जीतलाल श्रेष्ठ, निजगढ, १७ जेठ/
मुलुकको आर्थिक उन्नतिको जति मुख बजाएपनि आखिर पाखुरी नचलाई हुन्न भन्ने सन्देश जापान–चीनलगायत सम्पन्न राष्ट्रले उदाहरण दिइसकेका छन्। त्यसैले गाउँघर, बस्तीमा छरिएको जनशक्तिलाई एकीकृत गरी लगनशील श्रमलाई बेलैमा सदुपयोग गर्ने उद्देश्यले बारा डुमरवानाका ६ दर्जन महिला सामूहिक सिलाइ, कटाइ, बुनाइ गरिरहेका छन्।
नेपाल भूतपूर्व सैनिक सङ्घ बाराले सिर्जनशील आयमूलक स्वरोजगार कार्यबाट स्थानीय महिला समेटेपछि महिलाहरू स्वरोजगार हुँदै आएका छन् । करिब १० महिना अघि सैनिक सङ्घ बाराले डुमरवाना–४ सुन्दर बस्तीटोलमा ४ वटा मेशीनबाट थालनी गरिएको सिलाइ, कटाइ, बुनाइमा अहिले २० वटा सिलाई मेशीन छ। घरेलु तथा साना उद्योग कार्यालय बारा, जिल्ला विकास समितिको कार्यालय बारा, नेपाल भूतपूर्व सैनिक सङ्घ केन्द्रीय कार्यालयले समेत सिलाइ मेशिन उपलब्ध गराएका छन्।
बिहान बालबालिकालाई विद्यालय पठाएपछि ७२ जना महिलालाई दिनभर सिलाइ, कटाइ, बुनाइ गर्न भ्याइ नभ्याइ हुन्छ। तानमैं कपडा बुनेर स्कूले झोला, गलबन्दी, पछ्यौरा, ओढ्नी, बख्खु लगायत तयार पार्छन्। यसरी तयार पारिएको सामान स्थानीय बजार हँुदै हेटौडा, चितवन, पोखरासम्म खपत हुँदै आएको छ। गाउँघरबाट सिलाइका लागि ल्याउने कपडाबाट कुर्ता सलवार, चोलो, सर्ट पाइन्ट, स्कूले ड्ेरसलगायत विभिन्न आर्कषक डिजाइनका कपडा सिलाउने गरेका छन्। गाँउघरका फुर्सतिला महिलालाई समेटी सीप सिकाउँदै आय आर्जन गर्न हौंस्याएको छ— नेपाल भूतपूर्व सैनिक सङ्घ बाराले।
पहिले काम नहुँदा फुर्सदमा गफ गरेरै समय बित्थ्यो। अहिले काम भ्याई नभ्याई छ— डुमरवाना–६ की चित्रकला भट्टराई भन्छिन्। उनी साडीमा फल्स तथा कढाइ गरेरै दैनिक दुई/तीन सय माथि नै कमाउँछिन्। सिलाइ–कटाइबाटै डुला घले, निर्मला अधिकारी, चित्रकला जमकटेललगायत ६ दर्जन स्थानीय महिलाले राम्रै आम्दानी गरिरहेका छन् । कपडा सिलाएर तयारी बनाइसकेका हुन्छौं तर आइरन लगाउन पाइँदैन — लोडसेडिङ सम्झँदै मनै अमिलो हुने बताउँछन्– प्रशिक्षक सोनाम गुरुङ। गत वैशाखदेखि सैनिक सङ्घ बाराले सामूहिक लगानीमा कपडा पसल पनि सञ्चालन गरेको छ।
कपडा पसल, सिलाइ–कटाइलाई व्यवस्थित बनाउँदै लैजान व्यवस्थापन समितिसमेत गठन गरिएको छ। यसरी समिति गठनसँगै कामको बाँडफाँडले सबैमा उत्साह जाग्ने र कामप्रति दायित्वबोध हुने पसल ब्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पौडेल र सिलाइ व्यवस्थापन समितिका अध्यक्ष शारदा खड्काले बताए। स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउने सङ्घको उद्देश्य रहेको र यस समुदायमा समेटिएका महिला तथा घर–परिवारबाट पनि राम्रो प्रतिक्रिया पाएका छौं — नेपाल भूतपूर्व सैनिक सङ्घ बारा जिल्ला अध्यक्ष कञ्चनबहादुर गुरुङले बताए।