्षासूत्र बाँध्ने गर्दथे तथा जजमानहरूले गुरुपुरोहितहरूलाई दानदक्षिणा तथा सामल दिएर पठाउँथे । गुरुपुरोहितहरूलेत्यसप्रकारले रक्षाबन्धन गरिदिंदा श्रीर्वर्चस्वमायुष्यमारोग्यमाविधाच्छोभमानं महीयते । धनं धान्यं पशुं बहुपुत्रलाभं शतसंवत्सरं दीर्घमाय: ।।
अर्थात् जजमानको श्री, वर्चस्व, आयुष्य, आरोग्य, धन, धान, पशु, धेरै पुत्रहरू तथा सय वर्षको दीर्घ आयु प्राप्त होस् भनी आशीर्वचन दिने गर्छन् ।
हिन्दू धर्ममा वर्तमान समयमा व्रत पर्वहरूमा पूजाअर्चना र सांस्कृतिक परम्पराहरूको साटो आडम्बर तथा वैभव प्रदर्शन जस्ता कुरीतिहरूले व्रत पर्वहरू सर्वसाधारणका पहुँचबाट टाढा हुँदै गएको पाउँछौं ।