$type=ticker$count=12$cols=4$cate=0

कीर्ति सिनेमा हल

SHARE:

- विश्वराज अधिकारी
राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु  जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको  वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज ।  भौतिकरूपमा होइन, काल्पनिकरूपमा । म, समयको चक्र  उल्टो घुमाएर तपाईंलाई चालीस  पैंतालीस वर्ष पहिलेको वीरगंजमा लग्दैछु ।
    हामी चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज पुग्यौं । अहिले हामी पावर हाउसमा छौं । आउनुस् पहिले म तपाईंलाई तेजारथ टोल लग्छु । तेजारथ टोल अगाडिको यो सडक, यहाँ तपाईं रिक्सा पाउन त सक्नुहुन्छ तर जुन बेला पनि  भने होइन । वीरगंज चीनी कारखाना र कृषि औजार कारखानाका  कर्मचारीहरू वा अन्यले त्यता  लगेका रिक्साहरू खाली फर्केका छन् भने मात्र रिक्सा पाउन सक्नुहुन्छ । अथवा कुनै रिक्सा, त्यतिकै तेजारथ टोल अगाडिको यो सडकमा कोही चढ्ने मान्छे कुरेर बसेको छ भने, मात्र ।
    हामी रिक्सा नचढौं । हिंडेर नै जाउँ,  मुडली (मुर्ली) चोकतिर । तपाईंलाई थाहा छैन होला, तेजारथ टोल वा श्रीपुर वा मुडलीका बासिन्दाहरू वीरगंज जाउँ भन्छन् किनभने वीरगंज छुट्टै शहर हो र नगरपालिका पनि । जबकि श्रीपुर, मुडली आदि गाउँ हुन् । मुडलीबाट हिंडेको केही छिनमा हामी रेल्वेस्टेशन नजिक आइपुगेका छौं । ऊ त्यो, हामी हिंडेको यो सडकदेखि पश्चिमतिर एउटा रातो भवन देखिरहनुभएको छ नि, त्यो रेल स्टेशनको अफिस हो । अनि छेउका
राता घरहरू रेल्वेमा काम गर्ने कर्मचारीहरू बस्ने क्वाटर हुन् । कुनै बेला यो ठाउँमा एउटा व्यवस्थित रेल स्टेशन थियो । रेल स्टेशनका भवनहरू अहिले पनि छन, जुन अघि मैले देखाएँ ।  तर अहिले यात्रुवाहक रेल चल्दैन । रेलले केवल रक्सौलबाट वीरगंजसम्म सामानमात्र ओसार्छ । तर पहिले रेल भारतको रक्सौलबाट वीरगंज हुँदै अमलेखगंजसम्म जाने गर्दथ्यो, यात्रुहरू बोकेर । अहिलेसम्म रक्सौलमा नेपालको एउटा रेल स्टेशन छ । हेर्नुस्, यी रेलका लिकहरू अहिले पनि छन् । वीरगंजबाट परवानीपुर छेउका गाउँ जान पनि मान्छेहरू रेल चढ्ने गर्दथे, त्यो बेला । परवानीपुरमा रेल स्टेशन थियो । अमलेखगंजमा पनि । ती स्थानहरूमा रेल्वेका भवनहरू अहिले पनि छन् ।
    अब हामी मीना बजारको अगाडि, सुन्दर स्टोरको नजिक आइपुगेका छौं । अलिकति अगाडि हिंडे पछि माईस्थान चोक आइपुग्छ । तर माईस्थान चोक आउनुभन्दा पहिले देब्रेतिर अमृत केबिन देखिने छ र  अलिकति हिंडेपछि हिमाञ्चल  केबिन दाहिनेतिर सडकको पश्चिम दिशामा । हिमाञ्चल केबिन र अमृत केबिन, दुवै वीरगंजका नाम चलेका रेस्टुरेन्ट हुन् ।
