प्रस, वीरगंज, ११ साउन/
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन वीउमनपा एकाइ र स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल वीरगंजले आज संयुक्तरूपमा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै सवारीकर सम्बन्धमा चौबीस घण्टाभित्र निर्णय नगरिए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
वीरगंज भन्सार कार्यालयमा खटेका सशस्त्र प्रहरी नायब उपरीक्षकको निर्देशनमा साउन ६ गतेदेखि शड्ढराचार्य गेटमा वीउमनपाको सवारी कर रोक्का गरेकोमा आम्दानीको ठूलो स्रोत गुम्ने भन्दै कर्मचारीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
साउन १ गतेदेखि लगाइएको सो कर ५ गतेसम्म बिना अवरोध सड्ढलन भइरहेकोमा त्यसउप्रान्त सप्रनाउको निर्देशनमा रोक्का गरिएकोमा आपत्ति जनाइएको हो । एसोसिएसनका कावा अध्यक्ष किशोर सिंह र सङ्घका अध्यक्ष मुकेश गुप्ताले नगरपालिका क्षेत्रमा आफ्नो लगानीमा निर्माण गरेको सडकमा कर उठाउन पाउने स्थानीय स्वायत्त शासन ऐन, नियमावलीमा व्यवस्था भए अनुरूप ठेक्का दिने काम भएकोमा सरकारको शान्ति सुरक्षा सम्बन्धी जिम्मेवार निकायबाट कर सड्ढलनमा बाधा पुर्याउनु आपत्तिजनक भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनमा प्रजिअसमक्ष सरोकारवाला पक्षबीच समन्वय गराई सवारी कर असुलीमा सहयोग पुर्याउन गरिएको लिखित तथा मौखिक आग्रह निष्कर्षमा नपुगेको र नगरपालिकाको प्रमुख स्रोत सवारीकर असुली रोक्का हुँदा समग्र नगरको विकास निर्माण र वीरगंजको भविष्यसँग गाँसिएको झन्डै तीन अर्बको एकीकृत मझौला शहरी विकास आयोजना, सरसफाइ, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सेवासमेत प्रभावित हुने हुँदा कर्मचारीहरू मूकदर्शक बनी बस्न न सकेर आन्दोलनमा जानुपरेको उल्लेख छ ।
ज्ञापनमा चौबीस घण्टाभित्र सवारीकर सड्ढलनको वातावरण सिर्जना नगरिए सम्पूर्ण कर्मचारी शान्तिपूर्ण आन्दोलनमा लाग्ने जनाइएको छ । वीउमनपाले सवा तीन करोडमा ठेक्का दिएको सवारी कर सड्ढलन केन्द्रमध्ये शड्ढराचार्य गेटमा कर सड्ढलन गर्दा सवारी जाम हुने, सुरक्षामा प्रभाव पर्ने र नो म्यान्स ल्यान्ड रहेको भन्दै सशस्त्र प्रहरीले सवारीकर सड्ढलनमा रोक लगाएपछि विवाद सिर्जना भएको हो । सवारीकर ठेकेदारले भने सवारी कर सड्ढलनमा अवरोध सिर्जना भएसम्म कर भुक्तान नगर्ने भन्दै हिजो नपालाई
चेतावनी दिएपछि कर्मचारीहरू आजदेखि आन्दोलित भएका हुन् । कर्मचारीहरूले ठेकेदारलाई सात दिनभित्र समस्या सुल्झाउने आश्वासन दिएका छन् । प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएपश्चात् कर्मचारीहरूले साउन १२ गते १२ बजेदेखि वीउमनपाको सम्पूर्ण काम ठप्प हुने सञ्चारकर्मीलाई बताए । कर्मचारीहरूले वारुण यन्त्रबाहेक सरसफाइ सेवासमेत बन्द गर्ने बताएका छन् ।