प्रस, वीरगंज, १३ असार/
सार्वजनिक अतिक्रमण खाली गराउने वीरगंज उपमहानगरपालिका कार्यालय समेतले चलाएको अभियानविरुद्ध क्राउन प्लाजा होटलले पुनरावेदनमा दिएको निषेधाज्ञा आदेशको मुद्दा खारेज भएको छ। पुनरावेदनमा आज सो सम्बन्धमा चलेको दुवैतर्फका कानुन व्यावसायीहरूको बहसपछि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारीको इजलासले क्राउन प्लाजा होटलको मुद्दा खारेजको आदेश गरेको वीउमनपाका कानुनी सल्लाहकार राजेश्वर तिवारीले बताए। माननीय न्यायाधीशद्वय भट्टराई र भण्डारीको संयुक्त इजलासले क्राउन प्लाजाको हकमा अन्तरिम आदेश जारी गरेपनि सो मुद्दामा निषेधाज्ञा आदेश जारी नगर्ने गरी निवेदन खारेज गरेका हुन्।
वीरगंज उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा, सामुदायिक सेवा केन्द्रहरू, र जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेतको पहलमा सार्वजनिक अतिक्रमणविरुद्ध अभियान गत पुस १ गतेदेखि शुरु भएको थियो। सो क्रममा रेल्वेको अतिक्रमित जग्गामध्ये घण्टाघरदेखि उत्तर पावरहाउससम्मको एरिया खालि गराइएको थियो भने इनरबाइपासको केही भाग खाली गराइएको थियो। त्यस्तै भंसार एरिया अनि माइरामको पोखरीले चिनिएको ५ बिघ सार्वजनिक पोखरी अतिक्रमण खाली गराउने काम पनि भएको थियो। तर जिल्ला तथा पुनरावेदनबाट अन्तरिम आदेश ल्याएर अभियान कमजोर पार्ने काम भएपछि शिथिल गतिमा भइरहेको यो अतिक्रमणविरुद्ध अभियानले अब पुन: अदालतको आदेशपछि तीव्रता लिने भएको छ। वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरेले अतिक्रमणविरुद्ध अभियानले निरन्तरता पाउने बताइसकेका छन्। उनले निरन्तरता दिने क्रममा क्राउन प्लाजासँगैको बाँकी अतिक्रमित घरजग्गा खाली गराउने काम पनि गरी सकेका छन्। मेनरोडमा रहेको सो ठाउँमा सार्वजनिक नाला अतिक्रमण गरेर निर्माण कार्य गरिएको थियो। वीउमनपाकाको सो अभियानलाई सघाउँदै आएको प्रहरी, ट्राफिक र सामुदायिकले पनि वीउमनपाले अग्रसरता देखाउँदै जाने हो भने अतिक्रमणविरुद्ध अभियानलाई निरन्तरता दिने काममा साबिकझैं सहयोग उपलब्ध हुने बताएको छ।
यता वीउमनपाले इनरबाइपास पनि खाली गराउने अन्तिम कार्य पूरा गरिसकेको छ। इनरबाइपासमा पनि ९ जना रामकृष्ण उप्रेती, कञ्चन चौरसिया, श्रीधर पन्त, चन्देश्वरी पंजियार, सङगीता मानन्धर, दीपा श्रेष्ठ, प्रमोद गुप्ता, शोभा गुप्ता, श्याम क्षत्रीले पुनरावेदनबाट अन्तरिम आदेश गराएकोमा गत जेठ २३ गते सबैले मुद्दा हारिसकेका छन्। सो ठाउँ खाली गराउन पनि वीउमनपालाई अब सजिलो भएको छ। सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियानलाई मत्थर पार्न सार्वजनिक माइरामको पोखरीको अतिक्रमणमा परेका जग्गामध्ये १९ जनाले पर्सा जिल्ला अदालतमा दिएको निषेधाज्ञाको मुद्दा भने विचाराधीन छ। गएको तारिखमा वादी पक्षका कानुन व्यावसायीले पेशी सारेका कारण माइराम पोखरीको मुद्दाको सुनुवाइ असार १७ गते हुने भएको छ।