    हामी माइस्थान चोकमा आइपुगेका छौं । यो चौकबाट देब्रेतिर वा पूर्व दिशामा जाने हो भने माईस्थान मन्दिर आइपुग्छ । तर माईस्थान मन्दिर आउनुभन्दा  पहिले सडकको दुवैतिर केही सेकुआ पसलहरू देख्न सक्नु हुन्छ । एक दुईवटा पाउरोटीको  पसल पनि देख्न सक्नुहुन्छ, सडकको दक्षिणपट्टि । एउटाको नाम गणेश बिस्कुट  कम्पनी हो । अब हामी माईस्थान चोकबाट दाहिनेतिर मोडिएर, पश्चिम दिशामा, घडिअर्वातिर जानेछौं । र यो चोकबाट हिंडेको केही छिनपछि नै, बाटोको दाहिनेतिर, कीर्ति सिनेमा हल देखिने छ । र म तपाईंलाई त्यही कीर्ति सिनेमा हलमा लग्दैछु । त्यहाँ पनि छरिएका छन् मेरो प्रेमका कथाका केही पानाहरू ।
    हामी कीर्ति सिनेमा हल आइपुगेका छौं । यो सिनेमा हल वीरगंजको निकै लोकप्रिय सिनेमा हल हो । कीर्ति सिनेमा हल भनेपछि वीरगंजका बच्चा–बच्चाले चिन्छन् । यो हलका केही विशेषताहरू छन्, ती के हुन्  भने यसमा थर्ड क्लास  पनि  छ र टिकट काटेर, बेलैमा हल भित्र पसेर, थर्ड क्लासमा  राखिएका बेन्चहरूमा बस्न सक्नुभएन भने भुइँमा बस्नुपर्छ । र भुइँमा बस्नका लागि तपाईंले  इँटा खोज्नुपर्छ । अझै होश पुर्‍याउनुपर्ने कुरा त के छ भने  इन्टरवलमा बाहिर जाँदा आफू बसेको इँटा लुकाएर जानुपर्छ । होइन भने त्यो इँटा अर्कोले लिएर बस्न सक्छ, तपाईं  फर्केर आउँदासम्म । यी विषेशताहरू खास हुन् । अरू  पनि केही विषेशता छन् । ती के हुन् भने यो हलमा दुई तीन हप्तामा नै फिल्म बदलिरहन्छ । यो हलले फिल्म प्राय: नयाँ–नयाँ ल्याउने गर्छ । काठमाडौंमा त एउटा फिल्म छ सात महिनासम्म  चल्छ रे । म काठमाडौं गएको त छैन, सुनेको मात्र हो ।  जेहोस्, यो हलको थर्ड क्लासमा  बसेर किफायती किसिमले सिनेमा हेर्न सकिन्छ, सस्तोमा, जम्मा ७० पैसामा । हामीजस्ता  विद्यार्थीहरूका लागि त  वरदान नै भएको छ, यो कीर्ति सिनेमा हल, आफूसँग भएको थोरै पैसाले धेरै रमाइलो पाउनका लागि । अनि मेरा लागि त, प्रभालाई भेट्ने सजिलो र भरपर्दो  ठाउँ पनि । यो हलमा, अझ शनिवार छ भने त कन्सेसन समेत पाउनुहुन्छ टिकट किन्दा । यस्तै पैंतालीस–पचास पैसा पर्छ होला, थर्ड क्लासको टिकट काट्नका लागि । तर शनिवारको ‘कन्सेसन शो’ मा टिकट लिन भने अति नै बल प्रयोग गर्नुपर्छ ।  नयाँ फिल्म  चलेको छ भने त महाभारतमा भीमले दुर्योधनसँग युद्ध गरेझैं युद्ध गर्नुपर्छ टिकट लिनका लागि, थर्ड क्लासको टिकट लिन, यो झ्यालमा । मान्छेको जीउमाथि नै पनि चढ्नुपर्छ, बेलैमा टिकट लिनका लागि । साधना हिरोइन भएको ‘एक फूल दो माली’ फिल्म यो हलमा चलेको बेला त टिकट लिन ठूलो युद्ध नै गर्नुपरेको थियो, मेरो ग्रुपले । मेरो ग्रुपको सबैभन्दा बलियो कृष्णलाई टिकट काट्ने जिम्मा दिएका थियौं । हाम्रो काम चाहिं उसलाई धकेलेर टिकट काट्ने झ्यालसम्म पुर्‍याउनु थियो । साधना हिरोइन भएको फिल्म हेर्न त्यसै त्यसै भीड हुन्छ । साधनको कपाल भनेपछि केटीहरू त हुरुक्कै हुन्छन् । त्यो फिल्म हेरेपछि धेरै केटीहरूले साधना जस्तो ‘हेयर कट’ राखेका छन् । प्रभाले त्यो फिल्म कतिपटक हेरि सकिन्, अनि उनीसँगै मैले पनि ।
