- अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न: मेरो उमेर २५ वर्ष भयो । मेरो विवाह भएको पाँच वर्षपछि मेरा पतिको मृत्यु भयो । मसँग एउटा नाबालक दुई वर्षको छोरी छ । पतिको मृत्युपछि केही समय सासूससुरालगायत घर परिवारले मलाई र छोरीलाई खान लाउन दिइरहेका थिए तर यता केही वर्षदेखि मलाई र मेरो बच्चालाई न खान–लाउन दिएका छन् न घरमा बस्न नै दिएका छन् । माइत आएर बसेकी छु । छोरी जन्म दर्ता पनि बनाउन दिइरहेका छैनन् । छोरीको जन्म अस्पतालमा भएको छ । मैले आफ्नो र छोरीको अंश माग्दा अंश पनि दिइरहेका छैनन् । मलाई अंश पाइन्छ कि पाइन्न ? मलाई आफ्नो र छोरीको अंश लिन के गर्नुपर्छ ?
–एकजना पीडित महिला
उत्तर:तपाईंका पति बितेपनि तपाईं र तपार्इंकी छोरी सो घरको कानुनीरूपमा अंशियार हो । तपाईंको लोग्नेले पाउने अंश तपाई र छोरीलाई पाइन्छ । अंश जस्ता नैसर्गिक अधिकारबाट कसैले वञ्चित गर्न सक्दैन । अंश लिनको लागि नाबालक छोरीको हकमा अदालतको अनुमति लिएर आफ्नो जिल्लाको जिल्ला अदालतमा सासूससुरा, देवर–जेठाजु लगायत उपर अंश मुद्दा दिनुस् । नाबालकको हकमा अनुमति लिन नाबालकको जन्मदर्ता अनिवार्य पेश गर्नुपर्छ । जन्मदर्ता बनेको छैन भने अस्पतालले जन्म प्रमाणित गरेर दिएको प्रमाणले पनि काम चल्न सक्छ । तपाईंको नागरिकता प्रमाणपत्र बनेको छ भने त्यो पनि पेश गर्नुपर्छ । अदालतले तपाईं र नाबालक छोरीको अंश हक छुटयाइ दिन्छ ।
प्रश्न: मेरो विवाह भएको दश वर्ष भयो। अहिले आएर पतिले अर्को विवाह गरेका छन् । अर्को विवाह गरेपछि मलाई कुटपिट गरी घरबाट निकाला समेत गरिसकेका छन् । मेरो सन्तान छैन। म माइत बसेकी छु । मैले के गर्दा उपयुक्त होला ?
उत्तर: एउटी पत्नी हुँदाहुँदै अर्की विवाह गर्न पाइँदैन । यदि गरिन्छ भने त्यो बहुविवाहको अपराध हुन्छ । तपाईंका पतिले तपाईंसँग सम्बन्ध विच्छेद नगरी वा अंशबण्डा नगरी विवाह गरेका छन् भने तपाईं कानुन उपचारको लागि तीनवटा मार्ग अवलम्बन गर्न सक्नुहुन्छ । पहिलो बहुविवाहको जाहेरी दिएर सजाय गराउन सक्नुहुन्छ । दोस्रो लोग्नेसँग अंश लिएर छुट्टै बस्न सक्नुहुन्छ । तेस्रो सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ । बहुविवाहमा कार्यवाही चलाउन प्रहरीमा जाहेरी दिनुपर्छ भने अंश वा सम्बन्ध विच्छेदको लागि अदालतमा नालेश गर्नुपर्छ । सम्बन्ध विच्छेदको जाहेरी दर्ता भएपछि विवाह गरेकी अर्की पत्नी र पति दुवैलाई प्रहरीले प्रकाउ गरी हिरासतमा राखी कानुनी कार्य अगाडि बढाउँछ भने अन्य मुद्दामा अदालतले म्याद पठाई झिकाई प्रतिउत्तर लिई प्रतिउत्तरको आधारमा फैसला गर्छ ।
प्रश्न: पाँच–छ पुस्तादेखि अंशबण्डा भएको छैन । कति पुस्ताको व्यक्तिहरू मा अंश लाग्छ । अंश मुद्दा दिन के गर्नुपर्छ ?
उत्तर : अंश मुद्दाको लागि यति पुस्ता भित्रमा मात्र अंश हक लाग्छ भन्ने कानुनमा किटान प्रावधान छैन । जति पुस्ता भएपनि कुनै पनि तरिकाले अंश बण्डा भएको छैन भने अंश हक लाग्छ । अंशबण्डा हुनलाई मुख्यरूपले तीनवटा तरिका छन् । अदालतमा अंश मुद्दा दिएर पनि अंश छुटयाइन्छ भने सम्बन्धित मालपोत कार्यालयबाट पनि अंशबण्डाको लेखत पारित गरेर अंशहक छुटयाइन्छ । यसबाहेक घर व्यवहार गरेर पनि अंश बण्डा गरेको मानिन्छ । जस्तै कुनै अंशियार आपसमा राजीनामा लेखत पारित गरी–गराइ लिएदिएका छन् वा लेनदेन व्यवहार आपसमा गरेका छन् । आआफ्नो घर–व्यवहार अलग–अलग चलाइआएका छन् भने यस अवस्थामा पनि अंशबण्डा भएको मानिन्छ । यसर्थ कुनै माध्यमले अंशबण्डा भएको प्रमाण छैन भने जति पुस्ताका अंशियारहरू भएपनि अंशहक लाग्छ । अंशहक पाउनलाई अदालतमा अंशियारहरूउपर अंश मुद्दा दिनुपर्छ । अदालतले उनीहरूलाई झिकाएर उनीहरूको प्रमाणलाई समेत हेरी अंश ठहर्ने कि नठहर्ने भनी निर्णय दिन्छ ।
प्रश्न: एकजना मोहीका छोराछोरी, पत्नी, दाजुभाई, आमाबुवा कोही अंशियार छैन । मोहीको पनि स्वर्गवास भइसकेको छ । धेरै टाढाका उसका नातेदारहरू छन् । मोहीको बाजेका बाजेसँग नै अंशबण्डा गरिसकेका धेरै टाढाका नातेदारहरूलाई मोही हक प्राप्त हुन्छ कि हुँदैन ?
उत्तर: मोही हकको सन्दर्भमा भूमि सम्बन्धी ऐन २०२१ को नयाँ संशोधित ऐनको दफा २६ अनुसार मोहीको सगोलको छोरा, पत्नी, बुहारी, नाति, दाजुभाईलगायत व्यक्तिलाई मात्र मोही हक प्राप्त हुने प्रावधान छ । अलग, भिन्द बसेका अंशियारलाई मोही हक प्राप्त हुने प्रावधान नरहेकोले बाजेका बाजेसँग नै अंशबण्डा गरिसकेका नातेदारलाई मोही हक प्राप्त हुँदैन । मोही हक खाने सगोलको हकवाला कोही छैन भने उक्त मोही लगत मरुवा मोही लगत कहलाउँछ र मरुवा मोही लगत जगाधनीले कट्टा गराउन पाउँछ ।