– डा. रवीन्द्रकुमार ठाकुर
आत्महत्याको इच्छा र आत्महत्या जनमासनमा आजभोलि आम कुरा भइसकेको छ । संसारभरिमा प्रतिमिनेट एकजना मान्छेले आत्महत्या गर्छ । विश्व स्वास्थ्य सङ्घको सन् २००० को आँकडा अनुसार प्रतिएक लाख मान्छेमा १६ जनाले आत्महत्या गर्छन् । केही दिन पहिले बिबिसीद्वारा प्रसारित समाचारअनुसार छिमेकी मुलुक भारतमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो र संसारको दोस्रो ठूलो आत्महत्या गर्ने देश पनि भारत हो । सन् २०१० मा भारतमा १ लाख ९० हजार मान्छेले आत्महत्या गरेका थिए । हाम्रो देश नेपालमा पनि यसपालि एसएलसीको नतिजा प्रकाशनपश्चात् केही किशोरकिशोरीले आत्महत्याको प्रयास र आत्महत्या गरेको समाचार ताजै छ । यसप्रकार हामी के देख्दछौं भने आत्महत्या गर्ने मान्छेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ र यो एक प्रकारको जनस्वास्थ्य समस्याको रूपमा विकसित भइरहेको छ । आत्महत्याबाट संसारको धनी वा गरिब कुनै पनि देश अछुतो छैन । यसले जाति, धर्म, समाजको सीमा नाघिसकेको छ । एक बुद्धिजीवीको नाताले मान्छे आत्महत्या किन गर्छ र यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे सोच्नु र जान्नु नितान्त जरुरी छ । आज म आत्महत्याबारे केही लेख्ने कोशिश गरिरहेको छु ।
मान्छेले आत्महत्या किन गर्छ ?
आत्महत्याका विभिन्न कारणहरू छन् । यसलाई सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक कारकको साथै जैविक कारकहरूले पनि कुनै न कुनै रूपमा प्रभाव पारिरहेको हुन्छ ।
कारकहरू:
उमेर: आत्महत्या उमेर बढ्दै गएपछि बढी हुने गर्छ । युवाहरू आत्महत्या गर्न कोशिश बढी गर्छन् तर बुढापाकाहरू आत्महत्यामा सफल बढी भएको पाइन्छ । तर विगत चालीस वर्षदेखि किशोरहरूमा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएको तथ्याड्ढ छ ।
लि·: महिला पुरुषभन्दा तीन गुणा बढी आत्महत्या गर्ने कोशिश गर्छन् तर पुरुष महिलाको तुलनामा तीन गुणा बढी सफल हुन्छन् । किनभने पुरुषले आत्महत्याको लागि क्रियाशील साधनजस्तै– अग्नेयास्त्र प्रयोग गर्दछन् ।
पेशा: खास पेशा भएको मान्छेले बढी आत्महत्या गरेको तथ्याड्ढ छ । जस्तै– चिकित्सक, किसान, विद्यार्थी ।
धर्म: धर्म संस्कृतिले पनि आत्महत्यामा प्रभाव पारेको छ । हिन्दू दर्शन अनुसार आत्मा अमर छ र मान्छेको मृत्युपश्चात् पुनर्जन्म हुन्छ । मुसलमानको तुलनामा हिन्दू तथा क्रिश्चियनले बढी आत्महत्या गरेको तथ्याड्ढ छ ।
विवाह: सफल वैवाहिक मान्छेको तुलनामा अविवाहित, सम्बन्ध विच्छेद, पारपाचुके, विधवाहरूले दुई गुणा बढी आत्महत्या गरेको पाइन्छ । त्यस्तै समलै·िक सम्बन्ध भएको मान्छेले बढी आत्महत्या गरेको पाइन्छ ।
रोजगार: रोजगार भएको मान्छेको तुलनामा बेरोजगार मान्छेले बढी आत्महत्या गरेको पाइन्छ ।
पारिवारिक पृष्ठभूमि: पारिवारिक कलह पनि आत्महत्याको प्रमुख कारण हो । यदि कसैको परिवारमा आत्महत्या भएको छ भने परिवारको अन्य सदस्यले ४० देखि ८० प्रतिशत आत्महत्या गर्ने सम्भावना बढी हुन्छ ।
दिन: पाश्चात्य मुलुकमा आइतवारको तुलना बुधवार र शनिवार आत्महत्या बढी भएको पाइन्छ ।
वंशानुगत: वैज्ञानिकहरूले आत्महत्याका लागि मुख्यरूपमा दुईवटा जीन ट्रिपटोफान हाइड्रोक्सिलेज आइ र सेरोटोनिन ट्रान्सपोर्ट जीनलाई दोषी ठहर्याएका छन् । यो जीन मान्छेको आवेगसँग सम्बद्ध छ भनिन्छ ।