    थर्ड क्लासमा केवल आठ–दस ओटा बेन्च मात्र राखिएको  हुनाले टिकट काटेर छिट्टै पुग्नुभएन भने सिट पाइँदैन । कोही पहिले पुगेको छ भने आफ्नो ढिलो भएको साथीका लागि आफ्नो रुमाल सिटमा
राखेर रिजर्भ गर्छ । जेठ, असारको गर्मीमा, पसिनाले  कपडा भिजेर हैरानी नै हुन्छ । एक दुईपटक त सर्ट खोलेर  निचोर्नु नै पर्छ, फिल्म हेर्दाहेर्दै ।
    कीर्ति सिनेमा हलको एउटा अर्को  पनि विशेषता छ । यसमा जनाना र मर्दाना क्लास बेग्लाबेग्लै छ । र पस्ने ढोका पनि बेग्लाबेग्लै छ । पूर्वतिरको ढोकाबाट पुरुषहरू प्रवेश गर्छन् । पश्चिमतिरबाट महिलाहरू, जनाना क्लासमा जानका लागि ।
    अब म मूल कथामा आउँदै छु । मेरो र प्रभाको भेट प्राय: हरेक शनिवार वा एउटा दुईटा बिराएर, यै सिनेमा हुनत स्कूलमा  पनि हुन्छ तर डराइ–डराई ।  यहाँ भने खुलेर कुरा हुन्छ । म आठ क्लासमा पढ्छु अनि प्रभा नौ क्लासमा । हामी दुवैजनाको घर तेजारथ टोल, कटन मिल नजिक छ । सिनेमा हेरेर  घर फर्कंदा हामीबीच निकै लामो कुरा हुन्छ । घर फर्कंदा हामी प्राय: हिंडेर नै जान्छौ, पैसाको अभावले गर्दा, खास  गरी म ।
    म त, आफू अलि बिग्रेको हो कि जस्तो लाग्छ । केटाकेटीदेखि नै बरालिएको । प्रेमपनि सानै उमेरमा गरियो । पढाइभन्दा बढी स्कूलमा ध्यान दिने गर्छु, अनि किताबभन्दा प्रभामा । स्कूल जानु मेरो लागि पढ्नुभन्दा बढी चासो प्रभालाई भेट्नु हो ।
    स्कूल यति मन पर्छ मलाई कि आठ क्लासमा पढेको दुई  वर्ष हुन थाल्यो । एक वर्षमा नै आठ क्लास सकिन्थ्यो  होला, तर के गर्नु, प्रभाको पछि लाग्न र कीर्ति सिनेमा हलतिर दौडिनुपरेकोले  आठ क्लासमा नै दुई वर्ष लाग्ने भयो, जस्तो छ । आठ क्लासमा अझै एक वर्ष
बस्नुपर्ने हो कि ? के गर्ने पढ्न पटक्कै मन लाग्दैन ।
    हामी अहिले कीर्ति सिनेमा हलमा नै छौं । आमासँग अलिकति पैसा फुत्काएको थिएँ बिहान, त्यसैले आज सेकेन्ड  क्लासको टिकट काट्छु । अनि  प्रभालाई पनि मैले नै पैसा दिन्छु, टिकट काट्न ।
    न बिर्सनुहोला, तपाईं अहिले मसँग चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंजमा घुम्दै हुनुहुन्छ नि । हामीले समयलाई उल्टो गतिमा दौडाएका छौं । र त्यो बिन्दुमा पुर्‍याएका छौं ।
    तपाईंलाई एउटा कुरा भनौं, है । त्यो मेरो ठूलो डर पनि  हो । त्यो डर के हो भने प्रभा र मेरो प्रेम केवल प्रेम  वा भनौं अधूरो प्रेममा नै सीमित हुन्छ होला, त्योभन्दा अगाडि बढ्न सक्दैन कि । हाम्रो बिहे हुन सक्दैन होला । न हुन सक्ने कारणहरू पनि छन् । हामी उमेर नपुगेकाहरूले गरेको प्रेमलाई कसले पत्याउने ? अर्को कुरा, हामी दुई फरक  जातका पनि हौं । हुन  त म जातपात मान्दिनँ । स्कूलमा मिश्रा सरले पनि  भन्नुहुन्छ– जातपात,  छुवाछूत सबै अन्धविश्वासी कुरा हुन् । मानिसको एउटै जात हुन्छ र त्यो हो, मनुष्य । संसारभरिका  सबै मानिसमा एकै रङको  रगत बग्छ छ, त्यो हो रातो रङ । जब संसारभरिका मानिसको  रगतको रङ एउटै हुन्छ भने जात कसरी फरक हुन सक्छ ?
