प्रस, वीरगंज, १३ असार/
जिल्ला प्रहरी कार्यालय पर्सामा थुनामा रहेका अभियुक्तहरूमध्ये ८० प्रतिशत लागू औषध मुद्दाका अभियोगी रहने गरेको बताइएको छ। हाल पर्सा प्रहरीको हिरासतमा ८४ जना रहेकोमा ६२ जना केवल लागू औषध मुद्दामा पक्राउ परेका पर्सा प्रहरीको प्रवक्ता प्रनाउ रवीन्द्र केसीले बताए। उनले लागू औषध मुद्दामा पनि गैरजिल्लावासी रहने गरेका बताए। खासगरी मकवानपुर, धादिङ, काठमाडौंका युवा रहने गरेका छन्। पर्सामा पक्राउ पर्नेहरूमा खासगरी गाँजाका कारोबारी छन् भने गैरजिल्लावासीहरू लागू औषध चरेस, ब्राउनसुगर, टिडिजेसिक, नाइट्रोजेपाम, लुपिकजेसिक, डाइजेपाम आदिको कारोबारमा संलग्न देखिएका छन्।
लागू औषध मुद्दाका अभियोगीहरू नहुने हुन् भने जिल्लाको थुनुवा कोठा प्राय: खाली रहने थियो। प्रवक्ता केसी सो कुरा स्विकार्छन्। उनी भन्छन् वास्तवमा लागू औषधका अभियुक्तहरूको गणना नगर्ने हो भने थुनुवाकक्ष प्राय: खाली हुने थियो। लागू औषध मुद्दाका अभियुक्तहरूलाई सबैभन्दा बढी ९० दिन अनुसन्धानमा राख्न सकिन्छ। अन्य मुद्दामा बढीमा २५ दिन मात्र। लागू औषध खासगरी सीमापारी भारत रक्सौलबाट आउने गर्छ। रक्सौलमा ब्राउनसुगरबाहेक टीडिजेसिक नाइट्रोजेपामजस्ता नेपालमा प्रतिबन्धित औषधिहरू खुलेयाम बिक्री हुनाले समस्या भएको हो। चिकित्सकको सल्लाहमा पूर्जीवालालाई मात्र सो औषधि उपलब्ध गराउने हो भने सीमापारी रक्सौलबाट हुने यो कारोबारमा केही कमी आउने थियो। पर्साका प्रहरीका प्रवक्ता केसी सोबारे रक्सौल प्रहरीलाई बेला–बेलामा अवगत गराउँदै आएको बताउँछन्। केही वर्ष पहिले सीमा सुरक्षा अधिकारीहरूको बैठक हुँदा पर्सामा हुने गाँजाखेती र मकवानपुरबाट भित्रिने गाँजा चरेसबारे भारतीय अधिकारीहरूले कुरा उठाउने गरेका थिए भने नेपाल प्रहरीले ब्राउन सुगर, टीडिजेसिकलगायत लागू औषधबारे कुरा उठाउने गर्दथे। पर्सा प्रहरीको सक्रियतामा गाँजाखेती नियन्त्रित भएपनि भारतबाट आउने लागू औषधमा भने कुनै कमी आएको छैन। पर्सा प्रहरीले गत एक वर्ष मात्र तीन सय चौधजनालाई लागू औषध मुद्दामा पक्राउ गरेको बताएको छ।
पक्राउ परेकाहरूमध्ये एकाध प्रतिशत मात्र जिल्लाका गाँजा कारोबारी भएका बाँकी सीमापारी रक्सौलबाट ब्राउन सुगर, नाइट्रोजेपाम, टीडिजेसिकलगायत लागू औषध कारोबारी रहेका छन्।