नेपाली गणतन्त्रले पाँचौं जन्म दिवस मनाइरहँदा पनि यसको न्वारान हुन सकेन । अनाम बालक सबैको उपहासको पात्र हुन्छ । गणतन्त्रलाई नाम दिने र संस्थागत गरी नयाँ शासन पद्धतिअनुसार देशलाई अग्रसरता दिलाउने आशामाथि आइतवार मध्यरात तुषारापात भयो । ६०१ जना सभासद्हरूले जनताको रगत–पसिनाको अर्बौं रुपियाँ डकारेर नेपाली गणतन्त्रलाई नाम दिन सकेनन्, पुन: अर्बौं रुपियाँबाट आफ्नो बासथलोलाई धरातलीय सुदृढता प्रदान गर्नेगरी संविधान बनाउनकै लागि संविधानसभा निर्वाचनको घोषणा गरे । यस घोषणामा प्रत्यक्षत: सबै सभासद्को सहभागिता नरहेको भए तापनि अन्तत: लाभान्वित हुने उनीहरू नै हुनेछन् भन्ने कुरामा कसैको विमति नहोला । नेपालमा एक्लो राजनेताको अभाव खटकिरहेको बेला सामूहिक नेतृत्व, शीर्ष दलका नेताहरूले सो अभाव पूर्ति गर्लान् भनेको पनि बालुवा पेलेर तेल निकाल्ने प्रयासझैं निष्फल हुन पुग्यो । संविधान जारी गर्न विभिन्न विकल्पहरू रहँदारहँदै संविधानसभाको म्याद समाप्त हुन्जेल गरिष्ठ मनोभावका वरिष्ठ नेपाली नेताहरूको हठले संविधान निर्माण कार्यलाई दक्ष प्रजापतिको यज्ञ बनाइछाडयो ।
आइतवार रातिको अप्रत्याशित निर्णयले आम नेपाली जनतालाई दु:खी वा निराश बनाउनुभन्दा पनि स्तब्ध बनाइदिएको छ । सम्पूर्ण देशलाई एक्कासि कुनै झटका लागेझैं क्रियाहीन बनाएको छ । यस परिस्थितिले गणतन्त्र दिवस मनाउने जाँगर सेलाएको छ । नेपालका राजनीतिक ज्योतिषीहरूले गणतन्त्र दिवस र गणतन्त्रको न्वारनसँगसँगै होस् भन्ने साइत जुराएका थिए । निर्वाचित संविधानसभाले २०६५ साल जेठ १५ गते यस मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो । तर न्वारान नै हुन नपाएको गणतन्त्रलाई के भनेर सम्बोधन गर्ने ? जन्म हुनु महत्त्वपूर्ण होइन, यो त प्राकृतिक विधान हो । प्रकृतिले जन्म दिन्छ, मानिसले कर्म दिन्छ । कर्म नभएको मानिस वा अवयवलाई नपुंसक भनिन्छ । आज नेपाली जनताको ज्यानको मोल तिरेर स्थापित गरिएको गणतन्त्रलाई नपुंसक बनाउने काम भएको छ । नेपाली गणतन्त्रलाई नपुंसक बनाउने काममा सबैभन्दा दर्हो हात त्यस व्यक्ति, समूह वा राजनीतिक दलको भएको छ जसले नेपालको आधुनिक गणतन्त्रको परिकल्पना गर्यो । मानवीय कर्म भनेको जन्मेकोलाई नाम दिनु, संस्कार दिनु, क्रियाशीलता दिनु हो । त्यो महत्त्वपूर्ण जन्मोपरान्त कर्तव्य निर्वाह गर्न नेपाली नेताहरू चुकेका छन् । अफशोचको कुरा के भने उनीहरू विस्मृतिमा चुकेका होइनन्, क्षमता नभएर चुकेका हुन् ।
झन्डै अढाई करोड नेपाली जनताको प्रतिनिधि बनेका ६०१ मध्ये कसैमा पनि सयौं थु·ा फूललाई उनेर एउटा माला बनाउने योग्यता देखिएन । हुनत बहालवाला प्रधानमन्त्रीले आफ्नो निर्णय दिइसकेका छन् । राष्ट्रप्रमुखको नाताले राष्ट्रपतिले के प्रतिक्रिया दिन्छन्, पुन: संविधानसभाको अँध्यारो सुरुङभित्र पस्ने अनुमति दिन्छन् वा अर्को विकल्प प्रस्तुत गर्छन्, अहिले प्रतीक्षाको विषय बनेको छ । तर नेपालमा उदारवादी लोकतान्त्रिक व्यवस्था जन्मने धरातल यस परिस्थितिले नामेट पारिसकेको छ । प्रधानमन्त्रीले अर्घेल्याइँं गरेका छन्, यसमा दुईमत छैन । त्यसको संशोधन अहिले एकमात्र राष्ट्रपतिको हातमा छ । उनले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर, राष्ट्रपति शासन लागू गरी जति चाँडो आम निर्वाचन गराएर देशलाई अन्योलको भुमरीबाट निकाल्ने प्रयत्न गर्नेछन्, नेपालीको कल्याण त्यसैमा छ ।