साधनको उपलब्धता: आत्महत्याको साधन । जस्तै– विष, कीटनाशक औषधि इत्यादि सजिलैसँग उपलब्ध हुनु पनि कारकको रूपमा लिइन्छ ।
सञ्चारमाध्यमको प्रभाव: कहिलेकाहीं सिनेमा, टिभी सिरियलहरूको गलत बुझाइले पनि आत्महत्यामा प्रभाव पारेको छ ।
शारीरिक रोग: मान्छेले पीडा वा दुखाइ खप्न नसकेर कडाखाले रोगजस्तै क्यान्सर, एड्समा आत्महत्या गर्छन् ।
मानसिक तनाव: विभिन्न प्रकारको मानसिक तनावहरूले पनि आत्महत्यालाई बढावा दिइरहेको हुन्छ ।
मानसिक रोग: मान्छेले विभिन्न मानसिक रोगहरूका कारण आत्महत्या गरेको तथ्याड्ढ छ ।
उदासीनताको रोग– यो रोगमा मान्छेको सोचाइ नकारात्मक हुन जान्छ । उसले आफूलाई पृथ्वी र परिवारको बोझ ठान्न थाल्छ । मबिना परिवार सुखी हुन्छ भन्ने सोचाइ हुन थाल्छ । यसमा मान्छेले आफूलाई बेसहारा र आशाविहीन र चारैतिर अँध्यारो देख्न थाल्छ र आत्महत्या गर्छ । उदासीनतामा प्रत्येक ६ मृत्युमा एक मृत्यु आत्महत्याले गर्दा हुन्छ ।
स्किजोफ्रेनिया: यो रोगमा गलत भ्रम र अनुभूति हुन्छ । यसमा मान्छेले ऋयmmबलम जबििगअष्लबतष्यल र उयकत कअजष्शयउजचभलष्अ मभउचभककष्यल ले गर्दा आत्महत्या गर्छ । स्किजोप्ेरmनिया नियन्त्रण भएपछि मान्छेले ग्लानि महसुस गर्छ र आत्मस्वभिमानको कमी हुन्छ र आत्महत्या गर्छ ।
बोर्डर लाइन पर्सनालिटी डिसअर्डर– यसमा मान्छे उत्तेजना र आवेगले गर्दा आत्महत्या गर्ने कोशिश गर्छ ।
एनोरेक्सिया, नरभोस, पैनिक डिसअर्डर, रक्सी तथा लागू पदार्थ सेवनले पनि आत्महत्या गरेको तथ्याड्ढ छ । उदासीनता र स्किजेफ्रेनियामा उपचारमा ढिलासुस्ती र पूरै समयसम्म औषधि नखानु पनि यसको लागि प्रमुख कारण हो । मान्छेले आत्महत्या गर्न विभिन्न साधन प्रयोग गर्छ । जस्तै: झुन्डिनु, अग्नेयास्त्र प्रयोग गर्नु, माथिबाट हाम फाल्नु, डुबेर मर्नु र विष सेवन गर्नु तर आजभोलि एसियामा मान्छेले कीटनाशक पदार्थ सेवन गरेर बढी आत्महत्या गर्छ ।
आत्महत्या रोकथामका उपायहरू
– आत्महत्याको कडा जोखिममा रहेका मान्छेहरू पत्ता लगाउने र उसलाई सहयोग गर्ने ।
– बूढापाकालाई अपहेलना नगरी उसलाई मानसम्मान दिने ।
– आफ्नो पेशामा पूर्णतया सन्तुष्ट भएर बस्ने र सन्तुष्टिको वातावरण बनाउने ।
– आर्थिक स्थितिमा सुधार गर्ने तथा ग्रामीण र शहरी इलाकामा सरकारी र गैरसरकारी स्तरबाट रोजगारीको अवसर सिर्जना गर्ने ।
– हेल्पलाइनको व्यवस्था गर्ने । यदि कसैलाई केही परामर्श र सहायताको आवश्यकता पर्यो भने तुरुन्त मदत गर्ने ।
– विद्यालय तथा गाउँघरमा आत्महत्याको जोखिमसम्बन्धी जानकारी गराउने ।
– जनमानसमा मानसिक रोगबारे जनचेतना जगाउने र उपचारको लागि व्यक्तिगत तथा सरकारी स्तरबाट प्रयास गर्ने ।
– जनसञ्चार माध्यमबाट आत्महत्या घटाउन प्रचारप्रसार गर्ने ।
– आत्महत्याको साधन हटाउने तथा त्यसमा सजिलै पहुँच हुन नदिने ।
– आत्महत्या गर्ने मान्छेलाई पूर्णतया रेखदेखमा राख्ने ।
– स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिने ।
अन्त्यमा म के भन्न चाहन्छु भने धार्मिक दृष्टिकोणले पनि आत्महत्याभन्दा ठूलो पाप केही छैन र आत्माले कहिले पनि शान्ति पाउँदैन । अत: आत्महत्याबारे सोच्नु पनि बेकार हो । यदि समाजको विभिन्न पक्षबाट सार्थक प्रयास भयो भने आत्महत्याको दर अवश्य कम गर्न सकिन्छ त्यसैले सबै पक्षबाट प्रयास हुन जरुरी छ ।