    मिश्रा सरको कुरा मलाई निकै मन पर्छ । मिश्रा सर मेरो लागि धेरै ठूलो मान्छे हो । संस्कृत पढाउनुहुन्छ मिश्रा सरले ।  प्रभा र मेरो बाआमाको  पनि मिस्रा सरको  जस्तै  विचार भइदिएको भए कति राम्रो हुन्थ्यो होला ।
    मेरो र प्रभाको बिहे हुन नसक्ने अर्को कारण पनि छ । एक त म पढ्नमा मन नलगाउने, बरालिएको मान्छे, अर्को मेरो परिवार निकै गरिब छ । प्रभाको परिवार भने  धनी । हेर्दै जाउँ के के हुन्छ । मिश्रा सरले भन्नुहुन्छ ‘हारिए न हिम्मत बिसारिए  न हरि नाम’ । गहबामाईको  कृपा रहनुपर्छ म माथि ।
    म, यो कीर्ति सिनेमा हलमा आएको दुई घण्टाभन्दा बढी भइसक्यो । कतिवटा गीत पनि बजिसक्यो । टेलरहरू पनि कतिवेटा देखाइसक्यो । गेटकीले कालो पर्दा पनि  झारिसक्यो । पाँच–दस मिनेट  पछि सिनेमा शुरु हुन्छ होला । हिजो, स्कूल छाडेर नै भएपनि कीर्ति सिनेमा हलमा आउनुभनेको थिएँ प्रभालाई, मैले । तर किन हो आउन सकिनन् । प्रभाले सिनेमा हेर्न नपाएकोले म पनि हेर्दिनँ । स्कूलतिर नै फर्कन्छु ।
    अब आउनुस् म तपाँईलाई वर्तमानको वीरगंजमा लग्दैछु । २०६९ साल जेठ महिनाको २९ गते सोमवारको
वीरगंज ।  यो गीता मन्दिरबाट हामी घण्टाघर  जाउँ । त्यहाँबाट बसपार्क जाउँला । अनि, हामीले भोलि काठमाडौं जाने टिकट पनि त लिनुछ नि, होइन, महेन्द्रजी ?
    पाठकहरू, तपाईंहरूलाई एउटा कुरा भन्न बिर्सें है, मैले ।  मसँगै रहेका, मेरो प्रेमकथा सुन्ने व्यक्ति महेन्द्र यादव हुन् । हामी दुवै नोर्थ अमेरिकाको एउटै युनिभर्सिटीमा  पढाउँछौं । म इन्टरनेशनल बिजनेस पढाउँछु, यादव इकोनामिक्स ।  हामी दुवै, समर भेकेसनमा नेपाल  आएका हौं । परिवार, इष्टमित्रसँग भेट्न । मैले यादवलाई  आफ्नो होम टाउन वीरगंज, र किशोर अवस्थामा मैले अति फिल्म हेर्ने मेरो होम टाउनको हल, कीर्ति सिनेमा हल कहाँ थियो भनी देखाउन ल्याएको हो । यादवको घर जनकपुरको जनकचोक हो ।
–ज्भथ, थ्बमबख, जयध ष्क mथ यिखभ कतयचथ रु
–क्ष्तक खभचथ ष्लतभचभकतष्लन। 
–क्य, थयग जबखभ दभभल ष्ल यिखभ धष्तज एचबखब दजबगवग कष्लअभ थयगच भबचथि अजष्मिजययम, चष्नजत रु
–थ्भब। क्ष् ाभिि ष्ल यिखभ धजभल क्ष् धबक ष्ल ड तज नचबमभ।
–द्यष्लयम, चभबििथ थयग बचभ ब कभाि–mबमभ mबल
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कीर्ति सिनेमा हल
कीर्ति सिनेमा हल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgT3XvdDnnpe3FdYQElQMEU42ZMuGhqI4A83_P3XWWCGOSlXe2cza1L4UojVx04G5HxjwmuL7Ug-Un1oVi-wCZ_QyCFUe5noqS89AcgxLJwBtuKmFctFd3b8haGi9BzuCOqtompsDorTsU/s200/vishv.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgT3XvdDnnpe3FdYQElQMEU42ZMuGhqI4A83_P3XWWCGOSlXe2cza1L4UojVx04G5HxjwmuL7Ug-Un1oVi-wCZ_QyCFUe5noqS89AcgxLJwBtuKmFctFd3b8haGi9BzuCOqtompsDorTsU/s72-c/vishv.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/06/blog-post_1542.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/06/blog-post_1542.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy