सञ्जय साह ‘मित्र’
दार्शनिकहरू के भन्छन् भने मानिसलाई शिक्षाको आवश्यकता नै पर्नु नपर्ने हो। उसले आफू मानव हुँ भन्ने कुरा बुझे भयो। मानवले आफूलाई बुझेर मानवतानुकूल कार्य गने सके उसलाई शिक्षाको जरुरत छैन। तर प्राविधिक ज्ञान भने चाहिन्छ। त्यो प्राविधिक ज्ञान हरेक युगानुकूल हुनु आवश्यक हुन्छ। वास्तवमा शिक्षा त जीवनको मार्गबाट भट्किनेहरूलाई जीवनको सही मार्गमा ल्याउनका निम्ति हुनुपर्छ। जसरी जेलको अवधारणा सही मार्गबाट गलत मार्गमा हिंडेकालाई सुधारका लागि आएको मानिन्छ, त्यसरी नै शिक्षाको अवधारणा आएको मानिन्छ। शिक्षाले जीवनमा नवीनता ल्याउनु पर्छ र वर्तमानमा शिक्षा अनिवार्य भएकोले अब शिक्षाको अर्थ कम्तीमा जीवनका लागि आवश्यक कुराको जानकारी प्राप्त गरेको बुझ्नुपर्ने भएको छ।
समाजमा अब पढेलेखेका मानिसको सङ्ख्या बढेको छ र यो क्रम निरन्तर जारी छ। समाजका सदस्यहरूमा एकातिर शिक्षाको स्तर बढिरहेको देखिन्छ भने अर्कोतिर विभिन्न संस्थाहरूको सहयोगमा सधैंभरि भइरहने तालिम र प्रशिक्षणले चेतनाको स्तर पनि बढेको देखिन्छ। शिक्षा र चेतना बढिरहेको वर्तमान अवस्थामा अब हरेक क्षेत्रमा समाजको लक्ष्य निर्धारण हुन थालेको छ। यस्तो लक्ष्य निर्धारणले योजनाबद्ध कार्य सञ्चालनमा सहयोग पुगेको छ। यसले विकास निर्माणमा मात्र नभई समाजको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ। यसलाई अझै विस्तार गर्नु जरुरी छ, तर भइरहेको चेतनावृद्धिलाई बढी व्यवस्थित र अनुगमन गर्नु आवश्यक छ ।
यो पूर्ण सत्य होइन कि समाजमा रहेका सबैको चेतना र शिक्षाको स्तर एउटै छ। यसको वैज्ञानिक मापन छैन। सजिलै के भन्न सकिन्छ भने शिक्षा र चेतना दुवै उस्तैजस्तो लागे पनि फरक कुरा हो। हरेक शिक्षित चाहिं चेतनशील हुनैपर्छ तर हुन सक्दैन। कतिपय अवस्थामा औपचारिक शिक्षा हासिल गर्न नसके पनि विभिन्न मानिसहरूको सम्पर्क, उठबस र अन्य कारणले शिक्षित भनिएको भन्दा अशिक्षितको चेतनाको स्तर बढी हुन सक्छ वा माथिल्लो स्तरको हुन सक्छ। यो व्यक्ति विशेषको अवस्थामा निर्भर हुने विषय पनि हुन सक्छ। यही व्यक्तिगत विषय भएकोले शिक्षाको आधारमा नै कसैको सबै किसिमको योग्यताको निर्धारण समाजले गरेको पाइँदैन। समाजको सामान्य दृष्टिकोण कसैको चरित्रको आधारमा र उसको पहिलेको व्यवहारका आधारमा गरिन्छ।
समाजमा शिक्षा र चेतना बढिरहेको भएपनि सामाजिक भद्रगोलसमेत बढिरहेको देखिन्छ। पहिलेभन्दा नयाँ किसिमका समस्याहरू समाजमा देखा परिरहेका छन्। कतिपय अवस्थामा समाज पुरातन अवस्थामा देखिन्छ भने कतिपय मामिलामा समाजले नयाँ परिवर्तनलाई सजिलै स्वीकार गरेको पाइन्छ। यद्यपि समाजमा भइरहेका सबै किसिमका भद्रगोलको असली जिम्मेवार शिक्षितहरूकै काँधमा रहेको छ। वास्तवमा शिक्षित समुदायले वर्तमान अवस्थामा आफ्नो उत्तरदायित्व राम्ररी बुझेर सहीरूपमा निकास दिन खोज्ने हो भने समाजका भद्रगोलहरूको निकास हुन सम्भव छ र समाजमा शिक्षितहरूको सम्मान अझ बढ्न सक्ने देखिन्छ। समाजमा राम्रो गर्न सक्ने विश्वास भएको वर्ग भनेकै शिक्षित र चेतनशील समुदाय हो। यो वर्ग अहिले केही विचलित भएको वा बेथीति बढाएर धमिलो पानीमा माछा मार्ने काम गरिरहेको हो भन्ने दोधार रहेको छ।
एकाधबाहेक ग्रामीण क्षेत्रका कुनै पनि गाविसमा सचिव बस्दैनन्। गाविस सचिवहरू अहिले सर्वसाधारणका लागि भेट नहुने यस्ता कर्मचारी हुन् जो जनताकै कामका लागि सरकारबाट तलब खान्छन् । गाविस सचिवजस्तै कार्यालयमा नपाइने अर्को कर्मचारी स्वास्थ्य उपचौकी प्रमुख हो। गाविसका प्राविधिक सहायक र उपचौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता पनि भेटिंदैनन्। यी दुवै कार्यालयका कर्मचारीको एउटा टोली हुन्छ जसले हप्तामा एक दिन कार्यालय आउने समयतालिका बनाएको पनि देखिन्छ ग्रामीण क्षेत्रमा। यसैगरी हरेक गाउँमा रहेका हुलाक कार्यालयहरूको यही हाल छ। सरकारले सित्तैमा रकम उपलब्ध गराइरहेको जस्तो ग्रामीणहरूको बुझाइ रहेको छ। यसले शिक्षितहरूप्रति ग्रामीण दृष्टिकोणमा परिवर्तन आउन थालेको छ। शिक्षितहरू त कामै नगर्ने र जुन कामको लागि खटाइएका हुन् वा जहाँ बस्नुपर्ने हो त्यहाँ नबस्ने किसिमका हुन्छन् । वास्तवमा एक किसिमले ठग हुन्छन् भन्ने अवस्थाको सिर्जना पनि अरूले गर्दा होइन । इमानदारको खोजी गर्नुपर्ने अवस्था यी क्षेत्रमा भएको छ। गाविस सचिवहरूमाथि समाजले भ्रष्टको आँखाले हेर्छ। यो सबैको हकमा लागू नहोला तर खासै भिन्न दृष्टिले जनसाधारणमा नहुनु चिन्ताको विषय हुनुपर्छ जुन अझै हुन नसक्नु सम्पूर्ण शिक्षिका लागिसमेत सम्मानको कुरा होइन।
यस्ता कुराहरूले समाजमा सबै वर्गमा कामै नगरी खान खोज्ने प्रवृत्तिको विकास भइरहेको छ। कामै नगरी खाने प्रवृत्तिको विकासले हाम्रो समाजमा काम गरी खानेहरू हेपिएका छन्। श्रमिकहरू हेपिने र काम नगरी खानेहरूको सम्मान र सम्पत्ति दुवै निरन्तर बढिरहनाले श्रम पलायन बढ्न अप्रत्यक्षरूपमा सहयोग गरिरहेको छ। हाम्रो देशैभरि यो प्रवृत्ति धेरथोर बढिरहेको देखिन्छ। यसले निरन्तर विस्तार पाइरहँदा हाम्रो समाज र देशको भविष्य त्यत्ति उज्यालो देखिंदैन । समाजमा शिक्षितको महत्त्व र मूल्य निरन्तर र्हासोन्मुख रहेको देखिएको छ । काम गर्ने र नगर्नेबीचको खाडल बढिरहेको छ।
शिक्षाले त भद्रगोल बढाउँदैन र शिक्षितले गर्दा भद्रगोल बढिरहेको कुरा पनि शिक्षित समुदायलाई सुहाउने कुरा होइन। शिक्षितहरू अशिक्षितका लागि दृष्टान्त हुनुपर्नेमा भ्रष्टताका उदाहरण बनेर प्रस्तुत भइरहेका छन्। जो जति शिक्षित ऊ उति धेरै ठूलो पदमा पुग्ने र जो जति धेरै ठूलो पदमा पुग्ने ऊ उति धेरै ठूलो भ्रष्टाचार गर्ने परिपाटीले शिक्षामाथि प्रश्न उठाएको छ। कार्यालयका प्रमुखहरू, मन्त्रालयका कर्मचारीहरू, उच्च पदाधिकारीहरू तथा सबैलाई अनुगमन गर्ने र दण्डसजाय दिनेहरू कसैबाट कोही पनि डराइरहेका छैनन् । जतिसुकै भ्रष्टाचार गरे पनि कोही कसैबाट नडराउने अर्थात् अलिकति पनि डर नमानी कानुनले निषेध गरेका कुराहरू गर्ने वा कानूनका कमजोरीहरू खोजी कमजोरीरूपी प्वालबाट फाइदाका कुरा निकाल्ने जमर्को गर्ने अरू कोही नभएर शिक्षित समुदाय नै हो। समाजमा परम्परागत अन्धविश्वासहरूमाथि विस्तारै नियन्त्रण कायम हुँदै आएको छ । कतिपय कुप्रथाहरू लोप भए र कतिपय हुन लागेका छन्। यसमा शिक्षित समुदायको विशेष योगदान रहेको कुरा अस्वीकार गर्न मिल्दैन।
यो निकै सकारात्मक कुरा हो। जुन वा जुन–जुन अन्धविश्वासहरू लोप भइसके ती अन्धविश्वासहरू फेरि भविष्यमा दोहोरिने छैनन् तर अर्को अन्धविश्वासबाट फेरि समाज जकडिंदै गएको पाइएको छ। वास्तवमा यस्तो अन्धविश्वास शिक्षा र चेतनाले ल्याएका अन्धविश्वासहरू हुन्। शिक्षाले कतिलाई भ्रष्ट बनाएको छ र कति त यसको आरोप प्रमाणित भएर जेलभित्र समेत गएका छन्। कति त यस्ता छन् जो शिक्षित भएकैले भ्रष्टाचार गर्न सक्ने कुर्सीमा पुगेका छन्। यसले के साबित हुन्छ भने शिक्षित समुदायले नै समाजलाई अझ भद्रगोल बनाउन सहयोग गरेको
छ।